Posted by: Ikhalu Ramesh | December 29, 2009

गजल (सवाल, जवाफ)

         गजल (सवाल)

मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन

मान्छे हुँ मपनि त मुटु हो चस्किएर दुख्छ
छलेर अर्को मुनाबाट तिमी फेरी पलायौ किन

टुटेफूँटेका सपना जोडेर जीउँने कोशिश गर्दै थिएँ
यो मनको मौन तलाउँमा पसी ढुंगा चलायौ किन

आस्था संगालेर लघाएको पर्खाल तिमीले नाँघेर
अनयासै भत्काई त्यसलाई तिमीले ढलायौ किन

मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन

गीता थापा (दोषी)
हाल-ईजरायल

                 गजल (जवाफ)

मनमन्दिरकी देवि ठानी धुपबाती बलाएँथे गीता,
तिम्रो मेरो मुटु जोडी पि्रतको दीप जलाएँथे गीता,

भ्रममा परि बिनासित्ती मुटु किन दुखाउँछ्यौ,
पूष्प पलपल पिपीरामा तिमीसँगै पलाएँथे गीता,

तिमी नै हौ मेरो जीवन सँगै जिउने सँगै मर्ने,
दुई मुटु जोडी साथमा मौन तलाउ चलाएँथे गीता,

बिश्वास राख मनमा अडिग आश्था ढल्ने छैन कहिल्यै,
आश्था हैन निराशालाई निमोठेर ढलाएँथे गीता,

मनमन्दिरकी देवि ठानी धुपबाती बलाएँथे गीता,
तिम्रो मेरो मुटु जोडी पि्रतको दीप जलाएँथे गीता ॥

- इखालु रमेश गेलाल


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.