गजल
– इखालु रमेश
विद्रोहको राँको बोकी तिमी अघि बढ्नुपर्छ
बुर्जुवा यो समाजसँग आगो बनी लड्नुपर्छ ॥
गरिबले खान पाउनु आङमा लुगा लाउन पाउनु
लडेर नै सम्भव छ क्रान्ति भर्याङ चढ्नुपर्छ ॥
आफू आफैँ कमजोर ठानी दबिएर बस्नुहुन्न
यही सोचमा डुबी बसे सिनोसरि सड्नुपर्छ ॥
जीवन यो स्वर्णीम छ बनाउन जान्यो भने
यसका लागि भाग्य होइन कर्मलाई पढ्नुपर्छ ॥
आऊ आजै हात समाऊ मुक्तिनिम्ति लड्नेसँग
शोषक सामन्त बुर्जुवालाई पाउमुनि गाड्नुपर्छ ॥
खोटाङ बजार-१ खोटाङ ।
Mukti Mukti bhandai aba ta nepal ra nepali sbbda ley nai yo sansar bata mukti paulaa jasto 6a
By: Tikaram on August 12, 2009
at 5:16 am