गजल
यसपाली नी परदेशीको निधार खाली भयो
आशिषको बदलामा हराम गाली भयो
चाडबाडको निहुँ गरि आफ्नासम्म पुगौं भन्थे
यो दशैं नी न त हाँगो न त डाली भयो
कस्तो नसिव वालुवालाई बैंस चुसाई बाँच्नु पर्ने
यो परदेशीको भाग्य लेख्दा पक्का झ्याली भयो
मेरो बाटो हेर्दा हेर्दा सबै निराश भए होलान्
यसपाली नी मेरो घरमा रित्तो थाली भयो
आफ्नासँग बिछोडीएर तड्पीएर बाँच्नु पर्दा
यो जिन्दगी साँच्चै आज गुहेनाली भयो ॥
इखालु रमेश गेलाल
खोटाङ बजार -खोटाङ
हाल ः अलखोरकतार ।
सुझावको कुनो