कथा

दोषी को हो ?

 

- इआकु

 बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे ।

किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥

(मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । )

मल्लिका : हेल्लो…………..

मो : मु… मु………….मु……आई लव यु डार्लिङ

मल्लिका ः मस्किदै मु…. मु…. लव यु…दिपु लव यु ।

मो:  छक्क पर्दै ! एई !म त रमेश

मल्लिका : सरी ए जिउभरि सर्पजस्तो खोपेको छ नी तपाईको । लव यु मिस गरि रा’को छु । अब कहिले भेट्ने कहाँ भेट्ने अब भेट्दा सुनको चेन किनिदेउ ल ।

मो : हुन्छ नी मेरी मल्लिका तिम्रो लागि जुनतारा त ल्याउन सक्छु

अर्को ः वेटिङ……. वेटिङ….वेटिङ

अर्को ः वेटिङ……वेटिङ……वेटिङ लहर……………लहर…………लहर………।

मल्लिका ः एकपछि अर्को वेटिङमा बोल्दै हेल्लो…। हाई…यस्तै-यस्तै

मो ः ल कति बजे कहाँ यहाँ…॥ वहाँ जाने यस्तै यस्तै

अर्को मो ः हेल्लो डार्लिङ…कहाँकति बजे

अर्को मो। ः हेल्लो जानु कहाँकति बजे फोनमा जवाफ िदंदैमा व्यस्त छे ।

मो: रिङ………रिङ………रिङ

मल्लिका ः हेल्लो ! म तिमीलाई नै सम्झिरहेकी छु । तिमीलाई नै मिसक लगर्दै थिएँ ।

मो ः किन तेरो मोवाईल बिजी ननसेन्स………………… मल्लिका ः तिमीलाई नै मिसकल गर्दै थिएँ ।

मो ः बिश्वास डगमगायो ।

मल्लिकाले सबैलाई समाजस्य गरि राखेकी थिइन तर त्यसदिन अलि बढिनै मोवाइल बिजी भएपछि मल्लिकाको कुरामा बिश्वास भएन । फेरि मल्लिका दुई चार पटक एउटालाई भेटेपछि फेरि अर्को नयाँ साथी खोज्दथी । उसको यहि बानीले धेरै साथीहरुले दिएको उपहार फिर्ता लिएर जलिल गरि सकेका छन् । आजपनि मल्लिकाले पूराना नयाँ साथीहरुलाई फरक फरक ठाउँ र समयमा बोलाएकी थिइ  तर संयोग सबै एकै ठाउँमा र एकै समयमा आउँछन् । मल्लिका त अरु कसैसँग व्यस्त देखेर रिसले तातेर बिचरा मल्लिकाले मुर्गा बनाएकाहरु मल्लिकाको सामुन्नेमा गएर मुखमा आएजति गाली गर्छन् । अनि नेपालको नक्सा भन्दा लामो बिलको लिस्ट देखाउँदै यो सबै यसैको लागि खर्च गरेको हो । यो त मेरी केटी हो । अर्कोले त्यसै गर्छ । यो मेरी केटी हुँदै त्यो मार्केटमा जात्रा नै हुन्छ । अनि केटाकेटी बीच झगडा हुन्छ । एकले अर्कोलाई पिट्छन् । रगतपच्छे हुन्छन् । हेर्नेको भिड लाग्छ । कुनैको आँखा फुट्छ, कसैको दाँत झर्छन् त कसैको हातखुट्टा भाचिन्छ भने कसैको नाक फुट्छ । सबै घाईते हुन्छन् । केटिको कारणले बिचराहरुको त्यो हालत हुन्छ । अनि पुलीसले पक्रेर लैजान्छ र जेलमा थुन्छ । फेरि कम्पनीको मालिक गएर छुटाएर ल्याउँछ तर त्यसपछि कम्पनीमा राख्दैन । उनीहरुको भिसा क्यािन्सल गर्छ । हुन त महाभारतको युद्धपनि द्रौपदीकै कारण बाट भएको थियो । रावणको अन्त्य पनि सीताकै कारण बाट भएको थियो । यो कलियुगमा अरुको देशमा काम गर्न भनेर आएका यी सोझा मुर्गाहरुको हालत पनि केटीकै कारण बाट भएको हो । यता मल्लिकाले अरुनै नयाँ साथी बनाई सकेकी छ । उसको हातमा नयाँ रङ्गीन अत्याधुनिक मोवाईल छ । कम्पनीको आठ घण्टा डिउटी गर्छिन् तर उनलाई कम्पनीको ओभरटाईम जाने समयनै छैन । उनको आफ्नै ओभरटाईम छ । ती नयाँ साथीले उनलाई ओभरटाईम जान दिदैनन् । खालि उनि क्याम्पमा बस्छिन् . आफ्नै नेपाली या बिदेशीलाई मनोरन्जनको नाममा सस्तो शब्दहरु प्रयोग गरेर आफु नारी भएको अस्मितालाई लिलाम गर्दै । बिचल्नी पर्ने बिचरा ती मुर्गाहरु दिनभरि ४५-५० डिग्रीको तापक्रममा पलपल मरेर कमाएको रियल, ती मल्लिका जस्तालाई खर्चिन्छन् । उहिले-उहिले हाम्रै गाउँकी बजैले एउटा सत्यकथा भन्नु भएको थियो । एउटा गाउँमा एउटी फूलमायाले उमेरमा ड्राइभर्नी पनि भईन रे, कप्तान्नी पनि भईन रे, अनि मेजर्नी पनि तर अन्त्यमा उनी एक्लै भईन रे । साथमा कोहि थिएन रे । अनि दिक्क लागेर पहाडको डिलमा गएर आफ्नो अतीत तिर फर्कदा सरम लागेर थुक्क गर्दा भिरबाट लडेर मरिन रे । कतै यी मल्लिकाको पनि हालत ती फूलमायाको जस्तो नहोस् । बिदेशमा मल्लिका झुम्छिन् । नेपालमा मल्लिकाको लोग्ने रक्सी झेरै खाएर क्यान्सरले समातेर दिन दिनै गल्दैछ । छोराछोरिको बिचल्नी छ । नेपालको बिकट ठाउँबाट एक एजेन्टको साहारामा मल्लिका बिदेशीएकी हुन । उनको पासपोर्टको नाम माकुरी हो । उनी राम्रोसँग नेपाली पनि बोल्न जान्दिनन् । उनका स-साना तिनवटा बच्चाहरु छन् । लोग्नेले परिवारको जिम्मवारी नलिएका कारणले बच्चाको भोको पेट र नाङ्गो शरीर देख्न नसकेर अत्तालिएर दुईचार पैसा कमाएर परिवार पाल्ने उद्धेश्य लिएर बिदेशीएकी हुन् । माकुरी (मल्लिका गाउँ) की सिधासोझी एक आमा,एक स्वास्नी हुन् तर आजको उनको यो रुपयो व्यवहार यो अंग्रेजी शब्द कस्ले बनायो त के माकुरीले नेपाल छोड्नु अगाडि यस्तै योजना बनाएर बिदेशिएकी थिइन त उनी त घरको चुल्हो बाल्न र बच्चाको भोको पेट र नाङ्गो शरीर ढाक्ने र पैसा कमाएर बच्चालाई लेखपढ गराउने उद्धेश्यले िहंडेकी थिईन । तर दिन राम्रो छउन्जेल कसैको पनि केहि लाग्दैन भने जस्तै दिनसँधै एकै एउटै हुँदैन । निषेधित क्षेत्रमा अनैतिक कि्रयाकलाप गरेको र आपतीजनक अबस्थामा फेला पारेको भनेर मल्लिकालाई पुलिसले पक्डेर जेल हाल्छ । अहिले मल्लिका जेलमा छिन् । के आजको मल्लिकाको यो हालत कस्ले बनायो उनको लोग्नेले परिस्थीतीले या नारी स्वतन्त्रताको उपजले कि चेतनाको कमी या पर्याप्त सीप र भाषाको अभावले बैकल्पीक बाटो खोज्दा या नारी अस्मितालाई नबुझेर पो हो की आखिर दोषी को हो उनी बिदेशीनु अघिको उद्देश्य पूरा भयो त सावधान……………………॥

reecha-tiwari1 अनुरित्त प्रश्न

- ऋचा शर्मा तिवारी

उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ गरे तर जति गफ गरे आफैले विसे । उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो । उसको अफिसबाट घर तिर लागे मन नलागीकन उनको स्मृतिहरु लिएर ।
रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढ्यो अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुँ कसो गरुँ को अवस्थामा थिए म । एक कप चिया बनाए झ्याल निर बसेर बाहिर हेर्दै चिया पिइरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहु जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झ्यालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसँग फर्केर आइन मेरो घर तिर हेर्दै गइन । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।
म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे सायद साथीसँग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाँसेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसँग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एक किसिमको चिसो भयो मन । उनलाई देखेर मन हाँस्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन । म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेरी रहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी । उसले मलाई देखि हाँसी । म मनमनै गद्गद भए ।
अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर् यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्यो मैले मौन रुपमा हो भने । सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है उसले केहि भन्न सकेन मौन भयो । उसले सोध्यो किन के कारण हो जागीर खाने भन न मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन । लक्ष्य बनिन उनी प्राप्ती का लागी । राजेशले मेरो कुरा काट्न सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो । म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा धेरै राम्री देखिएकी थिइन उनी ।
उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए । नजिकै थिइन उनी लजाइन । गाजलु ती आँखाहरु मानौ मलाई हेर्न नै व्यस्त थिए म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।
आज तिम्रो परिचय एकजना सँग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न उसले हेर्न भेटे पछि आफै थाहा पाउछँस । मेरो मनले सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसँग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु । राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।
म के बोल्ने भनेर सोच्न थाले तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे । उनले पनि कति विचारहरुमा सहमती जनाइन । ज्यादै शिष्ट थिइन । म मनमनै धेरै हर्षीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएको मैले अह ! भने । म लिन्न सायद आभाले थाहा पाई । म उसँग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागि । नजिक रहनका लागिअपनत्वका लागि । हामी धेरै बेर बातचीत गरिरहयौ । यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजी दिनुहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले । होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही । राजेशको कुरा सुनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।
पसर्ीपल्ट अफिसमा गए । उनी आएकी थिइनन् । मन लागेन अफिसमा बस्न । छटपटि भयो उनलाई हेर्न मन लाग्यो । ढिलो आइन उनी अफिस । मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने । उनी झस्कीन पछाडि म थिए उनले थाहा पाइनन् । विस्तारै पछाडि हटिन म निर ठोकिइन् झंसग भइन । आखाँ हेर्न पनि सकिनन् उनले । मैले सोधे यस्तो माया लाग्छ मेरा । उनी लाजले भागिन । केहि बोलिन म अफिसबाट उठेर हिडे रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन । भोलिपल्ट सर हिजो कहु भागेको भनेर जिस्कीयो मैले होइन अलि साचो भएन भने । उसले केहि बोलेन । दिनभर काम गरे साझँ अफिसबाट हिड्न लागेको थिए आभाले सर म पनि जान्ो नि भनि । मैले ल आउ न त भने । हामी बाटोमा गफ गर्दै गयौ । थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।

घर आयो । विछोडको समय आयो । मनमा नरमाइलो लाग्यो । उनले सर म गए ल भनी मैले केहि बोल्न सकिन । निश्ाब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए । उनी मेरो कोठामा आइन । ल कहु जान लागेको तपुइ म तपाँईलाई भेटन् आएको भन्दै आईन । मैले ए आउ न त भने । हामी बस्यौ गफ गर्न लाग्यौ । समय वितेको थाहै भएन रात परेछ म उसको घर सम्म छोड्न गए भोलि भेट्ने वाचाका साथ ।
भाेलिपल्ट उनी अफिस आइनन । मनमा नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर । उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाँदा उनी छक्क परिन । सर यहाँ तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो होइन केहि होइन मन लागेन अनि त्यसैले भन्दै उनी उठिन । सर बस्नुहोस् न ठिकै छ भनेर म उठॆ । केहि भए मलाई भन न त भनेर मैले भने खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विवाह गर्नुहोस् न । म स्तब्ध भए म खबर गर्छु नी भनेर म उठे र त्यँहाबाट हिडे । जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रुन थाली । मौनता छायो त्यसबेला तर मैले चाहेको जस्तो भयो त्यसबेला । म मख्ख भए । भोलिपल्ट अफिस गएर काम गर्दा मेरो प्रशन्नता देखेर राजेशले किन यस्तो हर्ष नि भन्यो । मैले भने मैले विवाह गर्न लागेनी । आभाले सुन्ने गरि भने । हो र को हो त्यो भाग्यमानी हँ मैले उत्तर मा भनो छे एउटी परी मेरो सपनाको जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो । मैले पार्टी नदिइ भएन । अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विवाह गर्ने प्रस्ताव राखे उनी छक्क परिन र सहमत भइन । हामी सबै प्रशन्न थियौ ।
त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन । किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन । कहाँ गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन । डर लाग्यो कहाँ गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलिपल्ट अफिसमा आयो राजेश । हिजो कहाँ गएको तँ भनेर सोधे ए एक्लो भए भनेर हिडेको । कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् तँ अब विवाह गर्ने मान्छेसँग के हिड्ने भनेर नि । उसले केहि कुरा लुकाइरहेको छ भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन उसले राजेशलाई भन्यो त पनि विवाह गर न है राजेशले कोसँग भन्यो मैले भने आभासँग । उ झसङ भयो । कहाँ म विवाह गर्ने तैले मनपराएको केटी । मैले तेरो निम्ति यति गर्न सक्दिन न त तैलॆ मेरो लागि यति गरिस् मलाई पनि केहि गर्न दे न अब है मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्मा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले प्रश्न अनुरित्त नै रहयो मौनता छायो ।

काठमाण्डौ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.