साहित्यदीप

गजल
– इखालु रमेश

विद्रोहको राँको बोकी तिमी अघि बढ्नुपर्छ
बुर्जुवा यो समाजसँग आगो बनी लड्नुपर्छ ॥

गरिबले खान पाउनु आङमा लुगा लाउन पाउनु
लडेर नै सम्भव छ क्रान्ति भर्याङ चढ्नुपर्छ ॥

आफू आफैँ कमजोर ठानी दबिएर बस्नुहुन्न
यही सोचमा डुबी बसे सिनोसरि सड्नुपर्छ ॥

जीवन यो स्वर्णीम छ बनाउन जान्यो भने
यसका लागि भाग्य होइन कर्मलाई पढ्नुपर्छ ॥

आऊ आजै हात समाऊ मुक्तिनिम्ति लड्नेसँग
शोषक सामन्त बुर्जुवालाई पाउमुनि गाड्नुपर्छ ॥

खोटाङ बजार-१ खोटाङ ।

Responses

  1. Mukti Mukti bhandai aba ta nepal ra nepali sbbda ley nai yo sansar bata mukti paulaa jasto 6a


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.