“कतारको अलखोरमा नेपाली पुस्तकालयको स्थापना”

रमेश गेलाल / कतारबाट ।
“समाज बिकाशमा प्रवासीको योगदान” नारा बोकेर बिगत सात बर्ष देखि सामाजिक सांस्कृतिक साहित्यिक र खेलकुद क्षेत्रमा आफ्ना गतिबिधी संचालन गर्दै आएको सन्ध्या ग्रुप अलखोर कतारले अंग्रेजी नयाँबर्ष २००९ को अवसर पारेर कतारको अलखोर स्थित सन्ध्या ग्रुपमा पुस्तकालय को स्थापना गरी नयाँ बर्ष बिशेष कार्यक्रमका वीच गत जनवरी १ विहीवार उद्दघाटन गरेको छ ।
ग्रुपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वाको सभापतित्व तथा एन.आर.एन.ए कतार च्याप्टरका अध्यक्ष कमलमणी गुराँगाईको प्रमुख आतिथ्य एवं नेपाल कतार पत्रकार संघका महासचिव कुमार कार्कीको बिशेष आतिथ्यमा सन्ध्या ग्रुपको आयोजनामा ग्रुपको सभाहलमा सम्पन्न सो कार्यक्रममा सन्ध्या ग्रुपका संरक्षक बिष्णु केसी, संस्थापक अध्यक्ष सुरज तामाङ, ग्रुपका निवर्तमान अध्यक्ष धनेश्वर जीसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका इखालु रमेश, नवोदीत वाचनालयका राजेश प्रसाई, मुग्लानी सौगातका सनैया प्रतिनीधि भोजराज श्रेष्ठ, जनप्रगतिसील मच क्षेत्रिय इकाई अलखोरका सचिव डबल गिरी अलमिस्नादका सुभरभाइजर तिल बहादुर बुढाथोकी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 
प्रमुख अतिथी गुराँगाई र ग्रुपका संरक्षक बिष्णु केसीद्धारा संयुक्त रुपमा उद्दघाटन गरिएको सो कार्यक्रम चिन्तामणी बि.क र नेत्र खनालद्धारा संयुक्त रुपमा संचालन गरिएको थियो भने सेलिङ केसीले स्वागत गर्नु भएको थियो । त्यस्तै ग्रुपका उपाध्यक्ष थर्चा लामा र खेलकुद अध्यक्ष हरिचन्द्र श्रेष्ठले ग्रुपको गतिबिधी र भावि कार्ययोजनाबारे जानाकारी गराउनु भएको थियो । ग्रुपको सो कदमको प्रसंसा गदै कार्यक्रमका प्रमुख अतिथि गुराँगाईले उपस्थीत सबैलाई नयाँ बर्षको शुभकामना प्रदान गर्नु भयो । त्यसैगरि आफ्नो व्यक्तिगत तर्फबाट पुस्तकालयलाई राष्ट्रिय स्तरका दश पुस्तकका साथै कतारबाट प्रकाशित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक र कान्तिपुर प्रवास साप्ताहिक एक बर्ष सम्मका निम्ति उपलब्ध गराउनुको साथै भावि दिनमा समेत ग्रुपलाई आफ्नो व्यक्तिगत तथा एन.आर.एन.ए कतारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यसैगरि, कार्यक्रममा नयाँ बर्षको शुभकामना दिदै संरक्षक बिष्णु केसीले पुस्तकालयमा प्रवास तथा नेपालबाट प्रकाशित नेपाली पत्रपत्रिका अनि बिबिध बिधाका नयाँ तथा पुराना पुस्तकहरुको उपलव्धता रहने जानाकारी दिदै पुस्तकालयका निश्चित नियम र शर्त भित्र रहेर सदस्यता प्राप्त गरि सुबिधा लिन सकिने बताउनु भयो । साथै यसको बिकाशमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

त्यसैगरि कार्यक्रमका अर्का सहभागी इखालु रमेशले अनेसासका तर्फबाट साहित्यदीप र ऐक्यबद्धता मासिकका तर्फबाट ऐक्यवद्धता मासिक एक बर्षसम्मका निम्ति पुस्तकालयलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो भने सेलिङ केसीले सोहि कार्यक्रममा नै केहि पुस्तकहरु प्रदान गर्नु भएको थियो । त्यसैगरि सो कार्यक्रममा कुमार कार्की, धनेश्वर जीसी, राजेश प्रसाई, तिल ब. बुढाथोकी, डबल गिरी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कवि तथा गजलकारहरुले उल्लेख्य रुपमा रचना वाचन गरेका थिए भने साहित्यवाचनले कार्यक्रमलाई साहित्यमय बनाएको थियो । त्यस्तै सभापति याक्थुम्वाले सबैको सहयोग र साथले नै सन्ध्या ग्रुपले आज आफ्ना गतिबिधीहरुका बिच पुस्तकालय स्थापना गर्न सकिएको बताउँदै सबैमा नयाँ बर्षको शुभकामना तथा धन्यवाद ज्ञापन गर्नु भयो ।
“कतार र कतारका नेपाली” पुस्तकको लोकापर्ण समारोह सम्पन्न

इखालु रमेश गेलाल/ कतार ।
रम्घा कतार सम्पर्क माचको आयोजनामा कतारमा कार्यरत लेखकद्धय शिवराज गौतम र धनेश्वर जीसीद्धारा लिखीत पुस्तक कतार र कतारका नेपालीको गत शुक्रवार नेपाली दुतावासको सभाहलमा लोकापर्ण समारोह सम्पन्न भयो ।
माचका कावा अध्यक्ष राजेश बिकको सभापतित्व एवं महामहिम राजदुत सुर्यनाथ मिश्रको प्रमुख आतिथ्य तथा एनआरएनए आइसीसीका सचिव सागर नेपालको बिशिष्ट आतिथ्य र साहित्यकार तथा राजनीतिकर्मी ज्ञान उदाशको बिशेष आतिथ्यमा सम्पन्न सो समारोहमा व्यवसायी तथा समाजसेवी डा।देवकाजी डंगोल इन्जीनियरीङ एसोसिएसनका अध्यक्ष ई.नारायण चौधरी थारु कल्याणकारी सभाका बिद्यानन्द चौधरी अनेसासका अध्यक्ष दिपक भेटवाल कान्तिपूर प्रवास साप्ताहिकका श्यामसुन्दर शशी गोधुली सांगीतीक समुहका अमृत थापा नवोदीत साहित्य वाचानालयका भोजराज श्रेष्ठका साथै कतारमा कार्यरत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायतका अतिथीहरुको उपस्थीती रहेको थियो ।
पछिल्लो समयमा बैद्धैशीक रोजगारका निम्ति आकर्षक गन्तव्य स्थल बनेको कतारमा कार्यरत तिन लाखको हाराहारीको संख्यामा रहेका नेपालीहरुको कथा व्यथाका साथै कतारमा कार्यरत नेपाली समुदाय सामाजिक संघ संस्थाका गतिबिधीहरु नेपाली दुतावासको काम र प्रभावकारीता कतारको श्रमीक कानुन नेपाल कतार श्रम सम्झौता कतारमा अलपत्र परेका नेपालीहरुको अवस्था र कारणहरु कतारमा अकालमा मृत्यु हुनेहरुको कारण कतारमा नेपाली महिला कामदारको अवस्था लगायतका समस्या र समाधानको बिषय उठान गरि तयार पारिएको खोजमुलक र जानाकारी मुलक सो पुस्तक अतिथी त्रयले सयृक्त रुपमा बिमोचन गर्नु भएको थियो भने पत्रकार श्याम सुन्दर शशीले समिक्षा गर्नु भएको थियो ।
त्यसैगरि सो समारोहमा एनआरएनए आइसीसीका सचिव सागर नेपालले लेखकद्धयको मेहनत र खोजको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी सफलताको शुभकामना दिनु भयो । सो समारोहमा बोल्दै नेपालले भन्नु भयो आपसी सद्भाव बिश्वास र समााजस्यताको अभावमा कतारमा कार्यरत नेपालीहरु विच बढ्दै गएको खिचातानी झै झगडा र मारपिटको बिषयले नेपालीहरुले आफ्नो मेहेनेती इमान्दारी र शान्त स्वाभावको पहिचानलाई गुमाउँदै गइरहेका छन् । यहि क्रमले अगाडी बढिरहने हो भने कतारमा नेपाली संघसंस्था लगायतको हर गतिबिधीमा मौन कतार सरकारले कुनै पनि बेला हस्तक्षेप गर्न सक्ने र यसले यहाँ कार्यरत तिन लाख नेपालीहरुको भविष्य अन्योलमा पर्न सक्ने बताउँदै यस बिषयमा सबैलाई गम्भिर हुन आग्रह समेत गर्नु भयो ।
त्यसैगरि कतारमा दिन दिनै नेपालीहरु बिचल्नीमा पर्ने ठगिने जस्ता समस्याहरु बढ्दै गइरहेको बिषयमा बोल्दै प्रमुख अतिथी डा। सुर्यनाथ मिश्रले नेपालीहरुलाई यस्तो हालतमा पुर्याउने अरु कोही नभएर नेपालीहरु नै भएको बताउनु भयो । नेपाली समुदायको भिडमा मिठा मिठा भाषण र अभिव्यक्ति वाड्ने हामीहरुकै कारण आज यहाँ नेपालीहरु बिचल्नीमा परेका छन् । त्यसैले यो समस्या समाधानका निम्ति पहिले हामीले बाड्ने मिठा अभिव्यक्ति र भाषणलाई व्यवहारमा उर्तान जरुरी छ उहाँले भन्नु भयो । त्यसैगरि कतार आउनु पूर्व र आइसकेपछी यहाँको हरेक पक्षको जानाकारीको निम्ति यो पुस्तक निकै उपयोगी हुन सक्ने बताउँदै लेखकद्धयको जानाकारी मुलक पुस्तक लेखनको कदमलाई उहाँले शुभकामना दिनु भयो । 
सो समारोह सेलिङ केसीद्धारा साचालन गरिएको थियो भने माचका कोषाध्यक्ष हरिचन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । त्यस्तै लेखकद्धय शिवराज गौतम र धनेश्वर जिसीले पुस्तक लेखनका क्रममा साथ सहयोग दिनुहुने सबैमा आभार प्रकट गर्नु भयो । हरेक नेपालीको हातमा यो पुस्तक पुग्न सकॆ कुहिरोको काग भएका नेपालीहरुका निम्ति केहि हद सम्म भए पनि उपयोगी हुन सक्ने बताउँदै लेखनका क्रममा कतिपय उपयोगी जानाकारीहरु उपलब्ध गराइदिन आफुहरुले गरेको आग्रहलाई बेवास्ता गर्नेहरु प्रति लेखकद्धयले रोष प्रकट गर्नु भएको थियो । त्यसैगरि कवि तथा गजलकारहरुले उल्लेख्य रुपमा आफ्ना रचनाहरु वाचन गरेर समारोहलाई साहित्यमय बनाएका थिए । कम्पनीसँगको अुनुबन्धित समयबाट बचेको समयलाई खोजमुलक र जानाकारी मुलक पुस्तकको लेखनमा खर्चेका लेखकद्धयलाई साहित्यकार ज्ञान उदाश डा। देवकाजी डंगोल करिम बक्स मियाँ बिद्यानन्द चौधरी ई.नारायण चौधरी बिरु दर्नाल भोजराज श्रेष्ठ लगायतका बक्ताहरुले शुभकामना तथा धन्यवाद दिनु भएको थियो ।
अलखोरमा खेलकुद मेला
इखालु रमेश गेलाल / अलखोर
कतारमा बिगत केहि समय यता बाट नेपाली खेलकुद जगतको बिकास र उत्थानका निम्ति बेला बेलामा बिबिध खेलकुद कार्यक्रमका साथ खेलकुद मेलाको आयोजना भइरहेका छन् । यसै परिवेसमा प्रवासमा रहेर पनि नेपाली भाषासाहित्य कला संस्कृती र खेलकुदको बिकाशमा लागि परि रहेको सन्ध्या ग्रुप अलखोर अन्र्तगतको खेलकुद बिभागले इस्लामीकहरुको महान पर्व बकि्रइदको अवसर पारेर अलखोरमा वृहत खेलकुद मेलाको आयोजना गर्ने भएको छ ।
गत बिहीवार बसेको ग्रुपको बैठकले सो खेलकुद मेलाको आयोजना गर्ने निर्णय गर्दै ग्रुपका संरक्षक तथा सल्लाहकार बिष्णु केसीको संयोजकत्वमा एघार सदस्यीय खेलकुद मेला आयोजक समितिको गठन गरेको छ । खेलकुद मेलालाई मर्यादित र अनुशासीत ढंगले सम्पन्न गराउनको निम्ति बिबिध शिर्षकमा अन्य अस्थाई उपसमितिहरुको समेत गठन गरिने जानाकारी ग्रुपले दिएको छ । अलखोर स्थित अलमिस्नाद कम्पनीको कम्पाउण्डमा आयोजना हुन गइरहेको सो खेलकुद मेलामा भलिबल चेस र हाँडीफोर जस्ता खेलहरु समावेस गराइने जानकारी ग्रुपका खेलकुद बिभाग प्रमुख हरिसचन्द्र श्रेष्ठले दिनु भयो । सो मेला खेल जगतका निम्ति एक नयाँ आयाम हुने बताउँदै कतारमा रहनु भएका खेलप्रेमीहरु खेलाडीहरु संघ संस्थ्ााहरु लगायतलाई सो खेलकुद मेलामा सहभागिताका लागि ग्रुपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वाले आव्हान गर्नु भएको छ ।
Thank you
By: rajanrimal on August 18, 2009
at 4:18 am