तिमीलाई नजिक बाटै अघाउँजी छुन मन छ
हिजो गरेका सारा पापहरु आँशुको नदी बनाइ
तिनै आँशुले पापी शरीरको पाप धुन मन छ
तिमीले मारेको माया अनन्त अनन्त साथैमा
संगालेर एकबिटो बनाइ कथा कोर्न पुन मन छ
तिमीले लत्याएर छट्पटिएको घायल आत्मा
त्यसैलाई घायलपारि टिप्नँलाई जून मन छ
तिम्रो काख सिरानी हालेर आज रुंन मन छ
तिमीलाई नजिक बाटै अघाउँजी छुन मन छ
गीता थापा (दोषी)
हाल-ईजरायल
गजल (जवाफ)
काख शिरानी गोहि आँशु रुन खोज्दैछ्यौ
नअघाएर अझै मलाई छुन खोज्दैछ्यौ
मेरो निर्मल,निश्चल प्रेम तिम्ले पाप सम्झेपछी
गाई बन्न गधा आत्मा धुन खोज्दैछ्यौ
मैले माया मार्न हैन चिरन्जिवी बनाउँ चाहेँ
घात दिइ छद्मी कथा कोर्न पुन खोज्दैछ्यौ
लत्याएको थिइन मैले सदा शिरमा राखे तिम्लाई
दोषी आफैं औंशी रातमा जून खोज्दैछ्यौ
काख शिरानी गोहि आँशु रुन खोज्दैछ्यौ
नअघाएर अझै मलाई छुन खोज्दैछ्यौ ॥
- इखालु रमेश गेलाल
रमेश जी खुशी लाग्यो यहाँको साहित्य चौतारी मा पसेर हेर्दा!
र यो सवाल जवाफ गजल पनि सधा यादमा बाँच्ने भयो!
धन्यवाद!
By: gita thapa on December 30, 2009
at 12:39 pm
मेरो निर्मल,निश्चल प्रेम तिम्ले पाप सम्झेपछी
गाई बन्न गधा आत्मा धुन खोज्दैछ्यौ
इखालु जी तपाइको रचना पढ्न पाउँदा खुसि लग्यो
साह्रै स्तरीय छन् तपाईका रचनाहरु
भविष्य मा पनि यस्तै यस्तै रचनाहरुको अपेक्षा गर्दछु
By: ananta on January 4, 2010
at 10:59 am