झटारो

copy-of-exotic-birds-18_wallpapersfun1com-copy-21

कठघरामा बटुकृष्ण

– इखालु रमेश

माघको महिना आसपासका टाकुरामा खसेको हिउँले बाहिर निस्कनै नसक्ने खालको ठण्डी छ । बिहान १० बजीसक्दा पनि सुर्यनारायणको दर्शन गाह्रो छ । म भने आफुलाई कोठामा थेचारी राख्न अट्टहास लागेर भएसम्मका लत्ताकपडा ज्यानमा बेरेर बजार टहल्न निस्केको छु । यस्तो ठण्डीमा पनि सडक भने पाइला राख्नै नसक्ने गरी तातो छ । मैले अनुमान लगाए, ग्याँस तेलको मुल्यबृद्धिको बिरोधमा सचेत नागरिकले सडक बालेको हुनुपर्छ या त कुनै सवारी साधनले कसैको घरपालुवा जनावर किचेको हुनुपर्छ । हिजो रेडीयोले फुकेको स्कुल र पर्यटकको बस यहि सडकमा डढेको हुनु पर्छ । म अघि बढ्छु एउटा अहिले पनि बलीरहेको भ्यानमा मेरो नजर पर्छ । हेर्छु आगोको लप्को भ्यानमा एम्बुलेन्स लेखेको रातो अक्षर तिर लप्कदैछ । म ठम्याउँछु यो बिरामी बोकेर जाँदै गर्दा आरजक भिडको शिकार भएको हुनु पर्छ । उभिएर घोरीए म हामी कती सचेत छौ आफु आफै प्रश्न गर्छु आफैसँग । साधरण गल्ती एवं त्रुटी कसैबाट भयो भने बिरुद्धमा हामी आफ्नै भौतिक संरचना र छुनै नहुने शान्तिक्षेत्र स्कुल अस्पताल र प्रेसका साधन माथी जाई लाग्छौं । तहस नहस पाछौं क्षण भरमैं । तर देशलाई अग्रगमनको दिशामा बढ्न नदिइ नेतृत्वले छिमेकीको दास बनाउँदा ङिच्च हाँसी बस्छौ अनि सरकारले हरेक चिजमा मुल्यवृद्धिको झापड बसा्रउँदा शान्तिपूर्ण बाटो होइन आरजकताको बाटो समात्छौं ।
देख्छु आज फेरि एउटा सचेत नागरिकहरुको ठुलो समुह िसंहदरवारको पश्चिम दैलोको बाटो हुँदै दक्षिण लागेको छ । लाग्छ यो सचेत नागरिकहरुको भिड फेरि कुन इलाकामा ध्वंसको बिकास गर्न अघि बढ्दैछ । म पनि पाइला राख्दै जान्छु भिडले छोडेका डोवहरुमा । भिड सरासर न्यायको मन्दिर तर पैसामा बिक्न सक्ने सरकारको कठपुतली सर्वोच्च कचहरीको हाता भित्र पस्छ । भ्रष्ट्रचारी बालात्कारी चोर, डाका, ठग,तस्कर,देशद्रँेही सबैले पैसाको बिटाको बर्षा गर्दा धरौटीको टाँचा ठोकेर सफाइ पाउने निर्धो गरीव तथा पिडीतले भने कोचरीनु पर्ने नाम मात्रको न्यायलय आज यो भिडको निशाना बन्ने भो भनेर मुक बनेको छु । तर भिड न्यायलयको बहस कक्षमा प्रवेस गर्ना साथ मूर्तिवत शान्त उभियो । भिडको छायाँसरी पछ्याएको म पनि कक्षको एक कुनामा लेपास्सीएर त्यहाँको दृष्यावोलकन गर्न थाले । ओ॥हो। त्यहाँ त समाजसेवी बटुकृष्ण त्यागीको बिरुद्धको मुद्धाको बहस हुदै रहेछ । बटुकृष्ण गरिव दुःखी र समाजका निम्ति दियो ज्यान दिने साह्रै मनकारी मान्छे । त्यस्ता समाजसेवी पनि आज कसरी कठघरामा छन् । यस्ता मान्छेले पनि गलत काम गर्लान र म बटुकृष्णको अनुहार हेरेर आफैलाई प्रश्न गर्छु । बहस चल्दै जान्छ । बटुकृष्णको दावी छ आफु सदैव गरिवदुखि समाज र राष्ट्रको हितमा समर्पण भएको र आज सम्म अन्याय,अत्याचार,भ्रष्ट र तस्करको बिरुद्धमा रहदै आएकॊ तर मलाई किन आज अन्याय,अत्याचार,भ्रष्ट र तस्करीको पक्षमा रहेको भनेर फुच्चे कचहरीमा दोषी भनियो । श्रीमान म उपर यस्तो आरोप थुपरेर खानु न पिउनु पुर्पुरामा चिनो भने झै मेरो चरित्र र त्यागको हत्या गरिएको छ । म दोषी उपर कारवाहीको माग गर्छु बोल्छन बटुकृष्ण । बिपक्षीको भिडबाट एउटा अलि सुकीलो लुगा लगाएको पोटीलो ज्यान भएको तन्देरी बोल्छ । श्रीमान् बटुकृष्णले आफ्ना बारेमा गरेको व्याख्या केहि हद सम्म त सहि होलान् । हामीले पनि उनलाई आपत बिपतका साहारा मान्दै आएका थियौ तर केहि दिन अघि एउटा संस्थाबाट आफुहरु ठगीएको पर्ची बोकेर आएका केहि यूवाहरुको समुह हाम्रँे फुच्चे कचहरीमा आएथ्यो । पर्ची हेरि ठग संस्थाको जनमकुण्डली खोतल्दा बटुकृष्णको पनि कुण्डली भेटीयो । उनको संलग्नता देखेर सोध्दा मैले मेरो नाम र जनमकुण्डलीले कसैको भलो हुन्छ भने ठिकै छ नी त भनेर मेरै राजीखुसीले मेरो जनम कुण्डली दिएको हुँ भनेर स्वीकारेका पनि हुन् । श्रीमानको जो बिचार सके तन्देरीले आफ्नो तर्क । जती बहस चले पनि भिड भने शान्त सँग बसी रह्यो ।
मेरो मनमा अनेक तर्कना झुम्मीन थँल्छ । के बटुकृष्ण गलत नै छन् या त निर्दोस के उनले ओढेको उदारताको बर्को छद्मी नै हो त उनी बाहिरका ठुला भित्रका लुला नै हुन त के उनको चरीत्र हत्या गर्नका निम्ति कसैले यो चाल चलेको हो त यदी उनी बिल्कुल यो बिषयमा अनविज्ञ छन् भने किन पुर्णत आफ्ना पाइला त्यहाँबाट निकाल्दैनन् मेरो ठम्याईमा बटुकृष्ण एक सफल र उदार समाजका सेवक हुन् तर पनि किन आज उनी कठघरामा छन् यदी उनी त्यस्तो गलत काममा लागेका भए साधरण कुरामा बस्ती शहर र सडक जलाउने यो भिड किन आज न्यायलयमा लाटो बनेर बसेको छ किन यो भिड उल्टीएर सुनामी बन्दैन के यो भिडमा उनले फिजाएको रकम गनाएको छ या त उनको उदार भावानाको ऋण मौन बसेको भिडको अनुहार चिहाउँदै म अनेक तर्क बितर्क मनमा खेलाउँछु । एक्कासी चप्रँसीले एक्कासी घण्टी बजाउँछ । घण्टीले म झसङ हुन्छु । हत्तेरी॥ म त सपनामा पो रहेछु । अनि म कहाँको कचहरीमा हुनु नी आफ्नै ओछ्यानमा पो रहेछु । अनि कहाँ चप्रासीले बजाएको घण्टी हुनु बिहान मलाई ड्युटीका लागि उठाउने अलाराम चरि पो बजेको रहेछ । म सर्सर्ती सम्झने कोशीस गर्छु रातको सपना । कता कता मलाई यो घटना बिपनामा नै घटे जस्तो लाग्न थाल्यो । सोच्न थाले दोहोरो बहसको समाप्ती पछी न्यायधिसले के फैसला गर्थे होला अनि कठघरामा िठङीएका बटुकृष्णले सफाइ पाउँथे की दोषी सावीत भएर सजाय यस्तै प्रश्नहरुको मन झुत्ती खेलाउँदै लागे म पनि बिदेशीको इशारामा चल्नु पर्ने कठघरा तिर ।
अश्तु ।

. मनगणन्ते कमाई

– इखालु रमेश

कहि नभाको जात्रा हाँडी गाममा भन्ने उक्तिलाई जुक्ति लगाई यताउती कनिकुती घोइरेर सोचमग्न हुँदा त आजकाल हाँडीगाममा हैन खाडीगाममा पो जात्राको मात्रा होउस्सीएको फेला पर्यो । होइन हौ!! यो हाँडीगामको जात्रालाई नै माथ ख्वाउने गरी खाडीगाममा कस्तो जात्रा भाछ भनि पाठकवृन्द आफ्नो गीदीलाई िपंधी गाँठी कुरोको चुरो फोर्न िझरीमीटी दाउरा जोर्न नथाल्नु बेकारमा आफ्नो गाथ आफैं नगाल्नु । किनकी तपाइहरुलाई रनभुल्लमा नपारी यो मरन्च्याँसेको चर्मचक्ष्ाले देख्या कुरो बनी सुरो छताछुल्ल घोप्ट्याउँदैछ मुडै गिड्न नसकेनी बोक्रा बोक्री चोइट्याउँदैछ कलमको आडमा कुत्रुककुत्रुक ।
घरको पाडी बेची खेतबारी साहुको नाम लेखि डाँडा माथीको जून झैं भइसकेका बा आमा अनि मसीनै ध्यापूताहरु र आफ्नी रामप्यारीलाई घराँ छाडी खाडीमा पैसाको रुखमा दुविनी चौताराको बरको हाँगामा सैसैला खेले झै सैसैला खेलौला गोठालो जाँदा पाँगो माटोलाई आँटो सम्झी बेले झै रियल र डलरलाई बेलौला भन्ने लाटकोशेरे सपना देखि मनगणन्ते कमाईको हाली रेखि बिदेशीने नेपालीको हुद्धा बढ्दो छ दिन दुगुना रात चौगुना उँधोगती चढ्दो छ । गाममा हली जाँदा राँटो छोड्दै जोत्दा पनि दुई फाँको आँटो चिसापानी गहिराको चिसो पानी सँगै निल्न पाइयाथ्यो । तर यहाँ त हावा तातो पानी आकाश तातो धर्ती तातो तातै तातोले उड्दो छ सातो आफ्नो आङमा नहाले बख्खु डाङग्रीको कसीलो गातो । यस्ता मौसमे जात्राका कात्रा हाँडी गाममा भन्दा खाडी गाममा बिकासे भएका कुराको पुरा खाडी गामका मानवयन्त्रले खाइरहनु नपर्ला ।
पाठकवृन्द यी त भए आफ्नै मतीले खती भई आफ्नो आयूलाई वायू ख्वाएका जात्राको मात्रा । यस्ता जात्रा कत्ति रहरले सीर्जीन्छन् त कति बाध्यता परिस्थीतीले अनि कत्ति त तमसुकको तिथीमीतिले नै । यस्ताखाले कोलमा मेल पेलीए झै पेलीएको मान्छे आत्तिन्छ मात्तिन्छ अनि मानसीक कमजोरीले मनगणन्ते दलदलमा भासीन्छ । यस्तो मौकामा चौका हान्न आफ्नो मोहनीजालमा बाँध्न छद्मभेषीहरु हुलबाट मुल निस्कीए झै निस्कन्छन् अनि थाल्छन् मनगणन्ते कमाईको कुबेर पूराण सुनाउन । सडक सडकमा तडक भडकमा पटका पड्के झै बोलीमा झुटै झुटको खोलीमा नेपाली रगत र पसीनालाई चुस्न अभ्यस्त छन् हिजो आज मनगणन्ते कमाईका प्रवर्तकहरु । हिजो आज खाडी गामका चोक चोकमागल्ली गल्लीमा एउटा डलर रुपी माछा मार्ने झुलको कुरो हुन्छ । न्वाराने परीचय गोलो बिज नामकृत भएको त्यो छद्मी झुल डलरको मुल हो भन्ने लोभको बास गराई निमुखा र अर्धज्ञानीलाई फोस्रो आश्वासनले भराई नेपाली पसीनाको मुल्यमा नुहाइ नुहाइ गर्दो छ । दाइने देब्रे एक एक खुट्टो जोडी डलरको मुल फोडी डलरे माछा च्याप्प च्याप्पी समाउन पाइने सपना देखाउने यस्ता साजालेको भिडले कहिले घडीको आवरणले मख्ख पार्छन् भने कहिले बिमाका कुराले । जती खुट्टा जोड्दै गयो उती डलर खाने मुख बढ्ने बकमफुसॆ बोलीमा लट्पटीएकाहरु आफ्नो रगत र पसीनाको मूल्य पनि झ्वाम पारी पश्चातापमा जल्नु सीवाय अर्को विकल्प नहुने कुरा चटक्क बिसर्एर मनगणन्ते कमाई पूराणका वाचक अघि याचक बन्दा छन् ।
यस्ता छद्मे खेलाडीको रेलगाडी हाँडी गाममा दुई चार बर्ष पहिल्यै गोलो क्वेष्ट नाम चिप्काएर कानुनी लिक विनानै छक छक छक छक गर्दै लोभ्याइलो बिज छर्दै गुडेथे । साधाराण मजदुर देखि मैं हु भन्ने विद्धानको समेतको टाउको मुडेथे । घरको पेटारी बाख्रो लैनो भैसी अनि जायजेथा सिरीखुरी पारी सरकारी जागीर नी बैर्तनी तारी टुकुचामा सेलाएर डलरे खेतीमा होमीने नरनारीहरु डलरे छद्मीको रश्मी भ्रामक भएको पूष्टी हुँदा हाँडीगामका गल्ली गल्ली भौतारीएर रुँदा यो मरन्च्याँसे नरोउ बा भनौ की खुच्चीङ दुख पाइस मंगले आफ्नै ढंगले भनौ भनि गम खाइ रमरम भएध्यो ।
त्यसैले घरको पेटारी बाख्रो तुहे पनि साहुले गोठको भैसी दुहे पनि जालीको पाली परी आफ्नो रगत र पसीनाको कमाईलाई मनगणन्ते कमाईको लोभमा छोप हाल्दाजाडो भगाउन आफ्नो घर आफै बाल्दा हस्तीनापूरीको राज हैन चपरी मुनीको बास नहोला भन्न सकिन्न । जलपे कुराको पुरा ख्वाउन लिप्त किर्नाहरु र रगत दिइ मुटु लुछ्नेहरुको पछी लाग्नेहरुलाई भिरमा जाने गाइलाई राम राम भन्नु सीवाय अर्को विकल्प यो मरन्च्याँसेको भुत्ते दिमागमा अरु केही छ जस्तो लाग्दैन । त्यसैले के आमाको लाम्टा चुसेर नभएर बाउको घुँडो चुस्ने शैलीको मनगणन्ते कमाईलाई परिश्रम र मेहनतको कमाईको धरातलमा समानान्तरीय रुपमा देख्न सकिन्छ के बिल गेट्सको सर्वसम्पन्नसाली दलानमा मनगणन्ते कमाई छद्मी पूराणको नै वाचन गरीएको थियो या अथक मेहनत दृढता र कार्य निरन्तरताको के सोमालिया, इथोपीया सुडान लगायतका अनिकाले मुलुकमा मनगणन्ते कमाइको छायाँ नपुगेरै भोकमरी र आर्थिक प्रतिकुलताले डसेको हो त जे होस् आहारा ओकल्च्याउने दाँत देखाउनु नै हाँस्नु भए कुपोषणले ग्रसीत खुट्टी खोच्याँउनु नै नाच्नु भए सबै चम्कीला वस्तु जती मणिमाणिक्य भए पटका पड्के झै बोल्ने नै बिद्धान भए यो मरन्च्याँसे आफ्नो कलमको निपमा खिप लाउँदै सखुवाका टोड्कामा बसी मुक पात्र बन्ला । यदि होइन भने निर्दोष माछालाई कुटील मत्स्याहाले फालेको बिषाक्त चारोको गारोमा परी कोही पनि नचेपिउन् मनगणन्ते कमाईको लोभमा रछ्यानमा नदेखिउन् भन्ने कामना र कटु सत्य ओकल्दै अहिलेलाई ओझेल पर्छ यो मरन्च्याँसे ।
इतिश्री मनगणन्ते कमाई छद्मी पूराण तुरितम् ।
खोटाङ बजार- १,खोटाङ
हाल ः दोहा कतार ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.