
समयले पर्खदैन बगेको खोलो फर्कदैन यस शाश्वत सत्यलाई स्वीकार्नुको विकल्प नै छैन । समय सेकेन्ड मिनेट घण्टा दिन रात महिना बर्ष………॥ हुँदै आफ्नै रफ्तारमा बहिरहन्छ । न त यसले कसैलाई पर्खन्छ न त थकाई मारेर चौतारीमा टुसुक्क बस्छ नै । आफ्नो अनवरत यात्रा गरि रहने समयले आफ्नो बहावसँगै धेरै परिवर्तन र उतरचढावहरु वहाएर ल्याउँछ लैजान्छ । समयलाई पक्रेर दास बनाउन खोज्नेहरु भिरको चिण्डो झै भई तुर्लुङ झुन्डीन्छन् अनि परिवर्तित समयसँगै अन्ततः विलीन भएर जान्छन् सुर्योदयसँगै विलीन भएर जाने शितको थोपा जस्तै ।
एक चौथाइ बसन्त चपाई सकेको म पनि आज समयको रफ्तारसँगै दौडीरहेको छु । जीवनको श्रीगणेशाय ताकाका कुराहरु त्यती याद नभएपनि वाल्यवस्था अनि किशोर अवस्थाका कुराहरु आज नामेट भई अन्र्तह्रदयको संग्राहलयमा सुसज्जीत छन् । जीवनले पार गरेका हरेक बसन्तसँगै कठोर बन्दै गएका पलहरु उतरचढावका पहिरोहरु अनि थोरै हाँसो धेरै आँशुका कोसेलीहरु नै आज बाँच्ने साहारा भएका छन् । जीवनको अश्तित्व नै तहसनहस पार्ने गरि आँधी हुन्डरी नआएको कहाँ हो र । साहाराको ढ्वाङ फुक्दै काखमा राखी घाँटी थिच्नेहरु पनि प्रशस्तै भेटिए । मुखमा राम राम बगलीमा छुरा गर्नेहरु त गनि साध्य छैन । तथापी विवसता बाध्यता अनि गरिबीको जाँतोमा पिँसीदै भए पनि आफ्ना पाइलाहरु अगाडी बढाइ रहेको छु ।
जीवन कहाँ कती बेला अस्ताउने हो त्यो कस्लाई पो थाहा हुन्छ र । आज भरे वा भोलि यानकी एक दिन त पक्का हामी सबैले यो स्वार्थी संसार छाडी जानु पर्छ नै । बस् ढिलो चाँडो मात्र हो । अहिले सबैसँग हाँसीखुसी रमाइरहेको व्यक्ति छिनभरमा नै रुवावासीको सामना गर्नु पर्ने हुन सक्छ । रात र दिनको लुकामारीसँगै समय चिप्लदै जान्छ । आज दिनभरि हाम्रो जीवनमा कैयौं रमाइला तिता मिठा र बिस्रनै नसक्ने खालका क्षणहरु हाम्रा सामु उभिन्छन् । दिनको अन्त्य सँगै अन्धकारको राज मै हामीहरु पनि अर्धचेतन अवस्थामा निदाउँछौ । बिहानी हुन्छ अर्को दिन शुरु हुन्छ । फेरि नयाँक्रम नयाँ नयाँ घटना अनि क्षणहरु हाम्रा अगाडी लम्पासर पर्छन । हिजोका ती पलहरु समेटेर राख्न सकिदैन । हुन त बितेका कुरा बिते आगामी दिन तिर लम्कनु पर्छ भन्छन् आफुलाई बिद्दान भन्न रुचाउनेहरु । तथापी आजको पल आजको घटना भोलिको निम्ति एकान्तको साथी मन वहकाउने बगैचा भावाना बिसाउने चौतारी अनि जीवन जिउने साहारा पनि हुन सक्छ । यो कुरा मेरो मनमा मेरो मस्तिष्कमा पहिल्यै नआएको पनि होइन । यद्यपी समय परिस्थीती अनि अनेकन कारण अतीतलाई अक्षरत संगालेर राख्न सकिन । जसका कारण आज जीवनको गोरेटोमा साथ दिने एकान्तको साथी हराए झै लाग्दैछ । एक्लै एक्लै बाँचीरहे झै लाग्दैछ बस् कल्पनामा स्वप्नमा अनि झझल्कोमा तर आगामी दिनमा म र मेरो कलम यस बिषयमा सदैव चनाखो बनि रहने प्रण गरेका छौ ।
मनमा अनेक इच्छा आकांक्षा बोकेर मानिस मानिस अगाडी बढ्दछ । चाहान्छ ऊ आफ्ना हर सपनाहरु पूरा होउन तर सपना भनेको सपनै हुँदोरहेछ । सपनाको सुन्दर संसार अनि अवर्णनिय महल बिउझ्याईसँगै तहसनहस हुँदा मनमा नरमाइलो लाग्दो रहेछ । कता कता दुख्दो रहेछ चस्स चस्स । हुन त भन्छन् जीवन संघर्ष हो अनि संघर्ष नै जीवन । होइन भने के जीवन गाइनेको सारङ्गी झंकार हो या त मुरलीको धुन के पुष माघको पारीलो घाम हो जीवन या त दैवको असिम उपहार ………। हो जीवनलाई मानिसले आफ्नो आफ्नै तरिकाले बिश्लेषण गर्छन् तर मेरो बिचारमा चैतको हुरी हो जीन्दगी अध्यारोमा हानीएको तीर हो जीन्दगी अनि आँशु पिडा दुःख र आर्तनादको साधन हो जीन्दगी । संघर्षको मैदान हो जीन्दगी । न त यसको कुनै गन्तव्य नै छ न त कुनै ठेगान नै तसर्थ कुहिरोमा निस्सासीएको काग हो जीन्दगी हुरीमा रुमल्लीएको पात हो जीन्दगी ।
मानिसले जतीनै सपनामा हराउन्न कल्पनामा बहकिन्न यानकी सपनाका पुष्पगुच्छा बुन्दिन भनेता पनि अनयासै मनमा सपनाका लहरहरु लहराउँछ । अन्जानमै सपनाका महलहरु खडा गर्छ अनि मिठो भोलिको सपनामा घुटुक्क थुक निल्छ । आशाका डोरीहरु बाटेर बस्छ केहि न केहि मनमा स्वार्थ लुकाएर । या त त्यो सानो होस् या ठुलो हरेक मानिसले पाइला पाइलामा स्वार्थ लुकाउँछ । स्वार्थको पगरी गुथेर ङिच्च हाँस्छ धाराप्रवाह रोइदिन्छ अनि आक्रोसीत पनि बनिदिन्छ । मानिसले जहाँ पनि जती पनि र जहिल्यै पनि जुन काम गर्छ ती हरेक ठाउँमा स्वार्थ लुकेको हुन्छ । निश्वार्थ भावाना खोज्नु भनेको वालुवाको महल नदी किनारामा खडा गर्नु जत्तिकै हुन्छ । तथापी नितान्तै व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थमा केहि फरक त हुन्छ नै । व्यक्तिगत स्वार्थ गन्हाउँछ दुङ दुङ भने समाजिक स्वार्थ मगमगाउँछ । यद्यपी हरेक कुरामा स्वार्थ हुन्छ नै ।
यस्तै स्वार्थहरुको फेहरिस्त भित्र सामाजिक स्वार्थको फेरो समाउँदै समाजमा असरल्लै छरिएर रहेका यर्थातताहरु अनि तिता मिठा पलहरुलाई उदिन्दै म र मेरो कलम अगाडी बढ्ने प्रयास गरिरहने प्रण गर्दछौ । यसको निम्ति तपाइहरुबाट सदैव झुसीलो शुभकामना भन्दा झरिलो आलोचना सल्लाह र सुझावको अपेक्षा म र मेरो कलम दुवैले राखेका छौ ।
इतिश्री ।
Namaskar Ramesh Ji
Aaja maile hajur ko yo site 3 palta khlisare farak farak samaya ani faak farak thau ma , kina kina tapai ko lekhai ma tyo pari pakwata pani dekhdina maa , testo dhurandhar bidwan ani haina tapai , testo thulo sahitya kar jasto pani lagena tapai………..
Thakkai maa jasti samanya manche jato lagyo jo khusi pani huncha kaile ani runcha pani kaile , Tapai le yo “Ma Ra Mero Kalam ” ma lekheka kura haru le maa college ma padtha auto bharne chalan thiyo ani Auto ma yestai yestai dheri sabda haru lekheko pauthe maa ani khub ramailo lagthyo yesta sabda haru padne , Lekheka kura le ke bhanna khojeko ho kehi bujhidana thiyo tara pani padna maan lagthyo , maile tapai le lekheka ye sabda haru yestai yestai bhab pailo palta mer aafnai dai ko Auto a bheteko thiye ani maile pani aastai aastai yestai kura lekhna sike tara maile teti ramro lekhnai sakina …
Maa Purbiye Shastriye Sangit ko bidhyarthi hu ani nepali ra angraji sahitya ko bidhyarthi hu , English sahitya buba ko rahar le ani Nepali sahitya aafno rahar le padheko thiye ,
Aaja tapai ko yo aafno kalam le sara aatit samjhana garayo , tapai sanga dheri kura garna maan cha Ramesh ji , Jasari tapai le aafno nam ma pramanikata dekhaunu bhako cha tapai ko harek srijana ma tyo Pramanikata dekchu ma , Manche tapai jasti safa ani khulla hun bhanne pani chahanchu maa .
Tapai lai maile kuni pani thau ma prasamsa gareko chaina maile ta mero ganthan matra gareko hu ,
Tapai bata malai kehi linu chaina ….. baas nata mildo raicha hamro sahitya le garda srijanatmak huna le garda tesaile yeti kura lekhnai maan lagyo , maile aaile samma ma kaile pani yeti lamo comment kasailai gareko thiyína ,
Lau hai malai maaf garnuhola , sarai aananda lagyo tapai lai kehi maan ka kura lekhda , malai
mero
agamsuvas@yahoo.co
ma mail garera samparka ganu bhaye pani huncha , mail nai nagarne bhaye pani , hajur ko marji ,
Bida hunchu hai
Prem-Prakash-Ani-Shanti sangai
Suvas Agam
By: nepalighazal on March 23, 2009
at 5:27 pm
Hernus na mero mail id galat lekhiyecha
tyo yesto cha hai
agamsuvas@yahoo.com
ani sachi maa kunai din radio ko sanchala pani thiye tya maile sancalan gareka kehi maan parne aawaj ko yeuta profile cha youtube.com ma yesho kaile kai meso mile aaunuhola http://www.youtube.com/suvasagam ma hai ta lau ta bida .
Prem-Prakash-Ani-Shanti sangai
Suvas Agam
By: nepalighazal on March 23, 2009
at 5:29 pm