प्रवासबाट मोटरबाटोलाई सहयोग
बैद्धेशिक रोजगारीको शिलशिलामा स्याङ्जा जिल्ला थुमपोखरा गा.बि.स बाट कतार आई कार्यरत युवाहरुको सकि्रयतामा गत सोह्र महिना अघि स्थापना भएको स्याङ्जा थुमपोखरा सम्पर्क मन्च
कतारलॆ हाल थुमपोखरामा निर्माणधिन अबस्थामा रहेको मोटरबाटोका निम्ति रु, ८०,०००/- सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्चका उपाध्यक्ष केशर श्रेष्ठ कतार नफर्कने गरि नेपाल जान लागेकाले उनको बिदाईका निम्ति गत शुक्रवार दोहामा आयोजना गरिएको बिदाई कार्यक्रमका बिच सो निर्णय गर्दै सो रकम उपाध्यक्ष केशर श्रेष्ठ मार्फत नै पठाइने जानकारी समेत दिइएको छ । स्थापनाकाल देखि नै उपाध्यक्ष पदमा रहि संस्थालाई छोटो समयमा नै चर्चाको शिखरमा पुर्याउन बिशेष योगदान दिएका श्रेष्ठलाई सहभागीहरुले शुभकामना दिदै बिदा गरेका थिए भने मन्चको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । श्रेष्ठलाई गा.बि.सको स्थलगत अनुगमन गरि अत्यावश्यक क्षेत्रहरुको बारेमा मन्चलाई जानाकारी गराउनुको साथै स्थानीयबासीहरुसँग सहकार्य गर्दै मन्चको कार्यक्षेत्र संयोजकको भूमिका निभाउन जिम्मेवारी समेत दिइएको छ ।

स्मरण रहोस, मन्चले गत केहि महिना अघि मात्र थुमपोखरा गा.बि.स भित्र रहेका तेह्र बिद्यालयका गरिब तथा जेहेन्दार एक छात्र र एक छात्रा गरि २६ जनालाई छात्रावृति उपलब्ध गराएको थियो ।

सुझावको कुनो