Posted by: Ikhalu Ramesh | January 10, 2010

कतारको अलखोरमा मजदुर क्याम्पमा आगलागी हुँदा लाखौंको क्षती

कतारको अलखोरमा मजदुर क्याम्पमा आगलागी हुँदा लाखौंको क्षती
- इखालु रमेश गेलाल
  अलखोर,कतार
आज १० जनवरी २०१० बिहान ९ बजे कतारको अलखोर स्थीत अलखोर औद्यौगीक क्षेत्र भित्र रहेको डिस्कोन कम्पनीका कामदार बस्ने क्याम्पमा एसी पड्कीदा भएको आगलागीले करिब ९० लाख रियलको धनमाल जलेर नस्ट भएको छ । गत बिहीवार मात्र कम्पनीले तलव दिएका कारण अधिकांससँग भएको नगद समेत कोठामा नै राखेका थियौं सबै जल्यो एक बंगलादेशी कामदारले सजल आँखा बनाउँदै भने । त्यसैगरि गत केहि दिनबाट तिन महिनाको लागि छुट्टी तथा क्यान्सील जानको लागि कम्पनीले रोक लगाएको कारण  धेरैजनाले घर जानको लागि सपीङ गरेको सम्पूर्ण सरसामान समेत कोठामा नै रहेको र सो सामान समेत सबै जलेर नष्ट भएको छ । सम्पूर्ण कामदारहरुको डिउटीको समय भएका कारण मानविय क्षति हुन भने पाएन । पाकिस्तानी व्यवस्थापन रहेको डिस्कोन कम्पनीको २२ नम्बरको क्याम्पमा सो आगलागि भएको हो । नेपाली,पाकिस्तानी,श्रीलङन,इन्डियन,बंगलादेशी लगायतका मुलुकका गरि ५०० भन्दा बढि कामदार रहेको सो क्याम्प पूर्णत नष्ट भएको छ । घटना भएको केहि मिनेटमा नै फायर बि्रगेड टोली घटनास्थलमा आइपुगेता पनि हावा चलिरहेका कारण आगो नियन्त्रणमा आउन नसके पछि त्यती धेरै क्षति हुन पुगेको हो । आगलागी  भइरहेको समयमा यो पंत्तिकार घटनास्थलमा पुगेको भएता पनि सुरक्षाकर्मीको बन्देजका कारण घटनाको तस्विर कैद गर्न भने सकिएन ।
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.