Posted by: Ikhalu Ramesh | December 29, 2009

गजल (सवाल,जवाफ)

         गजल (सवाल)

पहिला माया मिठो मिठो सुनखरी फूल भयो
अहीले माया तितो तितो भूइपुछ्ने तूल भयो

तिमी मलाई देख्यौ भने मुख फर्काइ हिड्छौ
बाचा टुटो कसम फूटो बिझाँईरहने शुल भयो

सपनाको घर रित्तो बसन्तमा नटुसाउँने मुना
सुखा सुखा मरभूमी अरु टेकी तर्ने पुल भयो

आउँछौं तिमी भनि मनको दियो जगाई सधैं
बाटोमा आँखा ओछ्याई कुर्नु मेरो भूल भयो

पहिला माया मिठो मिठो सुनखरी फूल भयो
अहीले माया तितो तितो भूइपुछ्ने तूल भयो


गीता थापा (दोषी)
हाल-ईजरायल

                 गजल (जवाफ)

मेरो माया पलाँसको फूल नठान
निर्मल पि्रतलाई भूँइ पुछ्ने तूल नठान

तिमीसँग दुर भई बाँच्न सकुला र ?
हाम्रो बाचाबिश्वासलाई शुल नठान

सपनाको कुरा छोड मेरो मनकी मन्जरी
मरुद्यानलाई खहरेको फड्के पुल नठान

निभ्न नदिई मनको दियो जगाइ राख्नु सँधै
चिरमिलनको पर्खाईलाई भूल नठान

मेरो माया पलाँसको फूल नठान
निर्मल पि्रतलाई भूँइ पुछ्ने तूल नठान ॥

- इखालु रमेश गेलाल


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.