- इखालु रमेश गेलाल
अलखोर,कतार
गत १० जनवरी २०१० मा कतारको अलखोर स्थीत अलखोर औद्यौगीक क्षेत्र भित्र रहेको डिस्कोन इन्जिनियरिङ कम्पनीको २२ नं. क्यम्पमा भएको आगलागीबाट प्रभावीत भएको क्याम्प तथा नेपाली मजदुरहरुलाई नेपाली दुतावासको टोलीले अनुगमन गरेको छ । नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्का तथा सहचारी ध्रुव कोइरालाले सो घटनाबाट प्रभावीत भएका नेपालीहरुको अवस्थाको बारेमा जानाकारी लिनु भएको हो ।

आगलागीबाट क्षतिग्रस्त बनेको डिस्कोन इन्जिनियरिङ कम्पनीको २२ नं. क्याम्प, जहाँ रहेका ८० कोठा मध्ये ४० कोठा पूर्णत जलेर नष्ट भएका छन ।
बिभिन्न मुलुकका गरि करिब ८०० मजदुरहरु रहेका सो क्याम्पमा नेपाली मजदुरहरु करिब ३०० को हाराहारीमा रहेका थिए भने त्यसमध्ये १०० जना पूर्णत प्रभावीत भएका छन् । घटना भएको दिन भन्दा अघिल्लो दिन मात्र मजदुरहरुले तलब पाएकोले अधिकांस सबैको नगद लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
तात्कालिन राहतको निम्ति केहि सहयोग चाहिन्छ ? भन्ने अनुगमन टोलीको प्रश्नमा पिडीतहरुले भने, “तत्कालको लागि कम्पनीले खाने बस्ने सुबिधा लगायत दैनिक प्रयोग हुने ब्रस, मन्जन, साबुन लगायत एक एक जोर कपडा समेत दिएको छ । हामीलाई सो घटनामा परेको आफ्नो पैसा लगायत सामानको क्षतिपूर्तीको लागि दुतावासले पहल गरिदियोस् ।” मजदुरहरुको पासपोर्ट कम्पनीमा रहेको भएता पनि नेपाली नागरिकता, शैक्षिक
प्रमाणपत्र लगायतका कागजपत्रहरु कोठामा नै रहेकोले सबै जलेर नष्ट भएको पिडीतहरुले बताए । केहि कामदारहरु छुट्टी तथा क्यान्सील जाने तयारीमा भएकाले किनमेल गरेको सामान समेत कोठामा नै राखेका थिए । मेरो त आज राती ११ बजेको लागि कम्पनीले टिकट थमाइदिएको छ किनमेल गरेको सबै सामान लगायत पैसा समेत आगोमा पर्यो म के गरौं ? बाग्लुङ बुर्तीबाङ घर भएका सुरज कार्कीले भाव व्यह्वल हुँदै दुतावास प्रतिनिधी सामु गुनासो गरे । सबै पिडीत मजदुरहरुले कम्पनीको अनुरोधमा आफ्नो भएको क्षतिको विवरण कम्पनी व्यवस्थापनलाई बुक्षाएका भएपनि क्षतिपूर्ति पाउने आशा भने न्युन रहेको गुनासो गर्दै पिडीतहरुले भने, “यस बिषयमा दुतावासले आवाश्यक पहल गरिदियोस् ।” पिडीत मजदुरहरुलाई सान्त्वना दिँदै दुतावास प्रतिनिधी ध्रुव कोइरालाले भन्नु भयो, “हामी कम्पनी व्यबस्थापनसँग प्रत्यक्ष सम्पर्क गरि क्षतिपूर्तीको निम्ति पहल गर्नेछौं । त्यस्तै घटनामा जलेका नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका कागजातहरुको लागि जारि गरेको स्थान, मिति लगायतका कुराहरु समेटी दुतावासमा निवेदन दिए सम्बन्धित निकायको नाममा सिफारिस पत्र दुतावासले जारि गरिदिने समेत वहाँले बताउनु भयो ।
पिडीतहरु मध्ये केहि काममा फर्किसकेका भएपनि केहि भने अझैपनि क्याम्पमा नै बसीरहेका छन्

सुझावको कुनो