केहि मुक्तकहरु
- इश्वर दाहाल
भोग्दै जाँदा जीन्दगी समुन्द्रको नाउ जस्तो
संघर्षको मैदानमा जुवाको दाउ जस्तो
चारै तिर चोटैचोट र ठक्कर खानु पर्दा
परिस्थितिले पोलीरहने मुटुको घाउ जस्तो
न ह्दयले चाल्न सक्यो
न विचारले ढाल्न सक्यो
पत्थर जस्तो तिम्रो मन
न मायाले गाल्न सक्यो
रद्दीको टोकरीमा फाल्न पनि नमिल्ने
जम्मा पारी आगोमा बाल्न पनि नमिल्ने
टुक्रा टुक्रा छरिएको मेरो मुटुलाई
सीयोले मिलाएर टाल्न पनि नमिल्ने
वैरीले अति क्रमित् देश बचाउनलाई
संस्कृति भाषा अनि भेष बचाउनलाई
अब प्रवास् छिटै छाड्ने बेला आएको छ
राष्ट्रियता को अवशेष बचाउनलाई
पैरन् उस्तै कोट् अलग्
नेता उस्तै भोट् अलग्
लुट्न त सब्ले लुट्ने हुन्
खल्ती उस्तै नोट अलग्
गाएर पनि रित्तै छु
धाएर पनि रित्तै छु
आकाश्को फल् भो माया
लाएर पनि रित्तै छु
दोहा,कतार
sir ,muktak ko thau khali dekhda katakata na ramaelo lagyo ek sabal sahityakar bhayara pani muktak lai kina upekchha.
By: ishwor dahal on July 27, 2009
at 6:30 am