गजल

images11-copyगजल

तिम्रो याद र सम्झनाले नरोएको रात छैन ।
पानी सरी पिउँछु रक्सी तर पनि मात छैन ॥

सपनीमा ढक्ढक्याउँदा मेरो दिलको ढोका तिम्ले
लाटो बन्छु तिम्रो सामु बोल्ने कुनै बात छैन ॥

व्यन्जनको थुप्रो वीच भोको बनि छट्पटाउँदा
मेरो लागि पस्की दिने तिम्रा कोमल हात छैन ॥

निश्चल चोखो मायाँ तिमीलाई मेरी धड्कन तिमीनै हौ
इखालु को सच्चा प्रेममा छलकपट र घात छैन ॥

तिम्रो याद र सम्झनाले नरोएको रात छैन ।
पानी सरी पिउँछु रक्सी तर पनि मात छैन ॥

-इखालु रमेश

rabindra-nadansadasya1

गजल (सवाल)

लौ जवानी बिक्रीमा छ
यो कहानी बिक्रीमा छ

आफैले पोलेको घरको
हा खरानी बिक्रीमा छ

ठेकी चुहीने भएपछी
यो मदानी बिक्रीमा छ

स्वभाव किन्न जानुथ्यो
र त बानी बिक्रीमा छ

कुन अंग मन पर्छ भन
छानी छानी बिक्रीमा छ ॥

-रविन्द्र नादान
विदुर -५ मािझटार
नुवाकोट ।

dsc018382

गजल (जवाफ)

फोस्रो तिम्रो जवानीको लिलाम बिक्री नगर भो
वासानाको कहानी त्यो दोबाटोमा नछर भो

वैंस छदाँ घर पोल्यौ जवानीको चर खोल्यौ
अव रित्तीएको कामुक भाँडो खरानीले नभर भो

पिपासुले मोही पार्ने ठेकी बन्दा चुहियौ आज
मदानीलाई लिलाम गरी अझै नर्क नझर भो

स्वभाव होइन बजारको आलु जस्तो किन्न पाइने
िपङगला झै तिम्रो बानी अव अघि नसर भो

कुहिएको बगरको माछा सरी तिम्रा अङग
कस्ले किन्ला छानी छानी भ्रममा अव नपर भो ॥

- इखालु रमेश

गजल

साँचो माया गर्दा खेरी घात दियौ पिया
उज्यालोको बदलामा रात दियौ पिया

हाँसो खुसी बटुलेर जीउने आशा जागेको थियो
आँशु अनि पिडाका खात दियौ पिया

दोबाटोमा भेट हुँदा हात समाई चुमेकी थियौ
मेरो चोखो मायालाई लात दियौ पिया

तिम्रो मेरो मुटु जोडी साथमा खुसी खिलौ भन्थे
मलाई मारी पराईलाई हात दियौ पिया

सँगै जीउने सँगै मर्ने सपनामा उडाएर
इखालुलाई आँशुको बर्षात दियौ पिया

इखालु रमेश गेलाल
खोटाङ बजार-१ खोटाङ ।

गजल

रहर कुन्ठ्याइ बस्ने होइन अब घर फर्क निरु
तिम्रै बाटो हेरी राछन लेक बेसी खर्क निरु

तिमी नहुँदा दशै अनि तिहार पनि अलिनो भो
फर्की चाडै मालाश्री देउसी सँग दर्क निरु

बुढी आमा तिम्लाई सम्झी भक्कानीदै रोइरन्छिन
परदेशी भइ गाउँ सम्झी अव न चर्क निरु

सम्झी आउ साथीसंगी गाउँघर आफ्नो माटो
आफ्नै रीतिसंस्कृती प्यारो बिदेशी त नर्क निरु

गाउँ घर सबै मलिन भाछ तिम्रो अभाव खड्केको छ
मनमा न त उमङ्ग छ न त कुनै हर्क निरु ॥

इखालु रमेश गेलाल
खोटाङ बजार-१ खोटाङ

गजल

मन रोएर थाकेको बेला तिमी आयौ
पिडामा जीवन पाकेको बेला तिमी आयौ

 
स्वार्थी दुनीयाँमा स्वार्थको आँधी चल्दा
 मैले मुहार ढाकेको बेला तिमी आयौ
 
साथको बदलामा घात हाँसोको बदलामा आँशु पाएपछी
जीवनलाई नशामा जाकेको बेला तिमी आयौ
 
जीवनको यात्रा एक्लै गर्ने प्रणमा
देवि देवता भाकेको बेला तिमी आयौ
 
मलाइ जीउँदै जलाइ छाड्दा तिमीले
विकल्पमा मृत्यु डाकेको बेला तिमी आयौ ॥
 
इखालु रमेश गेलाल
खोटाङ बजार-१ खोटाङ ।

Responses

  1. hi gelal sir
    tapaiko gazal sarai marmik 6 yaar

  2. ramesh ji hunata nepali bhasa ma web kholnu nai hami nepali ko lagi khusi ko kura ho tapai ko prayas ramro chha nepali bhasa sahitya ko lagi tapai ka hat haru sadhai lagiparun . gajal pani dherai ramro lago .best of luck

  3. tapai ko gajal ramro chha .ramro hudai jawas mero subhakamana

  4. good

  5. Prasamsa ka sabda haru nai chainan ramesh ji dheri ramro lagyo ho malai ta tapai ko web site jati heryo ani jatti padyo teti ramro .
    with love suvas agam
    agamsuvas@yahoo.com

  6. thank u ramesh dai khotang ko hunuhudoraicha ma pani khotang ko hu tapai le malai man parne gajal leknu bhayeko raicha pheri pani leknu la hajurlai saphalta ko subakamana and congratulation la dai khotang badahare-01

  7. Nice Ghazals!

  8. malai ta “JAWAPH” gajal atti man paryo Ramesh jee.

  9. ramesh jyu, tapaiko gajalma maile aafu ra aafno pidadai bhogai paye. keep continuing….


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.