कतार आएको सोह्र दिनमै मृत्यु भएका एक नेपालीको शव स्वदेश पठाइयो
इखालु रमेश गेलाल,कतारबाट ।
कतार आएको सोह्र दिनमा नै गत अगष्ट ८ तारिख शनिवारका दिन मृत्युको मुखमा पुगेका गोठादी गा.बि.स-८ दमार पाल्पा घर भएका धन बहादुर घर्तीमगरको शव २८ अगष्ट शुक्रवार नेपाल पठाइएको कतार स्थित नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले जानाकारी दिनु भएको छ । कतारस्थीत अलजजीरा सिसोर कम्पनीमा क्लिनरको रुपमा कार्यरत घर्तीको सुतेकै अवस्थामा मृत्यु भएको थियो । मगरको घरमा बुवा श्रीमती दुई छोरा र दुई छोरि भएको सहकर्मीहरुलाई उनले बताएको भएता पनि हालसम्म स्पष्ट रुपमा आफन्तहरुसँग समेत कुनै पनि सम्पर्क हुन नसके उनका सहकर्मीहरुले बताएका छन् । निज कार्यरत कम्पनीमा नै कार्यरत सिन्धुपाल्चोक घर भएका अम्बर तामाङको साथमा निजको शव पठाइएको हो । घर्ती आएको केहि दिन मात्र भएको र मेडिकल प्रकि्रया पूरा गर्ने क्रममानै रहेकाले उनले पाउनु पर्ने पारिश्रमीक समेत नभएको भएता पनि दुतावासको पहलमा निजको शव पठाउनको निम्ति कम्पनीले १५००।- कतारी रियल उपलब्ध गराएको जानाकारी सचिव खड्काले दिनु भएको भयो ।
स्मरण रहोस, कतारमा ह्रदयघातका कारण मृत्यु हुनेहरुले बिमा पाउने सम्बन्धि कुनै व्यबस्था समेत रहेको छैन ।
स्मरण रहोस, कतारमा ह्रदयघातका कारण मृत्यु हुनेहरुले बिमा पाउने सम्बन्धि कुनै व्यबस्था समेत रहेको छैन ।
सुझावको कुनो