Posted by: Ikhalu Ramesh | July 31, 2009

अनेसास कतारको दोश्रो साधारण सभा सम्पन्न

अनेसास कतारको दोश्रो साधारण सभा सम्पन्न 

भोजराज श्रेष्ठ/दोहा
    अन्तराष्ट्रिय साहित्य समाज कतार च्याप्टरको दोश्रो साधारण सभा जुलाई २४ तारिख सुक्रवारका दिन दोहाको टपफर्म रेष्टुरेन्टमा संस्थाका अध्यक्ष दिपक भेanesas1टवालको अध्यक्षता नेपाल दुतावासका रामकाजी खड्काको प्रमुख आतिथ्य तथा संस्थाका संस्थापक सल्लाहकार शिखर वैद्यको विशेष आतिथ्यमा सम्पन्न भयो ।

    प्रमुख अतिथि साथै संस्थापक सल्लाहकारले व्यानर उद्घाटन गर्दै  कार्यक्रमको शुरुवात गर्नुभयो भने आदिकवी भानुभक्त आचार्य महाकवी लक्ष्मी प्रसाद देवकोटा र भूपि सेरेचनको तस्विरमा माल्यापर्ण पनि गरिएको थियो । नवराज श्रेष्ठले स्वागत मन्तव्य दिदैं कार्यक्रममा  दुर्गा भुषालका “निर्धा मलामी” मुक्तक संग्रह साथै एनवि अजानद्धारा लिखित गजल संग्रह “आहुती”को विमोचन गरिएको थियो भने सो मुक्तक संग्रह अनेसासले छनौट गरेको यो वर्षको उत्कृष्ठ  संग्रह हो  । भने आहुतीको समिक्षा गर्नुहुदै वासुदेव अन्जानले यो आहुति देशको लागि हो या त मायालुको लागि आहुती हो त्यो खुल्न नसकेको जनाउनु भयो भने  ईखालु रमेशले कार्यक्रम  साचालन गर्नु भएको थियो ।  
  
       DSC03366त्यस्तै क्रममा गैरआवासीय नेपाली संघ कतार प्रतिनिधि टिवी कार्की, एनआरएनए कतार च्याप्टरका नरेन्द्र भाट, कान्तिपुर प्रवास साप्ताहिकका अरव व्युरो श्यामसुन्दर शशी साथै दिनेश रेग्मी, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेल, आदिवासी जनजाति महासंघका अमृत गुरुङ, नेपाल पत्रकार महासंघ कतार समन्वय साखाका अध्यक्ष कुमार कार्की, गैर आवासीय नेपाली संघ कतारका सल्लाहकार कमलमणी गुरागाँई, नवोदित साहित्यिक वाचनालय दोहाका भोजराज श्रेष्ठ, मोरङ सुनसरी सेवा समाजका सरोज वास्तोला, मुग्लानी सौगातका प्रधान सम्पादक सेलिङ केसी, सन्ध्या गु्रपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा, प्रवासी नेपाली सम्पर्क मचका सचिव रामहरी गैरे लगायतका संस्थाहरुले प्रतिनिधित्व गरेका थिए ।
     उक्त क्रममा गैर आवासीय नेपाली संघ कतारका सल्लाहकार कमलमणी गुरागाँईले भन्नुभयो यहाँ मैले ४ वर्ष देखि कविता गजल मुक्तक र अन्य विधाका रचनाहरु सुन्दै आएको छु तर हाम्रा कवीहरुले लेख्ने एकातिर र काम गर्ने अर्कोतिर भएको हुनाले रचनाका हिसावले मात्र हैन व्यावाहारिक पक्षमाथि ध्यान दिनु पर्ने साथै हामी सवै  ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनु भएको थियो भने त्यस्तै गरी प्रमुख अतिथि रामकाजी खड्काले हामीमा भएको कला साहित्यको जर्गेना गर्ने काममा अनेसासले प्रमुख भूमिका खेल्दै आएको र सो वोल्ने क्रममा गजल र कविता भन्दै कार्यक्रमलाई साहित्यमय बनाउनु भएको थियो भने सो गजलको विधागत रुप भयो कि भएन छुट्याउने जिम्मा श्रोतालाई छोड्नु भएको थियो । त्यस्तै क्रममा जनजाति महासंघका अमृत गुरुङले कला साहित्यलाई जोड दिदै प्रवासमा पनि यतिका मेहनत गरेकोमा धन्यावद दिदै नवोदितले DSC03382पनि विश्वमा नै नया आयम ल्याएर मोवाईल पुस्तकालयको धारणा ल्याएको सुन्न पाएकोमा खुसी व्यक्त गर्नुहुदै एनआरएनएको विश्व सम्मेलनमा गएको वेलामा केही पुस्तकहरु दिने वाचा गर्नु भएको थियो । भने हरेक कार्यक्रममा राजनीतिकरण नगरियोस किनकी यो संस्था भनेको विसुद्ध साहित्यिक संस्था हो र यसको अनुरुप पनि यस्तै हुनुपर्छ भन्दै टिवी कार्कीले जनाउनु हुदै अव बन्ने कार्यसमितिलाई शुभकामना दिनुभएको थियो । त्यस्तै गरी नवोदित साहित्यिक वाचनालय दोहाका अध्यक्ष भोजराज श्रेष्ठ साहित्य भाषा तथा कलाको विकाशमा अनेसासले ठूलो भूमिका निर्वाह गरेको र दुवै साहित्कि संस्था भएकोले  जहिल्यै पनि सहकार्य गरेर जानुपर्नेमा जोड दिदै गजलवाचन गर्नुभएको थियो ।
     कार्यक्रमलाई साहित्यमय बनाउदै मणिराम पौडेल, प्रकाश वाजरा, तिर्थ संगम राई, जगतराम वर्देवा, वदि्रप्रसाद पराजुली, विक्रम चेतनशील राई, किशमाकिसोर, शिव प्रतिक शर्मा, प्रविण राई, महेन्द्र अदृष्य लगायतका साहित्यकारहरुले कविता गजल वाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए
     सो कार्यक्रममा निर्वाचन मण्डलीमा कमलमणी गुरागाँई, कुमार कार्की र महेन्द्र अदृष्य रहेका थिए भने वन्द्र सत्र कार्यक्रम पछि चुनावी चहलपहल भएपनि सहमतीका आधारमा DSC03394अध्यक्षमा पुन दिपक भेटवाल उपाध्यक्ष प्रथममा नवराज श्रेष्ठ द्धितिय वासुदेव अन्जान, सचिव ईखालु रमेश गेलाल, सहसचिव सेलिङ केसी, कोषाध्यषमा हरी कुमार वस्नेत, भने सदस्यहरुमा मणीराम पौडेल, दुर्गा भुषाल, एनवि अन्जान, थिरराज खनाल, स्वयम्वर िसंह लामा भएका छन् । भने संस्थापक सल्लाहकार शिखर वैद्यले यो दुई वर्षे कार्यकालको लागि सपथ ख्वाउदै हिजोको दिनमा यसले एनआरएनए भन्दा पनि योग्य काम गरेको र भालीका दिनमा पनि गर्ने नया कार्यसमितिलाई वधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.