व्यंग्य
बिमा खेती
- इखालु रमेश
धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव खेतीमा धाउन्तीको नेती कसी,बाँदर रुङ्ने ढुङामा बसी हेरिटोपले खेती सप्रने बिद्याको गुदी नबुझे पनि वास्तविकतासँग नजुधे पनि अरुकै कुरालाई घोकी चाहिने भन्दा बढी खोकी, पटका पड्के झै बोलीमा थुतुनो चलाए विद्धान र बुद्धिजीवी बनीने दिवास्वप्न देख्ने भए पछि खेतीमा मलजलको रेती लगाई,बिद्यँम्ा साँचो र यथार्थको दियो जगाई कस्ले पढ्ने, बर्षामा घर पछाडीको खहरे आफ्नै बलेसीमा खसेको पानीले डङडङ गर्दे उर्लेछी,डाडाँ पाखै खाउँला झै गरि कुर्लेछी ।
होइन हौ ! यसले के भन्न खोज्दैछ भनि पाठकवृन्द आफ्नो गिधीलाई िपंधी रनभुल्लमा पर्न नथाल्न्ु आफ्नो गाथ आफै नगाल्नु किनकी तपाईहरुलाई नपारी भ्रममा यो मरन्च्याँसेको चर्मचक्ष्ले देख्दै आको,उहिल्यै हाँडीगाम देखि भोग्दै आको यस्तै प्रवृतीको खेती र बिद्याको बारेको कुरो,खोली चुरो तपाईहरु सामु पोख्दैछु छताछुल्ल । पाठकवृन्द देशमा बढ्दै गाको आन्तरिक कलह र िहंसाहत्या र अशान्तिको सलहले जनतालाई डसेको बेला, गाउँबस्तीमा अघोरी पसेको बेला, खेती किसानीले जती धाए पनि, भग्नावसेस मनलाई सान्त्वनाले छाएपनि खेतवारीमा अन्नबाली रोप्यो फल्छ गोला र बारुद । अव गोला र बारुद फले मात्र त हुन्थ्यो नी तर आपुनै खेतवारीको गोलाले मान्छेको चोला उडाउन थालेछी,घरवार छाडी,गोठको पाडी बेची मुग्लान तिर बगेको बाढीमा आफुलाई होमी खाडीगाम तिर थेगरीन आइपुग्नेहरुको लर्को,समुन्द्रको पानी भन्दा चर्को भाछ आजकाल । मान्छे यस्तो तनावले ग्रसीत बने पछि आत्तिन्छ मात्तिन्छ र मनगणन्ते दलदलमा भासिन्छ । यस्तो मौकामा चौका हान्न आपुनो पाल्सीकुराको जालमा बाँध्न धाइटोपल्ने धाइते किसान भाका घोकी बिद्धान भाका छद्मभेषीहरु हुल्ाबाट जरुवा मुल झै निस्कन्छन् अनि थाल्छन् मनगणन्ते कमाइ र दिवास्वप्नको गुलीयो कथा सहित पतझरॆ सपि्रदो झरिलो र परिलो खेतीको बखान गाउन । होइन फेरि यो झरिलो परिलो खेती भन्या चै के हो ? नआत्तिनुस् म तपाईहरुलाई त्यही खेतीको बेठी लाए तिर नै लैजादैछु । न्वाराने नाउँ सामुहिक जीवन अन्तर्राष्टिय पुयाक्टरी भाको यो खेतीले अन्तर्राष्ट्रिय शब्दलाई अपभ्रंम्स बनाई बिमा भन्ने नाउँ दिइ शुरु गरेको खेतीको नाउँ नै झरिलो परिलो खेती हो यानकी बिमा खेती ।
यो खेती हङ र कङ मा डेरा भएका ब्रोइलरहरुको आनासुकी बाट सुरु भएर सेवा र धर्मको मुकुण्डो लाएर बग्रेल्ती छरिएका नेपालीहरुका माझमा गाँज हाल्न तम्सॆको छ । हाँडी गामबाट सुरु गरेछी सोझा साझाहरुबाट सुको सोरेछी, सोरेको सुकोको गोटा पाँचेक प्रतिशत हाँडीगामका स्वास्थ्य चौकीमा हालेर,धिब्री बत्ती बालेर आफुलाई विश्वदीप ठानीपल्टने यस खेतीका प्रवतकहरु आजकाल हाँडीगाम छाडी खाडीगाम तिर सल्केको सुँइको सुटुक्क थाहा हुन आएको थियो । खाडीगामका सडक सडकमा,तडक भडकमा,चोक चोकमा गल्ली गल्लीमा पटका झै पड्कदै घोकन्ते बिद्यालाई फिँजाएर, खाडीगामका ठुटे नेता लाई रिजाएर आपुनो संजाल फैलाउन अभ्यस्त यो खेतीका किसानहरुले कोदो रोपी धान फल्ने, धान रोपे तोरी फल्ने आश्वासनको रासन ख्वाउने गरेका छन् । हुन त कुनै पनि कुराको राम्रो पक्ष पनि नहुने होइन तर एउटा राम्रो पाउनको लागि दश वटा छद्मी खोल ओढ्न नहुने कुरालाई बिसर्ीएर यस खेतीका प्रवतक भन्दा धुपउरेहरु बुझ्नु न सुझ्न पछि पछि कुदी, मेसो न मेलो बनेर चेलो बक्दै हिड्ने गरेका छन् । विमा खेती मात्र होइन दाइने देब्रे एक एक खुट्टो जोडी, मनगणन्ते कमाईको मुख फोडी पैसाको बिटाका बिटा हसु्रन पाउने,पराले घर सुनले छाउने सपना देखाउने गरेका यिनीहरुले । आपुनो हुकुम शिरोधार्य गर्नेहरुले यो कुरो माने मान्छन् नत्र जर्वजस्ती नाउँ लेखाएर संस्थाको माउको पावर देखाएर खाडी गाममा आफुलाई नेता अनि समाजसेवी ठान्नेहरुको भिडले आफ्नो हुकुम चल्ने ठाउँमा, आँउ बन्न थालेको कुरोको चुरो नी मरन्च्याँसेलाई सुटुक्क थाहा हुन आएथ्यो । खाडी गाममा यस्तै नेता तथा टपक्क टिपी सामाजिक संस्थाको माउको ठाउँमा राखीएका एक जना भलाद्मी समाजसेवीले यो मरन्च्याँसेलाई खाडी गामकै एउटा चउरमा भेट्दा बिमा खेतीको कोदाली बोकेर ब्याड राख्न सुरीएका थिए । के यीनले साँच्चीकै यो खेती बारेमा मेसो पाछन् त भन्ने सोची उल्टी सुल्टी पारेर मेरी हजुरआमालाई यो तपाईहरुको खेतीमा मेथी छर्न पठाउनु पर्यो । आमै जहिलै कै रोगी छिन् तपाईहरुको ओखतालयको जादुघरमा पठाउनु पर्यो र आमैको रोग घटाउनु पर्यो के कसो होला भनि यसो एक दुई परश्न के राख्या थिएँ, उनीले त अक्क न ब्ाक्क परी अनुहारमा झरी पारौला झै पो गरे । अनि म यो बारेमा मेरा गुरुबालाई सोध्छु है भनि पछि पछि सरे । खाडीगाममा एकताका यस्तै बिमा खेती गराउन, सबै प्रवासीलाई चराउन ती संस्थाका माउ लागि परेका थिए खोइ त त्यो ? कहाँ गयो त …… ?आफुले गरेको कामको अत्तो पत्तो छैन अर्को तिर लागेर यसो र उसो भनि हिड्नेले पहिले आफुले गरेको कामको बारेमा सोच्नु पर्यो नी । होइन भने अड्केला र सर्केला है…… ???
त्यस्तै आफुलाई सबैको साझा,प्रवासीको राजा सम्झने नारानेका नारदहरु प्ानि यस खेतीका जेटी बनेर आफुलाई प्रवासीघरमुली ठानेर काँधमा बोकी झाेला, भर्न शुक्रवारे मेला खाडीका गल्लीमा हल्ली हिड्न थालेको चर्चा, नछरे नी पर्चा बजार सुनीन थालेको छ । चाउरे मुखले कमिसन टोकौला, दुइचार दिन भएनी मौका छोपौला भनि लागि पर्दै कुनै समयमा खाडीगामका गल्लीमा हल्ली गोलो बिज र हर्बल संजालको मकुण्डो लाएर यस्तै बकमफुसे आश्वासन दिदै प्रवासीको कमाईमा गरि रजाई घडी बाँडी हिड्ने धुपउरेहरु नै हालसालको बिमा खेतीमा नेती तान्दै छन् भने हिजोका संजाले ब्यापारका साँइदुवाहरुलाई हामीले कसरी बिश्वास गर्ने ???
यस्ता छद्मे बेलाडी र खेलाडीहरुको रेलगाडी हाँडीगाम देखि खाडीगाम सम्म एक ताका मिलाउँदै भाका कानुनी लिक बिना नै कहिले एमओइ, कहिले गोलक्वेष्ट, कहिले गोलबिज, कहिले स्वीसक्यास, कहिले हर्बल संजाल जस्ता नाम चिप्काउँदै छक छक गर्दै लोभ्याइलो बिज छर्दै गुडेथे, साधारण मजदुर देखि मै हुँ भन्नेहरुको समेत टाउको मुडेथे । घरको पेटारी बाख्रँे, लैनो भैसी जायजेथा अनि खाडीमा नाडी चलाएर दाडी फुलाएर कमाएको पैसो सबै सिरीखुरी पारि,सरकारी जागीर नी बैतर्नी तारी, टुकुचामा सेलाएर डलरे माछा,सुनका सिक्का,घडीका पोका अनि आफु मरी आफै पाउने बिमाको खेतीमा होमीने नर-नारिहरु यी प्रवृतीका बकमफुसे बोलीले फिजाएको झेली भ्रामक भएको पुष्टि हुँदा हाँडी गामका गल्ली देखि खाडीगामका गल्ली सम्म भौतारीदै रुँदा यो मरन्च्याँसेलाई नरोउ बा ! भनौ की खुच्चिङ दुःख पाइस मगंले आफ्नै ढंगले भनौ भनि गम खाई रमरम भएथ्यो ।
त्यसैले घरको पेटारी बाख्रो तुहे पनि,साहुले गोठको भैसी दुहे पनि ,जालीको पाली परि आफ्नो रगत र पसीनाको कमाई दुइ पैसा मात्र नै तिर्नु पर्ने भएपनि यस्ता खेतीमा रेखी हाल्दा, मरेपछी पाउने सम्पतीको आशमा छोराको स्कुलको फीस तिर्ने पैसा यसमा लगाएर बाल्दा, कमीसनले हस्तीनापुरीको राज होइन चपरी मुनीको बास नहोला भन्न सकिन्न । कुनै पनि खेतीमा होस् या ब्यापारमा होस हात हाल्दा स्े बारेमा छर्लङ जानाकारी नभई हात हाल्नु हुन्न,अरुले भनेको भरमा सुन पाइने आशमा आफ्नै घरको गाह्ो ढाल्नु हुन्न । कुनै पनि खेतीको होस या त व्यापारको केही न केही महत्व तथा फाइदा त हुन्छ नै तर जती फाइदा वा वास्तवीकता हो त्यो भन्दा बढी भ्रम र अप्रभंम्सको श्रृजना गरि, सोझा साझाको छाला तरी मनपरी गर्नु हुदैन भन्नु नै यो मरन्च्याँसेको मनसाय हो । त्यसैले थोरै परिश्रम गरेर धेरै कमाउने आशमा साँच्चीकै खासमा कहिले पनि दिवासपना नदेखौ । परिश्रम गर्ने समयलाई मनगणन्ते कमाईको पछि खर्चीएर आमाको लाम्टा चुसेर नभएर बावुको घुँडो चुस्ने शैलीको बिकास नगरौ किनकी परिश्रमको कमाइको अगाडी मनगणन्ते कमाइ कदापी दिगो हुनै सक्दैन । बिश्वका सर्वसम्पन्नसाली ब्यक्तिहरुले मनगणन्ते छद्मी संजालको खेती नगरेर अथक प्रयास कार्यनिरन्तरता लगनसिलता,मेहनतले नै आपुनो छवीमा रवि भरेका छन् । त्यसैले भन्छ यो मरन्च्याँसे हुकुमेले भनॊस् या थुतुनेले भनोस् कुनै पनि काम गर्दा होस या त बिमा खेतीमा फारम भर्दा होस् एकपटक दुरदर्शी भएर सोचेर हेरौ । संजालेको हिजोको इतिहास पल्टाएर हेरौ किनकी करेसामा रोप्दैमा काउछो तित्री हुँदैन जीउँदै कोहि पित्री हुँदैन । त्यसैले हात्तिका देखाउने दाँत र खाने दाँतको पहिचान गरौ,आफ्नै पाखा भित्ता गहँु कोदो छरौ,क्षणिकको गुलीयो सपनामा जीउँदै बैतर्नी नतरौं । किनकी सबै चम्कीला वस्तु मणीमाणिक्य हुँदैन, भॊलि परी आउँदा भाडाको मान्छे रुँदैन हुट्टिट्याँउले सगर थेग्दैन यो मरन्च्याँसेले भड्काउ र झड्काउ अनि नदेख्या कुरो लेख्दैन ।
ओझेल पर्छु ।
इतिश्री छद्मी बिमाखेती पूराणम् शाश्वतसत्यध्याय बर्णनम् तुरितम् ॥
बिमा खेती
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !
|
महाकवि लक्ष्मी प्रसाद देवकोटाको शतबार्षिकीको अवसरमा आयोजना गर्न लागिएको लक्ष्मी जयन्ति बिशेष साहित्यिक समारोह तथा बिजया दशमी तथा शुभ दिपावली शुभकामना आदान प्रदान कार्यक्रम निम्न मिति स्थान र समयमा हुन गइरहेको हुँदा कतारमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौं । साथै अन्य मुलुकहरुबाट पनि रचना रचना संप्रेषणका साथ सहभागी हुन सक्नु हुनेछ । हामी यहाँहरुका रचनालाई आयोजक समितिका सदस्यहरुद्वारा वाचन गराउने छौं ।
मिति ः ०९ अक्टुवर शुक्रवार स्थान ः ढाका रेष्टुरेण्ट नेशनल दोहा समय ः दिनको ठिक १२ बजे आयोजकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर नवोदित साहित्यिक वाचनालय, दोहा कतार
तथा मुग्लानी सौगात द्धैमासिक, |
यसपाली नी परदेशीको निधार(गजल)
गजल
यसपाली नी परदेशीको निधार खाली भयो
आशिषको बदलामा हराम गाली भयो
चाडबाडको निहुँ गरि आफ्नासम्म पुगौं भन्थे
यो दशैं नी न त हाँगो न त डाली भयो
कस्तो नसिव वालुवालाई बैंस चुसाई बाँच्नु पर्ने
यो परदेशीको भाग्य लेख्दा पक्का झ्याली भयो
मेरो बाटो हेर्दा हेर्दा सबै निराश भए होलान्
यसपाली नी मेरो घरमा रित्तो थाली भयो
आफ्नासँग बिछोडीएर तड्पीएर बाँच्नु पर्दा
यो जिन्दगी साँच्चै आज गुहेनाली भयो ॥
इखालु रमेश गेलाल
खोटाङ बजार -खोटाङ
हाल ः अलखोरकतार ।
Posted in गजल
कतार आएको सोह्र दिनमै मृत्यु भएका एक नेपालीको शव स्वदेश पठाइयो
स्मरण रहोस, कतारमा ह्रदयघातका कारण मृत्यु हुनेहरुले बिमा पाउने सम्बन्धि कुनै व्यबस्था समेत रहेको छैन ।
जीवन बनाई भुसको डोरी गजल)
गजल
जीवन बनाई भुसको डोरी कहिले सम्म बाटी बस्छ्यौ
पोखिएको भुँइको गुलीयो कहिले सम्म चाटी बस्छ्यौ
वैंसलाई हरेक साँझ मनसुन बनाई बसा्रउँदा
रुझेको त्यो तिम्रो कपाल कहिले सम्म झाँटी बस्छ्यौ
बाढी आउँछ बगाइ लान्छ तिम्रा ती दिवा सपना
आफु आफै लुछाएर कहिले सम्म फाटी बस्छ्यौ
नगर भो गर्व अब कामुक आफ्नो शरीरसँग
वैस बेची आना सुकी कहिलेसम्म साटी बस्छ्यौ
जीवन बनाई भुसको डोरी कहिले सम्म बाटी बस्छ्यौ
पोखिएको भुँइको गुलीयो कहिले सम्म चाटी बस्छ्यौ
- इखालु रमेश
किन किन उस्लाई देख्दा(गजल)
गजल
किन किन उस्लाई देख्दा रिस उठ्छ मलाई
आँखा सन्काई बाटो छेक्दा रिस उठ्छ मलाई
श्रद्धा अनि आदरका छद्मी शब्द बटुलेर
बकमफुसे कुरा लेख्दा रिस उठ्छ मलाई
बेइमानीले ज्योतीमय स्वार्थी अनुहार देखाउँदै
काँध चढी टाउको टेक्दा रिस उठ्छ मलाई
अश्रुमय बर्षाऋतु चिनो भन्दै दिइ जाने
बेइमानी उस्लाई भेट्दा रिस उठ्छ मलाई
किन किन उस्लाई देख्दा रिस उठ्छ मलाई
आँखा सन्काई बाटो छेक्दा रिस उठ्छ मलाई
- इखालु रमेश
कतारमा मोती जयन्ति भव्यताका साथ मनाइयो
कतारमा मोती जयन्ति भव्यताका साथ
मनाइयो
इखालु रमेश गेलाल / कतारबाट
दुई आँखी भौं त तयार छन् तरवार पो किन चाहियो
तिमी आफु मालिक् भै गयौ सरकार पो किन चाहियो ।
मोतीराम भट्टका यी सुन्दर गजलका शेरहरुसँगै कार्यक्रमको ढोका खोलियो । १४४ औ मोती जयन्तिको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले गत शुक्रबार दोहा स्थीत ढाका रेष्टुरेन्टमा आयोजना गरेको बृहत साहित्य गोष्ठिको सन्दर्भ हो यो । प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको संरक्षण र उत्थानमा लागि परिरहेको अनेसासले बिभिन्न साहित्यिक पर्वहरु मनाउने
क्रममा सो कार्यक्रमको आयोजना गरेको थियो । अनेसास कतारका अध्यक्ष दीपक भेटवालको सभापतित्व तथा नेपाली राजदुतावास कतारका प्रथम सचिव रामकाजि खड्काको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष अमृत गुरुङ नेपाल पत्रकार महासंघ सम्पर्क शाखा कतारका प्रतिनिधी रवि भट्ट रोषी नवोदीत साहित्यिक वाचानालयका अध्यक्ष भोजराज श्रेष्ठ मुग्लानी सौगात द्धैमासिकका धनेश्वर जि.सी सन्ध्या ग्रुप अलखोरका सचिव चन्द्र कुमार थापा लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथीद्वारा व्यानर अनावरणका साथ सामुहिक राष्ट्रियगान गायनसँगै मोतीराम भट्टको तस्विरमा माल्यार्पण गरेर सुरु गरिएको सो कार्यक्रममा गत बिहिवार राति देहान्त भएका बरिष्ठ साहित्यकार तथा प्रगतीशिल लेखक भवानी घिमिरे प्रति एक मिनेट मौनधारण गरि श्रद्धान्जली व्यक्त समेत गरिएको थियो ।
इखालु रमेशले साचालन गर्नु भएको सो कार्यक्रममा उपाध्यक्ष बासुदेव अन्जानले स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा मोतीराम भट्टले नेपाल्ी साहित्यमा दिनु भएको योगदान र उहाँको जीवनीको बारेमा साहित्यकार महेन्द्र राई अदृष्यले चर्चा गर्नु भएको
थियो । कार्यक्रममा सेलिङ्ग के सी दाहाल यज्ञप्रसाद जगतराम बर्देवा मणि पौडेल राजेश्वर ढकाल सुजन अधिकारी एन।बि अन्जान नवराज श्रेष्ठ विक्रम चेतनसिल राई तिर्थ संगम राई इस्वर दाहाल लगायतका सर्जकहरुले आफना रचना वाचन गरेर सुनाउनु भएको थियो भने कार्यक्रममा धनेस्वर जि सी भोजराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल्ाी राजदुतावास कतारका प्रथम सचिव रामकाजी खड्काले
मोतीराम भट्टले देखाउनु भएको बाटोलाई नबिसी सृजनामा लाग्न आग्रह गर्दै नेपाली भाषा र साहित्यको संरक्षण र उत्थानमा प्रवासमा आयोजना गरिएका यस्ता साहित्यिक गतिबिधी सदा प्रसंसीय रहेको बताउँदै धन्यवाद तथा शुभकामना ज्ञापन गनु भयो । साथै उहाँले सर्जकहरुलाई साथ दिदै गजलका शेरहरु यसरी उन्नु भएको थियो,
समानताको लडाई लड्ने हातहरु रोकिएछन्
टाकुरामा आफै चढ्ने साथहरु रोकिएछन्
। अनेसास कतारका अध्यक्ष दीपक भेटवालको सभापतित्व तथा नेपाली राजदुतावास कतारका प्रथम सचिव रामकाजि खड्काको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष अमृत गुरुङ नेपाल पत्रकार महासंघ सम्पर्क शाखा कतारका प्रतिनिधी रवि भट्ट रोषी नवोदीत साहित्यिक वाचानालयका अध्यक्ष भोजराज श्रेष्ठ मुग्लानी सौगात द्धैमासिकका धनेश्वर जि।सी सन्ध्या ग्रुप अलखोरका सचिव चन्द्र कुमार थापा लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
कम्प्युटरको किबोर्ड सरी(गजल)
गजल
कम्प्युटरको किबोर्ड सरी किन थिच्छौ घरी घरी
स्वाभिमानी नेपाली भै किन बिक्छौ घरी घरी
नेपाल बनोस शान्तिक्षेत्र युद्ध गर्ने मैदान हैन
बिद्रोहको पाठ मात्रै किन सिक्छौ घरी घरी
लाज छैन शरम छैन देश नै सिध्याउँदा पनी
डकार पनि आउँछ होला किन घिच्छौ घरी घरी
नेपाल आमा हसाँउन सिक थोरै भएपनी
मुटु भित्र काँडा बनि किन बिझ्छौ घरी घरी
देश बनाउन अघि सरे कोहि असल मानवलाई
रुख माथि चढाएर फेद गिड्छौ किन घरी घरी
न त आफु केहि गर्छौ जनता अनि देशको लािग
नेपाल सक्ने नियत लिई किन हिड्छौ घरी घरी ॥
जगतराम बर्देवा घायल
पृथ्वी नगरपालिका-१०गोरखा
हाल ः दोहा,कतार ।
मृतकका परिवारलाई कतारबाट सहयोग
मृतकका परिवारलाई कतारबाट सहयोग
इखालु रमेश गेलाल / कतारबाट 
गत जुन ३० तारिख कतारको पसियन सागर समुन्द्रमा भएको जहाज दुर्घटनामा परि मृत्यु भएका बाह्र नेपालीहरु मध्येका बाग्लुङ जिल्ला छिस्ती गा.बि.स फुर्केसल्ला घर भएका लिलाधर पौडेलको परिवारलाई छिस्तीबाट कतार आई कार्यरत युवाहरुको सकि्रयतामा संकलन गरि आर्थिक सहयोग प्रदान गरिएको छ ।
केशवराज शर्मा, हरि पौडेल, गणेश शर्मा, नविन पौडेल, युवराज पौडेल, तुलसी पौडेल, कृष्ण पौडेल, मित्रलाल पौडेल, कविराज दर्जी, नेत्र प्रसाद शर्मा, नन्दलाल पौडेल, ताराश्वर शर्मा, चुडामणी शर्मा, गंगाधर ज्ञवाली र प्रकाश पौडेल लगायतका युवाहरुको सकि्रयतामा उठाइएको रकम रु.१,४५,६२३ ।- (अक्षरेपी रु एक लाख पैंतालिस हजार छ सय तेइस मात्र) मृतक लिलाधर पौडेलकी श्रीमती बालिकादेवि पौडेलको नाममा आइ.एम.इ मनि ट्रान्सफर मार्फत पठाइएको जानाकारी प्राप्त भएको छ ।
सो दुर्घटनामा परि मृत्यु हुनेहरुले पाउनु पर्ने बिमा राहतको निम्ति प्रकि्रया चलिरहेको भएता पनि मृतक पौडेल माथि आश्रीत दुई छोरा एक छोरि र श्रीमती रहेका र निजको आर्थिक अवस्था पनि अत्यन्तै नाजुक भएका कारण निजको परिवारको सहयोगार्थ छिस्तीका युवाहरुले सो आर्थिक संकलन गरेका थिए ।
अहिलेको तिजमा परदेशको बास भो
अहिलेको तिजमा परदेशको बास भो
अहिलेको तिजमा परदेशको बास भो पाइएन तिजको दर खाननी
बर्षदिनको तिजमा चेली माइत ल्याउनलाई परेन दाजुलाई लिन जाननी
अहिलेको तिजमा माइत जान पाइएन पाइएन तिजको गीत सुन्ननी
भाईटिकामा भाईको निधार खाली भो पाइएन मखमली माला उन्ननी
अहिलेको तिजमा परदेशको बास भो पाइएन तिजको गीत गाउन नी
फुको केश जुम्ला हात जोडेर पाइएन पाचमीको पूजा लाउन नी
तिजको गीत गाउन सबै जम्मा भए हुन चौतारीमा चिसो हावा चल्यो सरर
तिज आयो भन्दा सबका छोरी हरर मेरी आमा मलाई सम्झी रौली धरर
अहिलेको तिजमा परदेशको बास भो पाइएन माइत जान बरी लै
दिदी बहिनी संगी साथी गएर बुझाइ देउ आमाको मन बरी लै
अहिलेको तिजमा माइत जान पाइएन बाबाको आँगन खाली हुन्छ बरी लै संगी साथी सबै जम्मा भए हुन् सम्झेर मेरो मन रुन्छ बरी लै
छोरीमा अभागी मै रैछु बाबा चरीमा अभागी न्याउली बरी लै ॥
सावित्री गिरी
पोखरा ।
हाल ः दोहाकतार ।
केहि मुक्तकहरु(इश्वर दाहाल)
केहि मुक्तकहरु
- इश्वर दाहाल
भोग्दै जाँदा जीन्दगी समुन्द्रको नाउ जस्तो
संघर्षको मैदानमा जुवाको दाउ जस्तो
चारै तिर चोटैचोट र ठक्कर खानु पर्दा
परिस्थितिले पोलीरहने मुटुको घाउ जस्तो
न ह्दयले चाल्न सक्यो
न विचारले ढाल्न सक्यो
पत्थर जस्तो तिम्रो मन
न मायाले गाल्न सक्यो
रद्दीको टोकरीमा फाल्न पनि नमिल्ने
जम्मा पारी आगोमा बाल्न पनि नमिल्ने
टुक्रा टुक्रा छरिएको मेरो मुटुलाई
सीयोले मिलाएर टाल्न पनि नमिल्ने
वैरीले अति क्रमित् देश बचाउनलाई
संस्कृति भाषा अनि भेष बचाउनलाई
अब प्रवास् छिटै छाड्ने बेला आएको छ
राष्ट्रियता को अवशेष बचाउनलाई
पैरन् उस्तै कोट् अलग्
नेता उस्तै भोट् अलग्
लुट्न त सब्ले लुट्ने हुन्
खल्ती उस्तै नोट अलग्
गाएर पनि रित्तै छु
धाएर पनि रित्तै छु
आकाश्को फल् भो माया
लाएर पनि रित्तै छु
दोहा,कतार
प्रवासबाट मोटरबाटोलाई सहयोग
प्रवासबाट मोटरबाटोलाई सहयोग
कतारलॆ हाल थुमपोखरामा निर्माणधिन अबस्थामा रहेको मोटरबाटोका निम्ति रु, ८०,०००/- सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्चका उपाध्यक्ष केशर श्रेष्ठ कतार नफर्कने गरि नेपाल जान लागेकाले उनको बिदाईका निम्ति गत शुक्रवार दोहामा आयोजना गरिएको बिदाई कार्यक्रमका बिच सो निर्णय गर्दै सो रकम उपाध्यक्ष केशर श्रेष्ठ मार्फत नै पठाइने जानकारी समेत दिइएको छ । स्थापनाकाल देखि नै उपाध्यक्ष पदमा रहि संस्थालाई छोटो समयमा नै चर्चाको शिखरमा पुर्याउन बिशेष योगदान दिएका श्रेष्ठलाई सहभागीहरुले शुभकामना दिदै बिदा गरेका थिए भने मन्चको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । श्रेष्ठलाई गा.बि.सको स्थलगत अनुगमन गरि अत्यावश्यक क्षेत्रहरुको बारेमा मन्चलाई जानाकारी गराउनुको साथै स्थानीयबासीहरुसँग सहकार्य गर्दै मन्चको कार्यक्षेत्र संयोजकको भूमिका निभाउन जिम्मेवारी समेत दिइएको छ ।
अनेसास कतारले १४४ औं मोती जयन्ती मनाउने
अनेसास कतारले १४४ औं मोती जयन्ती मनाउने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास कतार शाखाले बिभिन्न साहित्यिक पर्वहरु मनाउने क्रममा १४४ औं मोती जयन्ती एक वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउने भएको छ । यहि अगष्ट २१ तारिख शुक्रवार दिनको ठिक १२ बजेबाट दोहा नेशनल स्थित ढाका रेष्टुरेण्टको सभाहलमा आयोजना हुन गईरहेको सो कार्यक्रममा युवाकवि मोतीराम भट्टको साहित्यिक आयमको चचा-परिचर्चाका साथै बिबिध बिधाका साहित्य वाचनको कार्यक्रम रहेको अनेसासले बताएको छ । कतारमा रहेर कलम चलाउनु हुने सम्पूर्ण साहित्यकार तथा साहित्यनुरागीहरुलाई सो कार्यक्रममा सहभागी भई दिनु हुन अनेसासले अनुरोध समेत गरेको छ
अनेसास कतारको दोश्रो साधारण सभा सम्पन्न
अनेसास कतारको दोश्रो साधारण सभा सम्पन्न
भोजराज श्रेष्ठ/दोहा
अन्तराष्ट्रिय साहित्य समाज कतार च्याप्टरको दोश्रो साधारण सभा जुलाई २४ तारिख सुक्रवारका दिन दोहाको टपफर्म रेष्टुरेन्टमा संस्थाका अध्यक्ष दिपक भे
टवालको अध्यक्षता नेपाल दुतावासका रामकाजी खड्काको प्रमुख आतिथ्य तथा संस्थाका संस्थापक सल्लाहकार शिखर वैद्यको विशेष आतिथ्यमा सम्पन्न भयो ।
त्यस्तै क्रममा गैरआवासीय नेपाली संघ कतार प्रतिनिधि टिवी कार्की, एनआरएनए कतार च्याप्टरका नरेन्द्र भाट, कान्तिपुर प्रवास साप्ताहिकका अरव व्युरो श्यामसुन्दर शशी साथै दिनेश रेग्मी, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेल, आदिवासी जनजाति महासंघका अमृत गुरुङ, नेपाल पत्रकार महासंघ कतार समन्वय साखाका अध्यक्ष कुमार कार्की, गैर आवासीय नेपाली संघ कतारका सल्लाहकार कमलमणी गुरागाँई, नवोदित साहित्यिक वाचनालय दोहाका भोजराज श्रेष्ठ, मोरङ सुनसरी सेवा समाजका सरोज वास्तोला, मुग्लानी सौगातका प्रधान सम्पादक सेलिङ केसी, सन्ध्या गु्रपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा, प्रवासी नेपाली सम्पर्क मचका सचिव रामहरी गैरे लगायतका संस्थाहरुले प्रतिनिधित्व गरेका थिए ।उक्त क्रममा गैर आवासीय नेपाली संघ कतारका सल्लाहकार कमलमणी गुरागाँईले भन्नुभयो यहाँ मैले ४ वर्ष देखि कविता गजल मुक्तक र अन्य विधाका रचनाहरु सुन्दै आएको छु तर हाम्रा कवीहरुले लेख्ने एकातिर र काम गर्ने अर्कोतिर भएको हुनाले रचनाका हिसावले मात्र हैन व्यावाहारिक पक्षमाथि ध्यान दिनु पर्ने साथै हामी सवै ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनु भएको थियो भने त्यस्तै गरी प्रमुख अतिथि रामकाजी खड्काले हामीमा भएको कला साहित्यको जर्गेना गर्ने काममा अनेसासले प्रमुख भूमिका खेल्दै आएको र सो वोल्ने क्रममा गजल र कविता भन्दै कार्यक्रमलाई साहित्यमय बनाउनु भएको थियो भने सो गजलको विधागत रुप भयो कि भएन छुट्याउने जिम्मा श्रोतालाई छोड्नु भएको थियो । त्यस्तै क्रममा जनजाति महासंघका अमृत गुरुङले कला साहित्यलाई जोड दिदै प्रवासमा पनि यतिका मेहनत गरेकोमा धन्यावद दिदै नवोदितले
पनि विश्वमा नै नया आयम ल्याएर मोवाईल पुस्तकालयको धारणा ल्याएको सुन्न पाएकोमा खुसी व्यक्त गर्नुहुदै एनआरएनएको विश्व सम्मेलनमा गएको वेलामा केही पुस्तकहरु दिने वाचा गर्नु भएको थियो । भने हरेक कार्यक्रममा राजनीतिकरण नगरियोस किनकी यो संस्था भनेको विसुद्ध साहित्यिक संस्था हो र यसको अनुरुप पनि यस्तै हुनुपर्छ भन्दै टिवी कार्कीले जनाउनु हुदै अव बन्ने कार्यसमितिलाई शुभकामना दिनुभएको थियो । त्यस्तै गरी नवोदित साहित्यिक वाचनालय दोहाका अध्यक्ष भोजराज श्रेष्ठ साहित्य भाषा तथा कलाको विकाशमा अनेसासले ठूलो भूमिका निर्वाह गरेको र दुवै साहित्कि संस्था भएकोले जहिल्यै पनि सहकार्य गरेर जानुपर्नेमा जोड दिदै गजलवाचन गर्नुभएको थियो ।कार्यक्रमलाई साहित्यमय बनाउदै मणिराम पौडेल, प्रकाश वाजरा, तिर्थ संगम राई, जगतराम वर्देवा, वदि्रप्रसाद पराजुली, विक्रम चेतनशील राई, किशमाकिसोर, शिव प्रतिक शर्मा, प्रविण राई, महेन्द्र अदृष्य लगायतका साहित्यकारहरुले कविता गजल वाचन गरेर कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए
सो कार्यक्रममा निर्वाचन मण्डलीमा कमलमणी गुरागाँई, कुमार कार्की र महेन्द्र अदृष्य रहेका थिए भने वन्द्र सत्र कार्यक्रम पछि चुनावी चहलपहल भएपनि सहमतीका आधारमा
अध्यक्षमा पुन दिपक भेटवाल उपाध्यक्ष प्रथममा नवराज श्रेष्ठ द्धितिय वासुदेव अन्जान, सचिव ईखालु रमेश गेलाल, सहसचिव सेलिङ केसी, कोषाध्यषमा हरी कुमार वस्नेत, भने सदस्यहरुमा मणीराम पौडेल, दुर्गा भुषाल, एनवि अन्जान, थिरराज खनाल, स्वयम्वर िसंह लामा भएका छन् । भने संस्थापक सल्लाहकार शिखर वैद्यले यो दुई वर्षे कार्यकालको लागि सपथ ख्वाउदै हिजोको दिनमा यसले एनआरएनए भन्दा पनि योग्य काम गरेको र भालीका दिनमा पनि गर्ने नया कार्यसमितिलाई वधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।मेरो देश (जगत राम बर्देवा घायल )

मेरो देश
मेरो देश अझै पनि ब्याकुल हुँदै रुदै छ रे
छहारा छाँगा थकित हुदै आँशुले मुख धुँदैछ रे ॥
शान्ति छैन सहर देखि गाउँ अनि कतै पनी
हराभरा सुन्दर धर्ती आज एक्लो हुँदैछ रे ।
पानी बग्ने छहरामा रगत बग्न बिबश हुँदा
लाचार हुँदै मेची-काली बिदेशीको हुदैछ रे
सगरमाथा शीर झुकाई कसो गरी ज्यूँन सक्छ
त्यही भएर नेपाल हेरी धुरु-धुरु रुँदै छ रे ॥
स्वयम्भुका ठूला आँखा पनि बन्द भएपछी
कस्ले गर्ला खबरदारी उज्यालो पो हुँदैछ रे
धरहरा पनि अब रहन्न की नेपालमा
सुन्छु आजकाल िसंहदरवार पनि बिक्री हुँदैछ रे
मेरो देश अझै पनि ब्याकुल हुँदै रुदै छ रे
छहारा छाँगा थकित हुदै आँशुले मुख धुँदैछ रे ॥
- जगत राम बर्देवा घायल
पृ.ना.न.पा-१०,गोर्खा
हाल ः दोहा कतार
मिति ः २५ जुलाई २००९
Posted in कविता
१९६ औं भानु जयन्तिमा नवोदितको खुल्ला कविता प्रतियोगिता सम्पन्न
१९६ औं भानु जयन्तिको अवसरमा नवोदित साहित्यिक वाचनालय दोहा कतारले जुलाई १७ तारिख सुक्रवारका दिन खुल्ला कविता प्रतियोगिता साथै मोवाईल पुस्तकालयको उद्घाटन संस्थाका अध्यक्ष वदि्रप्रसाद पराजुलीको अध्यक्षतामा साथै नेपाली दुतावासका महामयिम डा। सूर्यनाथ मिश्रको प्रमुख आतिथ्य र एनआरएनए आईसीसीका कतार प्रतिनिधी टिवी कार्कीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कतारमा रहेका गजलकारहरुबाट प्रकाशन गरिएको मरभूमिको साहित्य यात्रा नामक संयुक्त गजल संग्रह साथै तिर्थ संगम राईद्धारा तयार पारिएको प्रवासी संगालो संगम अनि सहयात्री नामक संयुक्त संग्रहको लोकार्पण र साथमा साधारण सभा पनि गरिएको थियो भने कार्यक्रमका क्रममा केही दिन अगाडी पानीजहाजबाट दुर्घटना भएका १२ नेपाली र दिवंगत साहित्यकार साथै विभिन्न ज्ञात अज्ञात सहिद प्रति हार्दिक समवेदना प्रकट गर्दै एक मिनेटको मौनधारण गरी नेपाली राष्ट्रगानबाट कार्यक्रमको शुरुवात भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि साथै विशेष अतिथिबाट दिप प्रज्वलन साथै व्यानर उद्घाटन् र भानुभक्त माथी माल्यार्पण गरिएको थियो भने संस्थाका सदस्य नवराज विकले स्वागत मन्तव्य दिनुभएको थियो भने भानुभक्तको वारेमा साथै वहाँका कवितालाई लयात्मक भाकामा सवैलाई मन्त्रमुग्ध पार्नु हुदै संस्थाका सदस्य ईश्वर दाहाल कवीज्यूले भानुभक्तको कालखण्डको वारेमा जानकारी गरेर कार्यक्रमलाई भानुभक्तमयी बनाउनु भएको थियो भने पहिलो चरणको कार्यक्रम एकलव्य राजले संचालन गर्नु भएको थियो । मरभूमिको साहित्य यात्राको वारेमा जानकारी गराउदै साहित्यकार तथा पत्रकार राई रमेश गाउँले भन्नुहुन्छ यो विशेषतः कतारमा रहेका स्रष्ठाहरुलाई एकजुट बनाएर गोलवन्द गर्ने र भोलीका दिनमा पनि यस्तै अरु नयाँ पुस्तकहरु संग्रहित गर्ने भन्दै हामीले यो कतारमा कुनै अर्को संस्था हुदाहुदै किन यो संस्था खोल्यौ भन्ने विवादित प्रश्न राख्नुभएको थियो भने सो संयुक्त गजल संग्रहको समिक्षा भने गजलकार आरके ऐलनले गर्नुभएको थियो भने अर्को संयुक्त संग्रह प्रवासी संगालो संगम अनि सहयात्रीको वारेमा लेखक तथा सम्पादक रहनुभएका तिर्थ संगम राईले यसमा रचनाहरु सहयोग गर्ने सम्पूर्ण साहित्यकारमा आभार तथा साधुवाद व्यक्त गर्नुभएको थियो र यसमा भूमिका लेखिदिने श्रवण मुकारुम शुभकामना लेखिदिने नेपाली दुतावास कतार नवोदित साहित्यिक वाचनालय कान्तिपुरका अरव व्युरो श्यामसुन्दर शशी अन्तराष्ट्रिय राजधानी साप्ताहिकका उप सम्पादक दिपक पौडेललाई शुभकामना साथै आभार व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि महामयिम डा। सूर्यनाथ मिश्रले भानुभक्तले कविताको नयाँ लय र रामयणलाई अनुवाद गरेर सवै नेपालीहरुलाई सहज बनाउदै आज पनि यसरी
नेपाली कविताकासमा छाईरहनुभएका नेपाली आदिकवी भानुभक्त नेपालको अग्रणी कवीका रुपमा चिनाउनु भएको छ र नवोदितले यसरी वहाँको जयन्ति मनाएकोमा हामी एकदमै आभारी छौ र भोलीको दिनमा यस्तै खालको अवधारणा ल्याउनुपर्ने कुरा जानकारी दिदै धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै क्रममा अनेसास कतार च्याप्टरका अध्यक्ष दिपक भेटवालले साच्चै भानुभक्तको योगदानलाई मध्यनजर त गर्नै पर्छ तर आज वहाँलाई आदिकवीमा भनिएकोमा विवादित बन्दै गईरहेको छ त्यो भएर कवीहरुले यसको बारेमा मध्यनजर गर्नै पर्ने र नवोदितको र अनेसासको तात्विक भिन्नता नभएपनि यो कतारमा खोलिएको साहित्यिक संस्था हो र यसको मौलिकता भनेको नै कतारमा खुल्नु र अनेसास अमेरिकाबाट खोलिएको हो भन्दै प्रष्ट पार्नुभएको थियो । त्यस्तै क्रममा अन्तराष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले साच्चै अवका दिनमा यस नवोदितले नयाँ नयाँ साहित्यकार र स्रष्ठा जन्माउनेमा दुईमत छैन साथै आजको यो कार्यक्रमको नयाँ रुप भनेको नै साहित्यकारहरुको जमघट हो र भोलीको दिनमा एउटा राम्रो साहित्यकार जन्माउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । सो क्रममा राजधानी अन्तराष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेलले भाषाको उत्थान नेपालीको पहिचानको नारा लिएर अगाडी बढेको नवोदितले साच्चै भाषाको उत्थानको लागि एकदमै लागि परेको छ कान्तिपुर प्रवाश साप्ताहिकका अरव व्यूरो श्यामसुन्दर शशी, समाजसेवी तथा व्यावसायी प्रज्ञान उदास, समाजसेवी लक्ष्मण खतिवडा, समाजसेवी तथा व्यावसायी नरेन्द्र सेन, नेपाल कतार पत्रकार महासंघका तदर्थ साखा कतारका कृष्ण सुनार, प्रवासी नेपाली सम्पर्क माचका सचिव रामहरी गैरे, सन्ध्या ग्रुपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा, नेपाली आदिवासी जनजाति संघका महासचिव तथा साहित्यकार स्वयम्वर िसंह लामा, किरात राई यायोक्खाका महेश राई, मुग्लानी सौगातका प्रधान सम्पादक सेलिङ केसी, खोटाङ जागृती सेवासमाजका सचिव हरि कुमार वस्नेत, तमुवौद्ध सेवा समितिका उपाध्यक्ष लक्ष्मीकुमार गुरुङ, अन्तराष्ट्रिय कलाकार संघका अध्यक्ष डिएन मगर, पाथिभरा युवासेवा समाजका अध्यक्ष वलबहादुर महत, खोटाङ सेवासमाजका सल्लाहकार अर्जुनदेव राइ, डिएक्सएन कतारका टुकराज अर्याल लगायतका संस्थाहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । विभिन्न क्षेत्रसँग सम्वन्धित स्रष्ठा सर्जक साहित्यकार राजनीतिज्ञ वुद्धिजिवी समाजसेवी पत्रकार लगायतका उपस्थिति रहेको सो भानुजयन्तिमा मोवाईल पुस्तकालय खोलिनुको अर्थ कतारमा रहेका स्रष्ठा सर्जक तथा साहित्यकार लगायत सवैलाई समेट्ने गरी पुस्तकहरुको ज्ञान वटुल्न जरुरी रहेको र पूर्ण रुपमा पठनपाठन सजिलो बनाउने हेतुले यो मोवाईल पुस्तकालयको अवधारण अघि सारेको र यो विश्वमा नै नौलो परिक्षण हुने र भोलीका दिनमा साहित्यकारहरु मात्र नभएर सवैलाई सजिलो पर्ने र पढ्नै पर्ने खाल्का पुस्तकहरुपनि रहेकोले यॊ मोवाईल पुस्तकालयलाई सहयोग गर्नुहुने नेपालका ज्ञानु उदास र कतारमा रहनुभएका राजेन्द्र राई लगायतका अरु सहयोगीहरुलाई आभार प्रकट गर्नु भएको थियो पुस्तकालय संयोजक महेन्द्र अदृष्य राईले । त्यस्तैगरी खुल्ला कविता प्रतियोगितामा कतारमा रहेका ५२ जना साहित्यकारहरुले भाग लिएका थिए भने सम्पूर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सो क्रममा ज्ञानेन्द्र आंम्गाई सान्त्वना एक हजार नगर र प्रमाण पत्र परशुराम पराई तेश्रो दुईहजार नगद र प्रमाण पत्र विक्रमचेतनशील राई दोश्रो तिनहजार नगद र प्रमाण पत्र र राजकुमार पुत्ला पहिलो पाँचहजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियॊ भने सो नगद सागर नेपाल लक्ष्मण खतिवडा रामहरि गैंरे र उमेश अधिकारीले प्रदान गर्नुभएको थियो । सो कविता प्रतियोगिताको निर्णायकमा श्यामसुन्दर शशी गिरि श्रीष मगर सेलिङ केसी र शिवराज गौतम रहेका थिए भने जनताको अभिमत राख्ने अवसर पनि प्रदान गरिएको थियो सो क्रममा १० जना साहित्यकार तथा समाजसेवी वुद्धिजिवीहरुले त्यो अवसर पाउनु भएको थियो । निर्णायक संयोजकमा श्यामसुन्दर शशी रहनु भएको थियो भने निर्णायक संयोजक भन्नुहुन्छ कार्यक्रममा भाग लिने सवै कवीजीहरुलॆ नै जीत्नुभएको छ तर पनि यो एउटा कटु सत्य हो कि हामीले कुनै न कुनैलाई आजको वेहुला चुन्नु पर्ने भएकोले त्यो अवसर हामीले गुमाएका छैनौं भन्नुभयो । दाश्रो चरणको कार्यक्रम संचालन भने महेन्द्र अदृष्यले गर्नुभएको थियो
। सो कार्यक्रममा सहसचिव प्रकाश वाजराले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमा प्रविण राईले प्रस्तुत गर्नुभएको थियो भने नयाँ कार्य समिति चयनमा अध्यक्षमा भोजराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा भोजराज दाहाल, द्धितियमा नवराज विक, महासचिवमा प्रकाश वाजरा, सचिवमा तिर्थ संगम राई, कोषाध्यक्षमा प्रविण राई, सहकोषाध्यक्षमा महेन्द्र गुरुङ, सदस्यहरुमा महेन्द्र अदृष्य, देव अवारा, सायद श्री, किशमा किशोर, ईश्वर दाहाल, दुर्लभ शाह, जगतराम वर्देवा, विरेन्द्र कुमार िसंह, चुना पन्त, राजेश्वर ढकाल, डिएन मगर, ज्ञानेन्द्र आंम्गाई वैकल्पिक सदस्य रहने गरी १९ सदस्य समिति रहेका छन् भने संस्थापक सदस्यमा शिवप्रतीक शर्मा साथै सल्लाहकारमा वदि्रप्रसाद पराजुलीको संयोजकमा कृष्ण क्षितिज, सेलिङ केसी, गिरि श्रीष मगर, दिपक भेटवाल, दिपक पौडेल त्यस्तै गरी नेपालबाट ज्ञानु उदास रहेका छन् भने संरक्षकमा टिवी कार्की रहनुभएको छ । भने उक्त नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष वदि्रप्रसाद पराजुलीले सपथ ग्रहण ख्वाउनुभएको थियो साथै संरक्षक तथा एनआरएनए आईसीसीका कतार प्रतिनिधि टिवी कार्कीले कुनै पनि व्याक्तिले विवादित प्रश्नहरु खडा गर्नु पर्ने केही कारणहरु नभएको र यस्ता खाल्का अवान्छनित कुराको पछि लागेर समाजमा दुस्प्रचार गर्न खोज्नु आफैमा घृणित कार्य हो हाम्रो मौलिकतामा हामी हराउनु पर्छ र भोलीको दिनमा यसको प्रचार प्रसार हामी सवै मिलेर गरेको खण्डमा पक्कै पनि एउटा राम्रो उदाहरणिय संस्था भएर जानेमा दुईमत नहोला यो संस्थालाई पनि ग्लोवलाईजेसन गर्न सकिनेछ र यसमा हामीले पक्कै पनि पहल गर्नेछौं भन्नुभयो ।
तिम्रो नाममा…(सम्मर खड्का)
सारा ब्यथा छोपीदिए माया सम्हाल्नलाई
सबै इच्छा त्यागीदिए तिमी अंगाल्नलाई
प्रीती भरी टाका लाग्यो दिन खुल्न छोड्दा
आत्मा मेरो बाझो रह्यो तिम्रो मन गोड्दा ॥
जित तिम्रो छदै थियो खेल पर्दैनथ्यो
हार्न मैले खोजेकै थिए झेल पर्दैनथ्यो
खेलाची भो जीन्दगानी हुरी चलिदिदा
चिता दन्क्यो घाटमा फेरी आंधी चलिदिदा ॥
तिम्रो तस्बिर मागी मागी दिन बिताइ दिए
तिम्रो ओठ चुम्ने रहर त्यसै हराइ दिए
बिरानो भयो देह तिम्रो सबै पराइ भए
डुले तिम्रो गाउ बस्ती तिमी भित्रै हराई रहे ॥
सास फेर्दा कैयौ पल्ट तिम्रो नाम लिइरहे
चुम्बन सम्झी प्रत्येक घुट्को पिडा भुल्न पिइरहे
दिन सम्झी कालो रात त्यसै त्यसै बिताइदिए
साथमा तिमी छौ ठानी तिम्रै गाऊंमा निदाईदिए ॥
- सम्मर खड्का
हौचुर-४,खोटाङ्ग ।
कोमल मनकी धनी परी
गजल
कोमल मनकी धनी परी हाँसिन मुसुक्क
दन्ते लहर देखाई माया गाँसिन सुटुक्क
चित्ताकर्षक चाल, ढाल उनको मिजास छ उस्तै
चौबन्दीको घेरा भित्र टाँसिन भुसुक्क ।
मोनालिसा समान लाग्ने सौम्य चाल जस्तै
थोरै माया धेरैलाई छासिन् चुसुक्क ।
क्षणभंगुर दिवास्वप्न देख्न थालिन कठै
विच्यौनामा सवार भई मासिन् लुसुक्क ।
जिजीविषा घट्न थाल्यो बुझिन् कुरा सोझै
छोईपासो भयो प्रेम भािसंन फुसुक्क ।
- राकासु
Posted in गजल
समवेदना प्रकट गर्दै कविता गोष्ठि सम्पन्न

विगत केही महिना अघि वाह् जना नेपालीको पानीजहाज दुर्घटनाबाट मृत्यु भएकोमा उहाँहरु प्रति हार्दिक समवेदना गरी १ मिनेट मौन धारण गर्दै नवोदित साहित्यिक वाचनालय दोहा कतारका अध्यक्ष वदि्रप्रसाद पराजुलीको सभापतित्वमा जैहेदा पार्कमा जुलाई ९ तारिख सुक्रवारको दिन कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रमका क्रममा अतिथि साहित्यकार गिरि श्रीष मगरले स्वदेशमा मात्र नभएर कतारको यो भूमिमा पनि हाम्रो कला संस्कृति साथै साहित्यको जर्गेना गर्दै साहित्यकारहरुलाई वाचन कलामा कौशल बनाउन र विभिन्न सिरिजहरु निर्माण गर्न सफल भएकोमा धन्यवाद साथै दिवंगत नेपालीहरु प्रति मृत आत्माको चिरशान्तिको कामना गर्नुभयो । आज यो श्रद्धान्जली कार्यक्रम नवोदितले राखेकोमा म लगायत सम्पूर्ण संघ संस्थाले यसलाई मध्यनजर गर्नुपर्ने हो तर नवोदितले यो कार्य गरेकामा हामी लज्जित पनि छौं भन्दै आदिवासी जनजाति महासंघका उपाध्यक्ष जनक वाम्वुले राईले जनाउनु भयो ।
साहित्यकारहरुलाई समाजको उपल्लो दर्जामा किन राखिदो रहेछ भन्ने कुराको आज मलाई महसुष गराएकेा र हामी भावनाका धनि धनले हैन मनले मात्र धनी हुने साहित्यकारहरु समाजका साच्चै उपल्ला पात्र हुदा रैछन् भन्दै गजलकार विक्रम चेतनशील राईले जानकारी गराउनुभयो । भने त्यस्तै वोल्ने क्रममा नवोदितका सदस्य महेन्द्र अदृष्यले यी वाह् नेपालीहरु प्रति एनआरएनए लगायतका अरु संघ संस्थाले पनि उनीहरुको परिवारलाई क्षतिपूर्ती दिने वातावरण सृजना गराउनु पर्छ । पलासको फूल रोपी किन सुगन्ध खोज्छौ निर्मला भन्ने उखान चरितार्थ नगर्न जिकिर गर्नुहुदै श्रद्धान्जली व्यक्त गर्नुभयो ।
त्यस्तै अर्पण गर्दै साहित्यकार एन वी अन्जान सायद श्री जगतराम वर्देवा घायल तिर्थसंगम राई गिरि श्रीष भोजराज दाहाल परशुराम पराई राम खड्का महेन्द्र वियोगी अष्टदेव राई विक्रमचेतनशील राई मणिराम भिखारी जवक वाम्वुले राई बदि्रप्रसाद पराजुली नवराज विक राजेश्वर ढकाल देव आवारा दुर्लभ शाह मनोज कुमार िसंह विरेन्द्र कुमार िसंह प्रकाश विहानी महेन्द्र अदृष्य प्रविण राई साथै एकलव्य राज लगायतका स्रष्ठाहरुले आ-आफ्नो कविता गजल हाईकु तांका मुक्तक सुनाएर कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए ।
दोषी को हो ?
दोषी को हो ?
- इआकु
बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे ।
किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥
(मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । )
मल्लिका : हेल्लो…………..
मो : मु… मु………….मु……आई लव यु डार्लिङ
मल्लिका ः मस्किदै मु…. मु…. लव यु…दिपु लव यु ।
मो: छक्क पर्दै ! एई !म त रमेश
मल्लिका : सरी ए जिउभरि सर्पजस्तो खोपेको छ नी तपाईको । लव यु मिस गरि रा’को छु । अब कहिले भेट्ने कहाँ भेट्ने अब भेट्दा सुनको चेन किनिदेउ ल ।
मो : हुन्छ नी मेरी मल्लिका तिम्रो लागि जुनतारा त ल्याउन सक्छु
अर्को ः वेटिङ……. वेटिङ….वेटिङ
अर्को ः वेटिङ……वेटिङ……वेटिङ लहर……………लहर…………लहर………।
मल्लिका ः एकपछि अर्को वेटिङमा बोल्दै हेल्लो…। हाई…यस्तै-यस्तै
मो ः ल कति बजे कहाँ यहाँ…॥ वहाँ जाने यस्तै यस्तै
अर्को मो ः हेल्लो डार्लिङ…कहाँकति बजे
अर्को मो। ः हेल्लो जानु कहाँकति बजे फोनमा जवाफ िदंदैमा व्यस्त छे ।
मो: रिङ………रिङ………रिङ
मल्लिका ः हेल्लो ! म तिमीलाई नै सम्झिरहेकी छु । तिमीलाई नै मिसक लगर्दै थिएँ ।
मो ः किन तेरो मोवाईल बिजी ननसेन्स………………… मल्लिका ः तिमीलाई नै मिसकल गर्दै थिएँ ।
मो ः बिश्वास डगमगायो ।
मल्लिकाले सबैलाई समाजस्य गरि राखेकी थिइन तर त्यसदिन अलि बढिनै मोवाइल बिजी भएपछि मल्लिकाको कुरामा बिश्वास भएन । फेरि मल्लिका दुई चार पटक एउटालाई भेटेपछि फेरि अर्को नयाँ साथी खोज्दथी । उसको यहि बानीले धेरै साथीहरुले दिएको उपहार फिर्ता लिएर जलिल गरि सकेका छन् । आजपनि मल्लिकाले पूराना नयाँ साथीहरुलाई फरक फरक ठाउँ र समयमा बोलाएकी थिइ तर संयोग सबै एकै ठाउँमा र एकै समयमा आउँछन् । मल्लिका त अरु कसैसँग व्यस्त देखेर रिसले तातेर बिचरा मल्लिकाले मुर्गा बनाएकाहरु मल्लिकाको सामुन्नेमा गएर मुखमा आएजति गाली गर्छन् । अनि नेपालको नक्सा भन्दा लामो बिलको लिस्ट देखाउँदै यो सबै यसैको लागि खर्च गरेको हो । यो त मेरी केटी हो । अर्कोले त्यसै गर्छ । यो मेरी केटी हुँदै त्यो मार्केटमा जात्रा नै हुन्छ । अनि केटाकेटी बीच झगडा हुन्छ । एकले अर्कोलाई पिट्छन् । रगतपच्छे हुन्छन् । हेर्नेको भिड लाग्छ । कुनैको आँखा फुट्छ, कसैको दाँत झर्छन् त कसैको हातखुट्टा भाचिन्छ भने कसैको नाक फुट्छ । सबै घाईते हुन्छन् । केटिको कारणले बिचराहरुको त्यो हालत हुन्छ । अनि पुलीसले पक्रेर लैजान्छ र जेलमा थुन्छ । फेरि कम्पनीको मालिक गएर छुटाएर ल्याउँछ तर त्यसपछि कम्पनीमा राख्दैन । उनीहरुको भिसा क्यािन्सल गर्छ । हुन त महाभारतको युद्धपनि द्रौपदीकै कारण बाट भएको थियो । रावणको अन्त्य पनि सीताकै कारण बाट भएको थियो । यो कलियुगमा अरुको देशमा काम गर्न भनेर आएका यी सोझा मुर्गाहरुको हालत पनि केटीकै कारण बाट भएको हो । यता मल्लिकाले अरुनै नयाँ साथी बनाई सकेकी छ । उसको हातमा नयाँ रङ्गीन अत्याधुनिक मोवाईल छ । कम्पनीको आठ घण्टा डिउटी गर्छिन् तर उनलाई कम्पनीको ओभरटाईम जाने समयनै छैन । उनको आफ्नै ओभरटाईम छ । ती नयाँ साथीले उनलाई ओभरटाईम जान दिदैनन् । खालि उनि क्याम्पमा बस्छिन् . आफ्नै नेपाली या बिदेशीलाई मनोरन्जनको नाममा सस्तो शब्दहरु प्रयोग गरेर आफु नारी भएको अस्मितालाई लिलाम गर्दै । बिचल्नी पर्ने बिचरा ती मुर्गाहरु दिनभरि ४५-५० डिग्रीको तापक्रममा पलपल मरेर कमाएको रियल, ती मल्लिका जस्तालाई खर्चिन्छन् । उहिले-उहिले हाम्रै गाउँकी बजैले एउटा सत्यकथा भन्नु भएको थियो । एउटा गाउँमा एउटी फूलमायाले उमेरमा ड्राइभर्नी पनि भईन रे, कप्तान्नी पनि भईन रे, अनि मेजर्नी पनि तर अन्त्यमा उनी एक्लै भईन रे । साथमा कोहि थिएन रे । अनि दिक्क लागेर पहाडको डिलमा गएर आफ्नो अतीत तिर फर्कदा सरम लागेर थुक्क गर्दा भिरबाट लडेर मरिन रे । कतै यी मल्लिकाको पनि हालत ती फूलमायाको जस्तो नहोस् । बिदेशमा मल्लिका झुम्छिन् । नेपालमा मल्लिकाको लोग्ने रक्सी झेरै खाएर क्यान्सरले समातेर दिन दिनै गल्दैछ । छोराछोरिको बिचल्नी छ । नेपालको बिकट ठाउँबाट एक एजेन्टको साहारामा मल्लिका बिदेशीएकी हुन । उनको पासपोर्टको नाम माकुरी हो । उनी राम्रोसँग नेपाली पनि बोल्न जान्दिनन् । उनका स-साना तिनवटा बच्चाहरु छन् । लोग्नेले परिवारको जिम्मवारी नलिएका कारणले बच्चाको भोको पेट र नाङ्गो शरीर देख्न नसकेर अत्तालिएर दुईचार पैसा कमाएर परिवार पाल्ने उद्धेश्य लिएर बिदेशीएकी हुन् । माकुरी (मल्लिका गाउँ) की सिधासोझी एक आमा,एक स्वास्नी हुन् तर आजको उनको यो रुपयो व्यवहार यो अंग्रेजी शब्द कस्ले बनायो त के माकुरीले नेपाल छोड्नु अगाडि यस्तै योजना बनाएर बिदेशिएकी थिइन त उनी त घरको चुल्हो बाल्न र बच्चाको भोको पेट र नाङ्गो शरीर ढाक्ने र पैसा कमाएर बच्चालाई लेखपढ गराउने उद्धेश्यले िहंडेकी थिईन । तर दिन राम्रो छउन्जेल कसैको पनि केहि लाग्दैन भने जस्तै दिनसँधै एकै एउटै हुँदैन । निषेधित क्षेत्रमा अनैतिक कि्रयाकलाप गरेको र आपतीजनक अबस्थामा फेला पारेको भनेर मल्लिकालाई पुलिसले पक्डेर जेल हाल्छ । अहिले मल्लिका जेलमा छिन् । के आजको मल्लिकाको यो हालत कस्ले बनायो उनको लोग्नेले परिस्थीतीले या नारी स्वतन्त्रताको उपजले कि चेतनाको कमी या पर्याप्त सीप र भाषाको अभावले बैकल्पीक बाटो खोज्दा या नारी अस्मितालाई नबुझेर पो हो की आखिर दोषी को हो उनी बिदेशीनु अघिको उद्देश्य पूरा भयो त सावधान……………………॥
रुपको माया लाउनेको भर हुन्न सोनी
रुपको माया लाउनेको भर हुन्न सोनी
अध्याँरोमा आउनेको भर हुन्न सोनी
लोलोपोतो गाउनेको भर हुन्न सोनी
आफ्नो घर छाउनेको भर हुन्न सोनी
आँ… मुख बाउनेको भर हुन्न सोनी
देवि, देउता धाउनेको भर हुन्न सोनी
वहार आयो समाजमा भन्नेहरु
गीत
वहार आयो समाजमा भन्नेहरु थाकिसके
छिट्टै बन्छ नया नेपाल भन्नेहरु थाकिसके
बग्यो रगत निर्दोषको दोषीहरु आजाद भए
समानता चाहिन्छ अव भन्नेहरु थाकिसके
बेपत्ता छन् होनहार छदमभेषी मौलाए
छानवीन गरी कार्वाही गर भन्नेहरु थाकिसके
कमजोर भए आवाजहरु बन्दुक बहादुर भए पछी
बोल्न लेख्न पाउनु पर्छ भन्नेहरु थाकिसके
तरवार पो शुरवीर रैछ आवाजलाई मन्द गर्ने
शान्तिपूर्वक बाच्न देउ भन्नेहरु थाकिसके ।
- राकासु
यात्रा हो जीन्दगी यो ठक्कर(राकासु)
गजल
यात्रा हो जीन्दगी यो ठक्कर जति खाईएकै छ
लरवर गर्दै तङ्ग्रदै चक्कर कति लाईएकै छ ।
गर्भाशयबाट उद्गम यात्रा निरन्तर चलि रा’छ
सिकाई हो जीन्दगी यो ठक्कर कति पाईएकै छ ।
उवड-खावड पार भए गगनचुम्बी पहाड हेर्न
अनवरत जीन्दगीमा लेकबेसी धाइएकै छ ।
उकाली र ओराली भाज्याङ अनि देउरालीमा
पाती चढाई कसम खाई माया प्रीति गाइएकै छ ।
उद्धेश्य छ केन्द्रबिन्दु अनन्त यो यात्रा भिर
हासिल गर्ने बाचा-बन्धन फेरी पनि चाहिएकै छ ।
- राकासु
यर्थातमा तड्पीनुको मज्जै बेग्लै(इखालु रमेश)
गजल
यर्थातमा तड्पीनुको मज्जै बेग्लै सोनी
भावानामा कड्कीनुको मज्जै बेग्लै सोनी
रेगिस्तानको गर्मीसँग लाप्पा खेल्दै पनी
हिमचुलीसाथ धड्कीनुको मज्जै बेग्लै सोनी
पराईघरको व्यन्जन सुलु-सुलु छिरे पनी
घरको ढिँडो अड्कीनुको मज्जै बेग्लै सोनी
वाल्यकालका यादहरु बारुद झै सल्काएर
पटका झै पड्कीनुको मज्जै बेग्लै सोनी
बिछोडमा रुमल्लिएर गुम्सीएर बस्या बेला
उिपंया झै फड्कीनुको मज्जै बेग्लै सोनी
आफ्नो माटोगाउँघर मुटुको सम्झनामा
यो टाउको चड्कीनुको मज्जै बेग्लै सोनी
यर्थातमा तड्पीनुको मज्जै बेग्लै सोनी
भावानामा कड्कीनुको मज्जै बेग्लै सोनी॥
- इखालु रमेश गेलाल
Posted in गजल
दुराचार सामु शिर झुक्न (इखालु रमेश)
गजल
भावानाको नातालाई दुख्न दिनु हुन्न पिया
मित्रत्वलाई सकेसम्म चुक्न दिनु हुन्न पिया
छद्मभेषी भुस्याहालाई भुक्न दिनु हुन्न पिया
निर्मल नाताभित्र स्वार्थ लुक्न दिनु हुन्न पिया
खहरे झै बर्षापछि सुक्न दिनु हुन्न पिया॥
Posted in Uncategorized
जता पाइन्छ हरियाली(इखालु रमेश गेलाल)
गजल
जता पाइन्छ हरियाली उतै चरे हुन्छ निशा
मेरो माया खल्लीबल्ली बसाँई सरे हुन्छ निशा
लेक,बेसी,घाँसपात मेला जान नसक्नेले
पहाड छाडी लुरुलुरु तराई झरे हुन्छ निशा
अरुले हात्ति चढ्दा धुरी चढ्न खोज्छ्यौ भने
हाँसी हाँसी बिदा तिम्लाई खोली तरे हुन्छ निशा
अजम्वरी मेरो माया,सम्बन्धलाई लत्याएछी
उम्लिएको तिम्रो वैंस अन्तै छरे हुन्छ निशा
झुटो माया पिलाई मलाई जीवन उजाड पारेपछी
स्वप्नलोकको राजासँग स्वयम्वर गरे हुन्छ निशा
- इखालु रमेश गेलाल
गजल (सवाल+जवाफ)
गजल (सवाल)
बगैचामा फूलिहिँड्ने फूल सोच्यौ मलाई
चौबाटोमा टाँगीएको तुल सोच्यौ मलाई
सृष्टिले जन्माएकी सिर्जना हुँ म त
अभागीको बेहोसीको भूल सोच्यौ मलाई
कोखबाट अमृतसरी धारा बगाई दिएँ
जवानीको छाती पोल्ने शुल सोच्यौ मलाई
सिर्जनाको मुहान भएपनि जानी राख
बर्षैपिच्छे फुटि राख्ने मूल सोच्यौ मलाई
हामी पनि डुल्छौ एकदिन चन्द्र अनि मंगल
बाढीसँगै बगी जाने पूल सोच्यौ मलाई
मीना थापा बिष्ट
हाल ः दोहा,कतार ।
(साभार ः ११ जुन २००९ को राजधानी साप्ताहिकबाट)
गजल (जवाफ)
तिमीलाई पलाँसको फूल सोच्या छैन मीना
चौबाटोको बेवारिसे तुल सोच्या छैन मीना
सृष्टिले नै जन्माउँछ निर्माण अनि निर्वाणहरु
तिम्रो सृष्टि उन्मातको भूल सोच्या छैन मीना
तिम्रो कोखको अमृत्वमा दैत्यपान नहोस् चाहेँ
छछल्किएको जवानीलाई शुल सोच्या छैन मीना
सिर्जनाकी मुहान तिमी हिमनदी बन्नु पर्छ
हिउँद लाग्दै सुकी जाने मूल सोच्या छैन मीना
चन्द्र अनि मंगलसँगै आधा आकाश तिमी नै हौ
जवानी र वैंस तार्ने पूल सोच्या छैन मीना
- इखालु रमेश
तिम्लाई दिलमा सजाउनु(इखालु रमेश)
गीत
- इखालु रमेश
तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो
विलासीता र उन्मातको रैछ तिम्रो मायाँ
प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ
त्यसैले त मायासागर तिम्रा लागि ओस भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो
नसोध भो अब तिमी फुलवारीका फूलहरु
देवि,देउता मन्दिर अनि घण्ट र त्रिसुलहरु
फूल झर्यो,त्रिसुल टुट्यो न त तिम्लाई होस भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो
तिम्लाई मनमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो
Posted in गीत
नवोदित कविता प्रतियोगिताको
नवोदित कविता प्रतियोगिताको आव्हान
भोजराज श्रेष्ठ/दोहा
“भाषाको उत्थान नेपालीको पहिचान” को मुल नारा सँगै खोलिएको नवोदित साहित्यिक वाचनालय दोहा कतारले यहि आउँदो १७ जुलाई सुक्रवारको दिन भानु जयन्तिको अवसरमा नेपाली दुतावासको सभाकक्षमा सम्पन्न हुन लागेको “वृहत कविता प्रतियोगिता” मा भाग लिन ईच्छुक साहित्यनुरागी स्रष्ठा साथै सर्जकहरुलाई आ आफ्नो लेख रचना जुलाई १६ तारिख विहिवार साँझ ८ वजे सम्म आईपुग्ने गरि info@nabodit.com मा सम्प्रेषण गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं साथै साधारण सदस्य लिन चाहाने साहित्यनुरागी मित्रहरुले पनि निम्न ठेगानामा आफ्नो २ प्रति फोटो सहित कतारि रियल १० वुझाउन हुन हार्दिक अनुरोध गर्दछौं र विजयी माहानुभावहरुलाई हुलाक र ईमेल मार्फत पुरस्कार वितरण गर्ने व्यावस्था गर्नेछौं ।
मृतकका परिवारलाई राजापानीको सहयोग
मृतकका परिवारलाई राजापानीको सहयोग
इखालु रमेश , अलखोरबाट ।
खोटाङ जिल्ला राजापानी गा.बि.स बाट कतार आई कार्यरत राजापानीबासीहरुको साझा संस्था खोटाङ राजापानी युवा जागरण सेवा समाज कतारले गत अपि्रल १० तारिख कतारको अलखोर स्थीत एक कन्ट्रक्सन कम्पनीमा सुतेकै अवस्थामा मृत्यु भएका खोटाङ राजापानी-३ डाडाँगाउँका मोहन बहादुर कार्कीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
मृतक कार्कीकी श्रीमती हरिकुमारी कार्कीको नाममा आइएमई मार्फत रु.७९,९१३।- पठाइएको समाजका सल्लाहकार पुण्य प्रसाद रेग्मीले जानाकारी दिएका छन् । कार्कीको असामायिक निधन पश्चात समाजले निजको परिवारका निम्ति सहयोग संकलन सुरु गरेको थियो । अझै सहयोग संकलनका निम्ति बितरण गरिएका फारमहरु फिर्ता आइनसकेकाले आउन बाँकी रकम पुनः पठाइने समाजले बताएको छ ।
त्यसैगरि समाजले गत तिन महिना अघि मात्र कतार आईपुगेका खोटाङ राजापानी-३ का शंकर बि.क मेडिकल फेल भई मुलुक फर्केकाले निजलाई समेत करि ३००।- बाटोखर्चको रुपमा सहयोग गरेको थियो । यसरी दिनानुदिन बिबिध समस्या र बिपत्ती खेप्नु परिरहेको अवस्थामा सबै गा।बि।सबासीहरु एकजुट भई हातेमालो गर्नसके यस्ता समस्याहरुको समाधानका साथै आफ्नो गाउँ र समाजको बिकाशमा केहि हदसम्म टेवा पुग्ने बताउँदै सबैलाई समाजमा आबद्ध हुन अनुरोध गरेको छ ।
सहयोग पाए बाँच्ने थिए की !
सहयोग पाए बाँच्ने थिए की !
- इखालु रमेश गेलाल
मुलुकमा बढ्दो बेरोजगारी र मुलुकको प्रतिकुल अवस्थाका कारण बिदेशीनेहरुको भिड बढ्दै गईरहेको छ । आर्थिक प्रतिकुलतामा प्रताडित बनेको दैनिक जीवनयापनमा केहि राहतको मिठो सपना देखेर नै अधिकांस नेपालीहरु प्रवासीने गर्दछन् । तर,जब आफ्नो मुलुक घरपरिवार छाडी पराईमुलुकमा श्रम बेच्न आईपुग्ने जो कोहि पनि त्यहाँको अलग परिवेस र वातावरणसँग संघर्षरत रहँदा रहँदै पनि कुनै दुर्घटना तथा गम्भिर रोगको शिकार बन्न पुग्छन् तब उनिहरुको सपना त्यसै तुहिएर जान्छ । घरपरिवार र समाजप्रतिको दायित्व
बोध गर्दा गर्दै जब कोहि यस प्रकारको अवस्थाको शिकार बन्छ तब उनीहरुमा कस्तो परिस्थिती सिर्जना होला कल्पना पनि भयावह देखिन्छ ।
हो यस्तै मिठो सपनामा हराएर कतार आइपुगेका स्वरेक-३ स्याङ्जाका २८ बर्षिय देबेन्द्र पंगेनीको मिठो सपनामा पहिरो गएको छ । करिब दुईबर्ष अघि कतार स्थित एक क्लिनीङ कम्पनीमा आएका पंगेनी गत दुईहप्तादेखि अस्पतालको शैयामा जीवन मरणको संघारमा संघर्ष गर्दैछन् । अनयासै मुटुको धड्कन बढी दुखाई महसुस गर्न पुगेका उनी एक्कासी बेहोस भएपछि हमाद अस्पतालमा पुर्याईएको थियो भने उनी दुईदिन पछि मात्र होसमा आएका थिए । अस्पतालको रिपोर्ट अनुसार उनको मुटुको भल्भ फेर्नु पर्ने बताइएको छ । जस्का निम्ति करिब करि १५,०००।-देखि २०,०००।- सम्म लाग्ने अस्पताल स्रोतले बताएपछि उनी झनै निरास बनेका छन् । करिब दुईबर्ष अघि कतार आएपनि न्युन तलबमा आफ्नॊ परिश्रम बेच्नु पर्दा हालसम्म समेत त्यती धेरै रकम कमाई गर्न असक्षम रहेका पंगेनी जीवन मरणको दोसाँधमा कतारबासी सहहृदयी दाजुभाई दिदीबहिनीहरु तथा बिभिन्न संघसंस्थाहरुसँग सहयोगको याचना गरिरहेका छन् । घरको आर्थिक अबस्था समेत अत्यन्तै कमजोर रहेका पंगेनी व्यह्वल हुँदै भन्छन्- “त्यति बिधी रकम न मसँग नै छ, न त मेरो घरपरिवारसँग नै ! मैले कसरी जुटाउँनु तपाईहरुको साथ र सहयोग पाए बाँच्ने थिए की !
Posted in समाचार
गाडीको ठक्करबाट कतारमा एक नेपालीको मृत्यु
|
इखालु रमेश गेलाल
अलखोर,कतारबाट । बढ्दो बेरोजगारीको समस्या तथा बिभिन्न परिस्थिती र बाध्यताका कारण आफ्नो घरपरिवार अनि माटो छाडी बिरानो मुलुकमा सुनौलो सपना बोकेर आउनेहरुको संख्या कतारमा तिनलाखको हाराहारीमा पुगिसकेको छ । यसरी नेपालीहरुको बढ्दो जनसंख्यासँगै बिबिध समस्यामा पर्ने तथा अकालमा मृत्यु हुनेहरुको संख्या पछिल्लो समयमा अध्यधिक रुपमा बढेर गएको छ । यसै क्रममा गत बिहिवार मिडलाइन नामक एक सप्लाई कम्पनी मार्फत रास्लाफान औद्यौगीक क्षेत्र स्थित केन्ज नामक कन्सट्रक्सन कम्पनीमा लेवरको रुपमा कार्यरत बुरतीबाङ-२,राजकुत कुतनेटा,बाग्लुङ घर भएका दुर्गा प्रसाद श्रेष्ठको कार्यस्थलमा नै गाडीको ठक्करबाट मृत्यु भएको छ । सधै झैं नियमीत डिउटीमा पुगेका श्रेष्ठ केहि समय यता देखि ग्रेडर मेसीनको व्याक्सम्यानको रुपमा कार्यरत रहेको निजका मित्र दिपेन्द्रले बताए । बिहान करिब आठ बजेतिर कार्यस्थलमा एक्कासी गाडीले ठक्कर दिएपछि उनी ग्रेडरमेसीन मुनि ठोक्कीन पुगेका थिए जसका कारण घटनास्थलमा नै उनको मृत्यु भएको प्रत्यक्षदर्शी उनीसँगै काम गर्ने उनका निकटमित्र सुरेश भण्डारीले जानाकारी दिए । बिगत चार बर्षदेखि सो कम्पनीमा निरन्तर कार्यरत श्रेष्ठका घरमा बुवा,आमा,दुई भाई र दुई बहिनी रहेका छन् । उनी आगामी महिना छुट्टी जाने तरखरमा थिए । निजको शव पठाउनको निम्ति प्रकि्रया चलिरहेको निज कार्यरत कम्पनीले बताएको छ । |
अनेसास कतारको साधरणसभा मिति घोषणा
इखालु रमेश गेलाल, कतारबाट ।
समाजको गत शुक्रवार दोहामा बसेको बैठकले सो निर्णय गर्दै आगामी जुलाई २४ तारिख शुक्रवारको दिन साधरणसभाको लागि मिति तोकेकॊ हो । साथै समाजको साधारण सदस्यता अबधि समाप्त भई सकेका सदस्यहरुले बिधान बमोजिम शुल्क बुझाई नविकरण गर्नु हुन र नयाँ सदस्य बन्न ईच्छुक महानुभावहरुले सदस्यता फारम भर्नको निम्ति अनुरोध गरेको छ । सदस्यता नविकरण गर्न वा नयाँ सदस्यता लिनको लागि अन्तिम मिति जुन २६-२००९ साँझ ६ बजे सम्मको लागि तोकिएको समाजका अध्यक्ष दिपक भेटवालले जानकारी दिनु भयो ।
Posted in समाचार
सन्ध्याग्रुप अलखोर कतारद्वारा कलाकारहरु सम्मानित
सन्ध्याग्रुप अलखोर कतारद्वारा कलाकारहरु सम्मानित
इखालु रमेश गेलाल,अलखोर,कतारबाट
प्रवासमा रहेर पनि बिगत सात बर्षदेखि नेपाली भाषा साहित्य कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा लागि परिरहेको सन्ध्या ग्रुप अलखोर कतारले गत अपि्रल १७ मा आयोजना गरेको मनोरन्जन साँझ २०६६ मा आफ्नो कला प्रश्तुत् गर्ने कलाकारहरु तथा बिबिध क्षेत्रबाट सहयोग पुर्याउँने महानुभावहरुलाई गत शुक्रवार सन्ध्या ग्रुपको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्यो ।
ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाको सभापतित्व तथा एन.आर.एन.ए आइसीसीका सचिव सागर नेपालको प्रमुख आतिथ्य एवं ग्रुपका संरक्षक बिष्णु के.सीको बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सन्ध्या नेपाली पुस्तकालयका थिरराज खनाल, अनेसास कतारका इखालु रमेश, मनकामना सांस्कृतिक समुहका डम्बरदेव ओझा, ग्रुपका संस्थापक अध्यक्ष सुरज तामाङ, अलदला कम्पनीकी सुपरभाइजर सावित्री गिरी, अलमिस्नाद कम्पनीका सुभरभाइजरद्वय तिल ब. बुढाथोकी, ओम बानिया चर्चित गिटारीष्ट जोयल परियार नृत्य निर्देशकद्धय फुर्वा योाजन, जय ब. मगर लागायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो । प्रमुख
अतिथी नेपालद्धारा दिप प्रज्वलन गर्नुको साथै बालकलाकार अस्मिता नेपालद्वारा मनोरन्जन साँझ २०६६ समापन अंकित केक काटी राष्ट्रिय गानका साथ सो कार्यक्रमको उद्घाटन गरिएको थियो भने ग्रुपका उपाध्यक्ष थर्चा लामाद्वारा स्वागत गरिएको थियो ।
चिन्तामणी बि.क एवं वविन बियोगीद्वारा संयुक्त रुपमा संचालीत सो कार्यक्रममा नृत्य निर्देशकद्धय फुर्वा योाजन, जय ब.मगर संगीत तर्फ चर्चित गिटारिष्ट जोयल परियार,हर्क लामा, मनोज गहतराज,रमेशका साथै गायनतर्फ राजकुमार श्रेष्ठ, प्रेम अर्याल, डम्बरदेव ओझा, देव गहतराज, मनोज बि.क,सन्त तामाङ, सावित्री गिरी, मीना तामाङ, सानु याख्खा, लगायतका कलाकारहरु सम्मानीत भए । त्यसैगरि पवित्रा लामा, मन्जु थापा, सोनी लामा, जुनी नेपाली, सिर्जना तामाङ, बिमला आले, सुरज तामाङ, रोसन बुढाथोकी, सन्तोष कुवँर, जीवन बुढाथोकी, सेरु थापा, लगायतका
कलाकारहरु सम्मानित भएका थिए । त्यस्तै मनोराजन साँझ २०६६ सफल बनाउनको निम्ति बिबिध क्षेत्रबाट बिशेष सहयोग पुर्याउँनु हुने बिजय कुमार यादव, खेम भण्डारी, दिलिप अधिकारी, इखालु रमेश, लगायतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने कार्यक्रमलाई अत्यन्तै सफलतापूर्ण ढंगले सम्पन्न हुनको निम्ति अतुलनिय भूमिका खेल्नु हुने कार्यक्रम संयोजक बिष्णु के.सी र व्यवस्थापक धनेश्वर जिसीलाई सन्ध्याग्रुपको तर्फबाट बिशेष धन्यवादका साथ कदर पत्र प्रदान गरिएको थियो ।
सम्पूर्ण कलाकारहरुलाई प्रमुख अतिथी बिशेष अतिथी
ग्रुपका अध्यक्षका साथै संस्थापक अध्यक्ष सुरज तामाङ लगायतका हातबाट प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो । त्यसैगरि सामाजिक क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा लागि परिरहनु भएका, अझ सन्ध्याग्रुप अलखोरका निम्ति अहोरात डटीरहनु भएका बिजय कुमार यादवले कलाकारहरु लगायत मनोरन्जन साँझमा बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने महानुभावहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट व्याग तथा टिसर्ट उपहारको रुपमा प्रदान गर्नु भएको थियो ।
त्यसैगरि सो कार्यक्रममा प्रमुख अतिथी नेपालले सन्ध्याग्रुपले नेपाली कला र संस्कृतिको बिकाश र संरक्षणका निम्ति गर्दै आएका गतिबिधीहरु साँच्ची नै अनुकरणीय रहेको बताउँदै भावि दिनहरुमा अझ शशक्त ढंगबाट अघि बढेर जानु पर्नेमा जोड दिदै शुभकामना दिनु भएको थियो । बिशेष उत्साहका साथ सम्पन्न सो कार्यक्रममा सम्मानीत कलाकारहरु हर्षबिभोर देखिन्थे । सो कार्यक्रममा बोल्दै संयोजक के.सी एवं व्यवस्थापक जिसीले कार्यक्रम सफल बनाउन उत्कृष्ट कला प्रश्तुत गर्ने कलाकारहरुका साथै बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउँने हुने व्यक्ति तथा संघ संस्थाहरुलाई बिशेष धन्यवाद प्रदान गर्नु भएको थियो ।![]()


Posted in समाचार
छुट्टी जाने तरखर गर्दै गर्दा मृत्युको मुखमा
छुट्टी जाने तरखर गर्दै गर्दा मृत्युको मुखमा
इखालु रमेश गेलाल ,कतारबाट ।
बैदेशीक रोजगारीको शिलशिलामा कतारमा बढ्दो नेपालीहरुको संख्यासँगै बिबिध कारणवस अकालमा मृत्यु हुनेहरुको संख्या समेत बढ्दै गएको छ ।
ह्रदयघात,सडक दुर्घटना,कार्यस्थल दुर्घटना,आत्माहत्या जस्ता कारणले मृत्यु हुनेहरुको संख्या कतारमा अधिक रहेको पाइएको छ । नयाँ ठाउँ वातावरणीय प्रतिकुलताको असरले प्रभावित श्वास्थ्यमा हेलचक्रयाई गर्नाले समेत खाडीमा मृत्यु हुनेहरुको संख्या बढि रहेको पाइएको छ ।
यसै क्रममा सनैया स्थीत प्रोफेस्नल सेक्युरिटी सर्भिस कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत राम्चे-४,बाह्रबिसे बजार सिन्धुपाल्चोक घर भएका ऋषिराम ढकालका छोरा यादव ढकालको गत शुक्रवार कमजोर रक्तचापका कारण मृत्यु भएको छ । साधारण रुघाखोकी र ज्वरोले प्रभावित भएका ढकालको रक्तचाप अत्यन्तै कमजोर भएपछि गत बिहिवार साँझमा अस्पताल पुर्याईएको थियो । तथापी श्वास्थ्यमा कुनै सुधार नआएपछी शुक्रवार बिहान ८ बजे उन्को मृत्यु भएको थियो । घरमा दुई छोरिएक छोरा बुवा र आमा रहेका ढकाल छुट्टी जाने तरखरमा थिए भने उनकी श्रीमती भने बैदेशीक रोजगारीकै शिलशिलामा हाल इजरायलमा रहेको कुरा निजका निकट श्रोतले जनाएको छ । हाल ढकालको शव स्वदेश फर्काउन निम्ति प्रकि्रया चलिरहेको निज कार्यरत कम्पनीले बताएको छ ।
Posted in समाचार
सांगीतिक सागरमा डुब्यो अलखोर
इखालु रमेश गेलाल
अलखोर,कतारबाट ।
ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाको सभापतित्व तथा नेपाली दुतावास कतारका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा अलमिस्नाद सर्भिसेजका मेनेजर सामी कायद,कतार ग्याँसका फेडि्ररिक गुइगुइस एन.आर.एन.ए.आइ.सी.सीका सचिव सागर नेपाल एन.आर.एन.ए.आइ.सी.सी कतारका प्रतिनिधी टि.बी.कार्की, नेपाली आदिवासी जनजाती महासंघका अध्यक्ष
अमृत गुरुङ, नेपाल कतार महासंघ कतार शाखाका अध्यक्ष कुमार कार्की, अनेसास कतारका अध्यक्ष दिपक भेटवाल, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका प्रबन्ध सम्पादक आशिष शेरचन, अरव व्युरो दिपक पौडेल लगायत कतार स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।दुई चरण गरि सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी तथा बिशिष्ट अतिथीद्वारा व्यानर अनावरण गरि उद्दघाटन गरिएको थियो भने सांगीतिक समुहको प्रत्यक्ष संगीतका साथ नेपाली राष्ट्रिय गान गाइएको थियो । सन्ध्या ग्रुपका संरक्षक तथा सो कार्यक्रमका संयोजक बिष्णु के।सीले मन्तव्यद्वारा उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो भने नेपाली प्रमुख अतिथी रामकाजी खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तिल बहादुर बुढाथोकीद्वारा संचालन गरिएको पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभापति ग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाले ग्रुप यसका गतिबिधी र सो कार्यक्रमलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभयो ।
नेपाल र कतार बिचको मित्रता झल्कने गरि आकर्षक रुपमा सजाइएको मन्चमा पहिलो चरणको कार्यक्रमको समाप्तीसँगै शुरु भएको दोस्रो चरणको सांगीतिक कार्यक्रममा जोयल परियार, हर्क लामा, देवु गहतराज, मनोज गहतराज, रमेश, नबु गहतराज लगायतको समुहले बिदा पूरानो साललाई……स्वागत नयाँ साललाई बोलको स्वागत गीतले उपस्थितहरुलाई सांगीतिक स्वागत गरेका थिए भने मेरो हातमा खुकुरी त उस्को हातमा झण्डा…… बोलको गीतमा
सुरज तामाङ, चिन्तामणी बिक, थर्चा लामा, सन्त तामाङ, जुनी नेपाली, सोना लामा, पवित्रा लामा, मन्जु थापा, लगायतको सामुहिक नृत्यले दर्शकलाई नेपाली हुनुको गर्वमा चुर्लुम्म डुबाएको थियो । देव गहतराजले कहाँ होला घरवार……बोलको गीतमा दर्शकलाई नचाउन सफल भए । त्यसैगरि तामाङ सेलोमा सिर्जना तामाङ, सुरज तामाङ, बिमला आले, हरिचन्द्र श्रेष्ठको सामुहिक प्रश्तुतीले बिबिध कला संस्कृतिको समावेसीपन छर्लङ पारेको थियो भने सन्त तामाङको तिम्रो आँखा…… बोलको गीतले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेको थियो ।नेपाली कार्यक्रम भएतापनि उल्लेख्य रुपमा गैह्र नेपालीहरुको उपस्थितीलाई मध्यनजर गर्दै केही हिन्दी गीत तथा नृत्य समेत प्रश्तुत् गरिएको थियो । सोहि क्रममा चनेको खेतमे….. बोलको गीतमा नृत्य गरेकी माजु थापाले दर्शकलाई कुसी छोडेर नाँच्न बाध्य बनाइन भने रोशन, तारावीर, भिम, जीवन,को सामुहिक नृत्य रहेको सोनी दे नाकी दे………मा पनि दर्शकहरु उत्तिकै झुमे । त्यसैगरि मनोज
बिकले प्रश्तुत् गरेको छुकर मेरे मनको…… बोलको गीत उत्कृष्ट रहेको थियो । हरिचन्द्र र बिमलाको सुसेलीले बसन्तलाई……… बोलको गीतमा गरेको नृत्य होस् या सुरज र सिर्जनाको कालो चस्मा…….बोलको गीतमा होस् या त बिरेन्द्र कुमार याक्थुम्वा र मन्जुको सुर्खेतमा बुलबुलमा ताल…… बोलको गीतमा गरेको प्रश्तुतीले होस् दर्शकहरु नाँच्न बाध्य भएका थिए । कार्यक्रमलाई भावुकता तिर डोर् याउँदै राजकुमार श्रेष्ठले अन्तिम पटक भेट्न आउ……॥ बोलको गीत गाए भने प्रेम अर्याल छाडी मलाई नजाउ है……।बोलको गीतमा चुर्लुम्म डुबे । बालकलाकार अस्मिता नेपालले माइतिघर माइतिघर……। बोलको गीतमा गरेको नृत्य भित्रको परिपक्वता अनि अस्मिताको कलालाई सम्मान नगरी दर्शक रहन सकेनन् । त्यसैगरि शेरु थापाले कमेडी नृत्यमा दर्शकहरुलाई पेट मिची मिची हाँस्न बाध्य बनाए भने फुर्वा योाजनको मारुनी नाँचमा दर्शकहरु मन्त्रमुग्ध भएर अवलोकन गरे । त्यसैगरि सुरज हरि थर्चा चिन्ता जुनी सोना मन्जु र पबित्राको पात बजाउँदै बोलको गीतमा सामुहिक नृत्य आकर्षक रहेको थियो । बिमला, सिर्जना, मन्जु लगायतको एकल नृत्य प्रश्तुतीसँगै दर्शकदिर्घा मनोरन्जनको सागरमा चुर्लुम्म डुबेका थिए । डम्बरदेव ओझा, प्रेम अर्याल, सावित्री गीरी, मिना तामाङ लगायत मनकामना सांस्कृतिक परिवारको प्रश्तु
ती सुपारी चाम्रो बोलको लोक दोहोरीले कार्यक्रमलाई लोकदोहोरीमय बनाएको थियो । कार्यक्रमको आकर्षणको रुपमा रहेका जोयल परियार हर्क लामा देवु गहतराज मनोज गहतराज रमेश नबु गहतराज लगायतको समुहले सम्पूर्ण कार्यक्रमको पाश्र्वसंगीतलाई समेटेका थिए । कार्यक्रमको अर्को आकर्षण रह्यो जोयल परियारको गीतार बजाउने कला । दाँतको भरमा होस् या ढाडमा राखेर होस् उनको गीतार प्रतिको मोह र कलालाई दर्शकले अत्यन्तै रुचाए । यसरी बिबिध गीत संगीत तथा नृत्यलाई समेटेर मनोरन्जन साँझ २०६६ को रुपमा दर्शकहरुका निम्ति पस्किएको सन्ध्या ग्रुपले बिक्री गरिएका टिकटहरुको नम्बरमा भाग्यशाली बम्पर उपहार समेत समावेस गरेको थियो । कार्यक्रमको मध्यभागतिर बिशिष्ट अतिथी सामी कायद कार्यक्रम संयोजक बिष्णु के.सी र बिजय यादव लगायतको सहभागितामा बालकलाकार अस्मिता नेपालले निकालेका चिट्ठा अनुसार टिकट नं।३५० ९९१ १४२४ ३८९ र ५०७ क्रमशः पहिलो दोस्रो तेस्रो चौथो र पाँचौ पुरस्कारका निम्ति बिजयी भएका थिए । त्यसैगरि छैठौं सान्त्वना अन्र्तगत ६१५ ५०६ ५०८ ३८८ १४७० बिजयी भएभने सातौं सान्त्वना अन्र्तगत १७०० १८०५ १८१५ १६५४ ८२९ ८३० ७२१ ९९५ ८२८ र १४७८ टिकट नम्वर बिजयी भएका
थिए । सोहि कार्यक्रमको अवसर पारेर गोधुली सांस्कृतिक समुहले आफ्ना सदस्यहरुको उपस्थितीमा आफ्नो दोस्रो प्रश्तुती मौन नजर गीति एल्वम बिशेष अतिथी एन.आर.एन.ए आइसीसीका सचिव सागर नेपालद्वारा बिमोचन समेत गर्यो । बविन बियोगी र सानु याख्खाले आकर्षक र लोभलाग्दो ढंगमा आफ्नो कला प्रश्तुत् गर्दै दोस्रो चरणको सांगीतिक कार्यक्रम संचालन गरेका थिए । तिन हजार भन्दा बढि दर्शकहरुले अवलोकन गरेको सो कार्यक्रमका सम्पूर्ण नृत्यहरुको निर्देशन नृत्यनिर्देशकद्धय फुर्वा योन्जन र जय बहादुर आलेमगरले गर्नु भएको थियो । बिगतका प्रवासका कार्यक्रमहरुको अनुभव बटुलेको दर्शकहरुका अनुसार प्रवासमा आयोजना गरिदै आएका नेपाली सांस्कृतिक कार्यक्रमहरुमा हालसम्मकै सफल र उत्कृष्ट कार्यक्रम रहेको बताए । कार्यक्रम
अत्यन्तै सौर्हादपूर्ण पारिवारिक वातावरणमा सम्पन्न भएको थियो । परिवार सहित उपस्थित भएका स्वदेशी तथा बिदेशी दर्शकहरुको साथै कतारमा कार्यरत नेपाली चेलीबेटीहरुको समेत अत्यधिक उपस्थीती रहेको थियो । धनेश्वर जीसीको कुसल व्यवस्थापनमा सम्पन्न सो कार्यक्रम प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षणका पक्षमा पूर्णत लगाव सवल देखिएको थियो ।Posted in समाचार
गजल (लेखराम सापकोटा)
लेखराम सापकोटा
के दिउं जवाफ तिमीलाई मैले हाम्रो कहानी अधुरो लागे
संगाली राख हृदय माझ यो जिन्दगानी अधुरो लागे
आउनेछ एकदिन देखाउने पालो दुनियाँलाई नढाटीकन
देखाई दिन्छु चिरेर छाती चोखो निसानी अधुरो लागे
सजिलो होला तिमीलाई तर हराऊदैन यी आँखाबाट
कसरी बिर्सु मायाको ठेकी सानो मदानी अधुरो लागे
सुकेको आंत लिएर आउथ्यौ बारम्बार पधेरो खोज्दै
के भनौ मैले तिमीलाई अब मेरै पानी अधुरो लागे
सापटी मागी मखमली सुवास कसरी हांसू एक्लै बसी
हामी सुतेको एउटई ओछ्यान उही सिरानी अधुरो लागे
Posted in Uncategorized
अलखोरमा “मनोरन्जन साँझ-२०६६”
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृती र साहित्यको बिकाशमा योगदान पुर्याउँदै आएको सन्ध्या ग्रुप अलखोरले नेपाली नया बर्ष २०६६ को अवसर पारेर “मनोरन्जन साँझ-२०६६” को आयोजना गर्ने भएको छ ।
आगामी अप्रिल १७ तारिख शुक्रवारका दिन अलखोर स्थीत अलमिस्नाद क्याम्पको प्राङ्गणमा हुन गइरहेको सो कार्यक्रमका लागि ग्रुपका संरक्षक बिष्णु के.सीको संयोजकत्व तथा चिन्तामणी बिकको सहसंयोजकत्वमा पन्ध्र सदस्यीय कार्यक्रम आयोजना समितिको समेत गठन गरिएको छ भने कार्यक्रम व्यवस्थापक धनेश्वर जीसी रहनु भएको छ । स्वदेशमा समेत बिभिन्न कला मन्दिर तथा बिबिध म्युजीक भिडीयोहरुमा नृत्य निर्देशकको रुपमा काम गरि सकेका निर्देशकद्धय जयबहादुर आलेमगर र फुर्वा योञ्जनको निर्देशनमा स्थानीय कलाकारहरुको बिशेष सक्रियतामा आयोजना हुन गइरहेको सो कार्यक्रममा लोक, आधुनीक, पप, कमेडी, भोजपुरीका साथै दोहोरी गीत लगायतका सबै बिधालाई समेटेर दर्शकका निम्ति यथेष्ट मनोरञ्जनका कोशेली पस्कने कार्यक्रम आयोजक समितिले जनाएको छ । सो कार्यक्रममा पुर्ण रुपमा नेपाली कला, संस्कृतीको साथै बिविध एकाङ्की नाटकहरुको समेत प्रश्तुती रहने बताइएको छ
बिरालोको घाँटीको घाँडो भो जीन्दगी(इखालु रमेश )
गजल
बिरालोको घाँटीको घाँडो भो जीन्दगी
पैतलामा बिझेको काँडो भो जीन्दगी
न मान्छे भई जीउन सकियो न त केहि गर्न
फुटेको स्टीलको भाँडो भो जीन्दगी
अल्छीपना बढ्दै गई आत्माबिश्वास तुहिएपछी
पहिरोले चिथोरेको डाँडो भो जीन्दगी
तातो रगत छउन्जेल नी भेडो बन्नु परेपछी
दुनियाँले फ्याँकेको ठाँडो भो जीन्दगी
जती कोशीस गर्दा पनि समयले पछारेछी
लाग्छ जन्म लिने क्रममा चाँडो भो जीन्दगी
- इखालु रमेश
बिना बिरुवा हरियाली ( इखालु रमेश )
गजल
बिना बिरुवा हरियाली वन कहाँ छ र
तिमीसँग दुर हुने मन कहाँ छ र
बिछोडीनु पर्दा आफ्नो माटो अनि मुटुसँग
जीवीत शब नबनेको तन कहाँ छ र
चिल्ला सडकअग्ला महल हजारौको भिड बिच
जती हाई-हाइ भएपनि आफ्नोपन कहाँ छ र
जतिसुकै पुरिएपनि द्रव्य अनि जुहारतले
माया भन्दा ठुलो धन कहाँ छ र
निशा अनि उषाहरुमा भक्कानिएर रुँदा मुटु्
नरोउ भन्दै साथ दिने जन कहाँ छ र
- इखालु रमेश
तिम्रो याद र सम्झनाले(इखालु रमेश)
तिम्रो याद र सम्झनाले नरोएको रात छैन ।
पानी सरी पिउँछु रक्सी तर पनि मात छैन ॥
सपनीमा ढक्ढक्याउँदा मेरो दिलको ढोका तिम्ले
लाटो बन्छु तिम्रो सामु बोल्ने कुनै बात छैन ॥
व्यन्जनको थुप्रो वीच भोको बनि छट्पटाउँदा
मेरो लागि पस्की दिने तिम्रा कोमल हात छैन ॥
निश्चल चोखो मायाँ तिमीलाई मेरी धड्कन तिमीनै हौ
इखालु को सच्चा प्रेममा छलकपट र घात छैन ॥
तिम्रो याद र सम्झनाले नरोएको रात छैन ।
पानी सरी पिउँछु रक्सी तर पनि मात छैन ॥
-इखालु रमेश
तिमीसगँको अव्यक्त आत्मियता(इखालु रमेश गेलाल )
उनिशा,
बेचैनीका पलहरु पिडादायी छन् । तनिय घाउ छैनन् तर पिडा असह्य छ । मन न मरेको छ न बांचेको छ सायद यो घाइते छ । त्यसैले तड्पी रहन्छ असह्य बनेर र बनाएर । वर्तमानका बेचैनीहरु अतीतका ती सरस क्षणको बिछोडको रुप हो जस्तो लाग्छ । नत्र किन तिमीसँगको अव्यक्त आत्मीयता दयावान बन्दै मलम बन्न आइपुग्छ र थाल्छ सुम्सुम्याउँन हरेक उषा र निशाहरुमा । छोटो समय पनि मिठो हुन्छ यदी त्यस भित्र स्वार्थीय झोलको राग मिसीएको छैन भने । त्यसैले त भन्न सक्छु निर्धक्क भएर यदी प्रेम कामवासना तृप्तीको साधन होईन भने अंगालो भरिको प्रेम गर्छु तिमीलाई म । किन किन पाइला चलेनन् अगाडी । लाग्यो कामवासनीय तुच्छ सोचको नजर अन्दाज लगाउथ्यो त्यो भिडले । त्यसैले तिमी पश्चिम फर्किदा दिशा परिवर्तन गरेर हाँस्न पुगे । तिमीले तान्दा तान्दै पनि तल अनकण्टारमा खस्न पुगे । आफनो परिचयको दहन गरेर पैचो मागेको परिचय ओढेर वौद्ध मार्गीय सिढी उक्लदा लागेथ्यो म माथि हैन तल जादैछु बर्तमान हैन कल्पना खाँदैछु । कल्पनामा बरालिएर बर्तमान ननिचोरेको भए पिडा बिक्थ्यो की कतै बजारमा निश्चल चोखो र रगतको नाता बिके झै । ढुक्क हुन सकेको छैन बर्तमानमा किनकी बर्तमान बसाई सरेको छ एकागरता आत्मियता र समित्यताको बस्तिबाट निरस अट्टहास र वालुवाको बस्तिमा बेनाम लावरीस बनेर । बस् भन्न सक्छु सम्झना गरे है मलाई !!
हुन त जीन्दगीको गतीमा ज्यामितिय रुपमा भाज्याङ र चौतारी नभेटिएका होइनन् तर खै ! तिमीसँगको अधुरो भेट साँच्चीकै मानसपटलको तस्विर नै बन्यो । कुनै कुशल चित्रकारले समायोजन गरेको दोहोरो भूमिकाको रङीन क्यानभास जस्तो । काँधमा काँध जोडेर उषाले निशालाई अनि निशाले उषालाई बोलाई रहे जस्तो । खैर ! भोलीलाई कस्ले चुम्ला र ! त्यसैले बर्तमानमा धित मरुन्जेल वास्तविकता चुम्नु पर्छ । जवकी भूगोलको अलग अलग धु्रवले समीकरणको रुप लिओस र ठोक्नीन पाइयोस निश्चल भावपूर्ण अक्करहरुमा । जब कल्पनाले भूगोलको दुरी खिचेर अलग अलग ध्रुवलाई अंगालोमा बेरी दिन्छ यदी बेदाग र बेकपट धु्रविय मनहरु भएमा । तब त्यहाँ सम्भाव्यता रहन्छ निर्मल र निश्वार्थ सम्बन्धको । होइन र ? परेवा र कागले बोक्ने सन्देशलाई आजकल विज्ञानले कुरीकुरी गरिसकेको छ । त्यसैले त हामी आफ्नो मृत्युमा पनि रमाउन सकेका छौं । यसको भरपुर सदुपयोग गर्न अल्छि पक्का पनि गर्ने छैनौ तिमीले भन्ने मलाई लागेको छ ।
तर खै ! तिमीसँग बेतार प्रबिधीको बुई चढेर भएको संवादले कता कता अमीलो र घुर्मैलो बनेको छ मन । त्यो पल मलाई लोप्पा ख्वाउन आईरहन्छ मैले आत्मियताको दियो बाल्न खोज्दा हुरी बनेर । त्यो बेला त लाग्छ मैले बढाएका आत्मियताका पाइला काँडे चट्टानमा पो परेछ । थाहै नपाई निकटता बसाँइ पो सरेछ । त्यसैले त भन्छ्यौ !! “मित्रताको खोल ओढेर कुटील सम्बन्ध गाँस्छन् यहाँ स्वार्थ परिपूर्तिको अट्टहास हाँसो हाँस्छन् यहाँ । तँ पनि त त्यही माटोको त्यही बाटोको अनि त्यही वंसाकृत रुप न होस् । जम्मामा उहि ड्याङको मूला । त्यसैले भो नआइज निकट मेरो शान्त र इज्जतदार यात्रामा अप्ठ्यारो भिर बनेर ।” 
खैर !! चर्मचक्ष्का अन्दाजा आ-आफ्नै हुन्छन् । अन्र्तदृष्टिनै अटल र निर्मल आत्मियताको कसी हो । आवरणमा घोत्लिएर उपसंहार पृष्ठसम्मको समिक्षा गर्नु क्षणिक उत्तेजना हो । पलभरमा नै अस्तित्व विहीन बन्न सक्ने निश्चितता बोकेर आवेगमा चोइटिनु कुन्ठित मानसिकता हो भन्ने मलाई लाग्छ । अनयासै उर्लिएको यो मनको भेललाई निसन्देह तिमीसम्म हुत्याएको छु हिम्मत गरेर किनकी यदी सन्तानोत्पती कि्रयालाई तिरस्कार गरेर त्यस्तो कुनै आत्मिय सम्बन्ध बन्छ भने त्यो सम्बन्ध गाँसेको छु मैले तिमीसँग । र त फेरि पनि भन्छु प्रेम कामवासना तृप्तीको साधन होइन त्यसैले अंगालो भरिको प्रेम गर्छु तिमीलाई म । निर्मल निश्चल अजर अमर र निश्वार्थ प्रेमील शुभकामना तिमीलाई प्रेमदिवसको ।
खोटाङ बजार-१ खोटाङ।
E-mail : ikhaluramesh@yahoo.com
Posted in पत्र-साहित्य | Tags: पत्र-साहित्य
पाथिभरा युवासेवा समाजको चौंथो साधारण सभा सम्पन्न
भोजराज श्रेष्ठ, दोहा कतार ।
बिदेशको सहकारी स्वदेशको रोजगारी भन्दै सम्पूर्ण ताप्लेजुङवासीहरु एक होऔं भन्दै दोहाको टपफर्म रेस्टुरेन्टमा जनवरी ३० तारिखका दिन लक्ष्मी गुरुङ सभापतित्व, नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आथित्य, एनआरएनए आईसिसिका सचिव सागर नेपालको विशेष आतिथ्यमा पाथिभरा युवासेवा समाजको चौंथो साधारण सभा सम्पन्न भयो ।
उक्त कार्यक्रममा व्यानर उद्घाटन र दिपप्रज्वलन रामकाजी खड्का र सागर नेपालले गर्नु भयो भने स्वागत मन्यव्य हिमाल मैनालीले दिदै कार्यक्रमको सुरुवात भएको घोषणा गर्नु भएको थियो सो कार्यक्रमलाई शोभा वढाउनका लागि एनआरएनए कतार च्याप्टरका अध्यक्ष कमलमणी गुरागाई प्रवासी नेपाली सम्पर्क माचका अध्यक्ष वीरवाहादुर थापा, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका दिपक पौडेल, नविल वैंकका महताव आलम, नवोदित साहित्यिक वाचनालयका महेन्द्र अदृष्य, झापाली सम्पर्क माचका उपाध्यक्ष वीर वहादुर दर्नाल, नेपाली जनप्रगतीशिल मचका होमनाथ शर्मा, नेपाली आदिवासी जनजाति संघका विभागिय सचिव एन.वी साँवा लगायत संस्थावाट प्रतिनिधित्व गर्नु भएको थियो ।
उक्त कार्यक्रमका क्रममा वोल्दै प्रथम सचिव रामकाजी खड्काले अहिले आईरहेको विश्व आर्थिक मन्दिले नेपाललाई पनि अछुतो नरहेको हुँदा यँहाको कुनै पनि कम्पनीले नेपाली कामदारहरुलाई आर्थिक मन्दीको कारण फिर्ता हुने अवस्था सिर्जना भयो भने दुतावास साथै यँहाका संघ संस्थालाई पनि खवर गर्न अनुनय गर्नु भयो साथै हिजोका दिनमा हामीले हरेक तवार र तप्कावाट आर्थिक सामाजिक राजनीतिक सास्कृतिक रुपमा कमजोर र सदस्यको संख्यामा न्युन रहेको कारण हामीले सेवाग्रहिका हिसावले पूर्ण रुपमा काम गर्न नसकेको तर अहिले हामीले त्यो भन्दा दोव्वर काम र सेवा उपलव्ध गराउन सफल भएको खुलासा दिनु भयो नेपाल सरकारको कुटनीति आयोगले कुनै पनि काम हतारमा गर्ने हुदा यँहा धेरै नै नेपालीहरु फसेको हुँदा यसको जड भनेको नेपालका मेनपावर एजेन्सीहरु र यँहा त हाँगा मात्र रहेको हुँदा नेपाल सरकारले नै यसको वारेमा उचित कदम चाल्नु पर्नेमा जोड दिनु भयो त्यसै क्रममा नवोदितका महेन्द्र अदृष्यले अवका दिन भनेको संविधान लेख्ने समय हो त्यो भएर कुनै पनि लेखक वा साहित्यकार साथीहरुले पनि साहिली माहिली साथै वोतल ठर्रा माया प्रेमका कुराहरुलाई लेख्ने वेला हैन यो समय भनेको नेपालीको लागि गौरवशाली समय हो यसको हामी सवै प्रवासी तथा सम्पूर्ण नेपालीले सदुपयोग गर्नु पर्छ भन्दै आफ्नो कविता वाचन गर्नु भएको थियो । वुद्धिजीवी तथा आदिवासी जनजातिका विभागिय सचिव एन.वी साँवाले हामीले नेपाललाई वर्गिकृत नगरीकन यस्तो समृद्धशाली तथा अखण्ड राज्य वनाउनु पर्छ ताकि हामी कुनै पनि वर्ग क्षेत्रलाई नहेरी संविधान वनाईयो भने हामीले सोचे जस्तो नेपाल हेर्न सक्छौ किनकी एउटै फूलको माला वनाउदा रंगीवीरंगी फूलहरुलाई सजाउन सकेको खण्डमा हामी कर्मठ देश वनाउन सकिने कुरालाई व्यक्त गर्नु भएको थियो भने ताप्लेजुङका वुद्धिजीवी ललित मावोले हाम्रो ताप्लेजुङ भनेका ५० वटा गाउँ विकाश समिति भएको जिल्ला भएकोले बिभिन्न उपसमितिहरु वनाएर केन्द्रिकरण गर्न सक्यौ भने हामीले समाज विकाशमा पनि ठूलो योगदान साथै पहल हुनेछ । हामीले यस संस्थाको सहकारीलाई अगाडी वढाउन सकेको खण्डमा यो संस्था कतारकै नमुना संस्था रहने भन्दै जिकिर गर्नु भयो ।
उक्त कार्यक्रमको वार्षिक प्रतिवेदन र कार्यपत्र दुर्गा प्याकुरेलले प्रस्तुत गर्नुभयो भने बन्दसत्रको कार्यक्रम पस्चात पुरानो कार्यकारिणीलाई फेरवदल गर्नको लागि नयाँ कार्यकारिणी दर्ता गराउने क्रममा अध्यक्ष वाहेक सवै निर्विरोध नियुक्त हुनु भएको थियो भने अध्यक्षको लागि भने संसदिय प्रणालीद्धारा भोटिङ सिस्टमवाट नियुक्त गरियो । सो भोटिङको क्रममा जम्मा ५० भोट झरेकोमा राजेश प्रसाईले ३७ भोट र दुर्गा प्याकुरेलले ११ भोट पाउँनु भयो भने २ वटा भोट खारेज भएको जानकारी निर्णयक भूमिकामा रहनु हुने सागर नेपाल, हरीज्वाला घिमिरे र राम गुरुङले सवैको सामु प्रस्तुत गरि दिनुभएको थियो । नयाँ कार्यकारिणीमा अध्यक्ष राजेश प्रसाई, उपाध्यक्ष वल वहादुर महत र राजेन्द्र दाहाल महासचिव सागर भट्टराई, सचिव गोपाल खतिवडा, कोषाध्यक्ष खड्ग पाठक सदस्य महेन्द्र गुरुङ, जयकुमार थेवे, नारायण गुरागाँई, किशोर घिमिरे, दिपक सिग्देल, माधव भट्टराई, भगिरथ सुनुवार, बिमल सेनेहाङ, बिनेश खतिवडा र अमृत ऐभेङ नियुक्त हुनु भयो । सो नव नियुक्त पदाधिकारीलाई निर्णयक मण्डलीले शुभकामना र वधाई आउने दिनमा अग्रगामी सोच र नयाँ परिवर्तन गर्न एक वर्षको कार्यकाललाई सुसंगठित वनाउन प्रेरणा पनि दिनु भयो कार्यक्रमलाई साहित्यमय वनाउन कविता गजल वाचन गरेर कार्यक्रमको रौनक प्रदान गर्दै उक्त कार्यक्रम दिलकुमार साँवाले साचालन गर्नु भएको थियो ।
Posted in समाचार
अनुरित्त प्रश्न (ऋचा शर्मा तिवारी)/ कथा
- ऋचा शर्मा तिवारी
उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ गरे तर जति गफ गरे आफैले विसे । उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो । उसको अफिसबाट घर तिर लागे मन नलागीकन उनको स्मृतिहरु लिएर ।
रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढ्यो अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुँ कसो गरुँ को अवस्थामा थिए म । एक कप चिया बनाए झ्याल निर बसेर बाहिर हेर्दै चिया पिइरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहु जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झ्यालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसँग फर्केर आइन मेरो घर तिर हेर्दै गइन । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।
म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे सायद साथीसँग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाँसेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसँग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एक किसिमको चिसो भयो मन । उनलाई देखेर मन हाँस्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन । म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेरी रहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी । उसले मलाई देखि हाँसी । म मनमनै गद्गद भए ।
अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर् यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्यो मैले मौन रुपमा हो भने । सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है उसले केहि भन्न सकेन मौन भयो । उसले सोध्यो किन के कारण हो जागीर खाने भन न मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन । लक्ष्य बनिन उनी प्राप्ती का लागी । राजेशले मेरो कुरा काट्न सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो । म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा धेरै राम्री देखिएकी थिइन उनी ।
उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए । नजिकै थिइन उनी लजाइन । गाजलु ती आँखाहरु मानौ मलाई हेर्न नै व्यस्त थिए म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।
आज तिम्रो परिचय एकजना सँग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न उसले हेर्न भेटे पछि आफै थाहा पाउछँस । मेरो मनले सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसँग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु । राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।
म के बोल्ने भनेर सोच्न थाले तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे । उनले पनि कति विचारहरुमा सहमती जनाइन । ज्यादै शिष्ट थिइन । म मनमनै धेरै हर्षीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएको मैले अह ! भने । म लिन्न सायद आभाले थाहा पाई । म उसँग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागि । नजिक रहनका लागिअपनत्वका लागि । हामी धेरै बेर बातचीत गरिरहयौ । यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजी दिनुहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले । होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही । राजेशको कुरा सुनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।
पसर्ीपल्ट अफिसमा गए । उनी आएकी थिइनन् । मन लागेन अफिसमा बस्न । छटपटि भयो उनलाई हेर्न मन लाग्यो । ढिलो आइन उनी अफिस । मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने । उनी झस्कीन पछाडि म थिए उनले थाहा पाइनन् । विस्तारै पछाडि हटिन म निर ठोकिइन् झंसग भइन । आखाँ हेर्न पनि सकिनन् उनले । मैले सोधे यस्तो माया लाग्छ मेरा । उनी लाजले भागिन । केहि बोलिन म अफिसबाट उठेर हिडे रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन । भोलिपल्ट सर हिजो कहु भागेको भनेर जिस्कीयो मैले होइन अलि साचो भएन भने । उसले केहि बोलेन । दिनभर काम गरे साझँ अफिसबाट हिड्न लागेको थिए आभाले सर म पनि जान्ो नि भनि । मैले ल आउ न त भने । हामी बाटोमा गफ गर्दै गयौ । थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।
घर आयो । विछोडको समय आयो । मनमा नरमाइलो लाग्यो । उनले सर म गए ल भनी मैले केहि बोल्न सकिन । निश्ाब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए । उनी मेरो कोठामा आइन । ल कहु जान लागेको तपुइ म तपाँईलाई भेटन् आएको भन्दै आईन । मैले ए आउ न त भने । हामी बस्यौ गफ गर्न लाग्यौ । समय वितेको थाहै भएन रात परेछ म उसको घर सम्म छोड्न गए भोलि भेट्ने वाचाका साथ ।
भाेलिपल्ट उनी अफिस आइनन । मनमा नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर । उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाँदा उनी छक्क परिन । सर यहाँ तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो होइन केहि होइन मन लागेन अनि त्यसैले भन्दै उनी उठिन । सर बस्नुहोस् न ठिकै छ भनेर म उठॆ । केहि भए मलाई भन न त भनेर मैले भने खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विवाह गर्नुहोस् न । म स्तब्ध भए म खबर गर्छु नी भनेर म उठे र त्यँहाबाट हिडे । जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रुन थाली । मौनता छायो त्यसबेला तर मैले चाहेको जस्तो भयो त्यसबेला । म मख्ख भए । भोलिपल्ट अफिस गएर काम गर्दा मेरो प्रशन्नता देखेर राजेशले किन यस्तो हर्ष नि भन्यो । मैले भने मैले विवाह गर्न लागेनी । आभाले सुन्ने गरि भने । हो र को हो त्यो भाग्यमानी हँ मैले उत्तर मा भनो छे एउटी परी मेरो सपनाको जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो । मैले पार्टी नदिइ भएन । अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विवाह गर्ने प्रस्ताव राखे उनी छक्क परिन र सहमत भइन । हामी सबै प्रशन्न थियौ ।
त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन । किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन । कहाँ गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन । डर लाग्यो कहाँ गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलिपल्ट अफिसमा आयो राजेश । हिजो कहाँ गएको तँ भनेर सोधे ए एक्लो भए भनेर हिडेको । कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् तँ अब विवाह गर्ने मान्छेसँग के हिड्ने भनेर नि । उसले केहि कुरा लुकाइरहेको छ भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन उसले राजेशलाई भन्यो त पनि विवाह गर न है राजेशले कोसँग भन्यो मैले भने आभासँग । उ झसङ भयो । कहाँ म विवाह गर्ने तैले मनपराएको केटी । मैले तेरो निम्ति यति गर्न सक्दिन न त तैलॆ मेरो लागि यति गरिस् मलाई पनि केहि गर्न दे न अब है मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्मा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले प्रश्न अनुरित्त नै रहयो मौनता छायो ।
काठमाण्डौ ।
Posted in कथा
भनाइ र गराइ मिलाउँदैनौ (रवि अन्जान)/गजल
गजल
भनाइ र गराइ मिलाउँदैनौ किन ?
चिसो चुल्हो खै निमुखाको बाल्दैनौ किन ?
तिम्रो युद्ध शासनसँग या रैतिसँग
उमा छैनन् देवकोटा हिड्दैनौ किन ?
रिसाएर हुन्न रे छान्नु पर्छ कारण
सम्पादकीय पत्रिकामा लेख्दैनौ किन ?
रवि यो चाँहादैन चारो कुखुरालाई
खनी खाल्डो आफै पर्छौ ए ! बुझ्दैनौ किन?
छैन असल नियत ओढेका छौ खोल
भित्र दाह्रा लामा नङ्ग्रा ती त्याग्दैनौ किन ??
रवि अन्जान
दमक-९,झापा ।
हाल ः अलखोर कतार ।
अन्धकार नै अन्धकार (गजल, जयराम चौधरी “अभागी”)
गजल
अन्धकार नै अन्धकार जलश्रोतको देशमा
बिजुलीको हाहाकार जलश्रोतको देशमा
सुन बगेर खेर गइरहेछ अविरल
गण्डकीकोशी बेकार जलश्रोतको देशमा
शासकहरु राजनीतिक लडाई लड्दै ठिक
उज्यालो ल्याउनेको दरोकार जलश्रोतको देशमा
दिनको सोह्र घण्टा अध्यारोमा बस्नु पर्ने
आम नेपालीको जीवन धिक्कार जलश्रोतको देशमा
हजार नदी नालाहरु प्रकृतिले दिएपिन
परजीवीपन आधार जलश्रोतको देशमा
राजनीतिमा होस् या आर्थिक अनुदानमा होस्
छिमेकीलाई हार गुहार जलश्रोतको देशमा
अनुदान र सहयोगले देश धानेको छ
बिदेशीको कृपा अपरम्पार जलश्रोतको देशमा
मै खाउँ मै लाउँ मै मात्र रमाउ
यस्तै आउँछन् सरकार जलश्रोतको देशमा
काम छैनदाम छैन रोजगारी छैन
लाखौ लाख बेरोजगार जलश्रोतको देशमा
मेची महाकालीलाई पनि सतीको श्राप परेर हो की
आउन पर्ने सात समुन्द्रपार जलश्रोतको देशमा ॥
जयराम चौधरी अभागी
र.न.पा -४ चितवन ।
हाल ः अलखोर कतार ।
जीउँदो लास (एकलब्य राज)

“जीउँदो लास”
(कविता)
– एकलब्य राज
समाधिको बिच्छौनामा पल्टिएको अबस्थामा
बुज्रुकहरु उफ्रदै नाँच्दै
होहल्ला मच्चाइरहेका थिए
वातावरणलाई कोलाहल पार्दै
अन्तस्करणको दुवाली छेक्दै
बृदानुभुतीको अनौठो याद
मसान घारीबाट एक्कासी निस्कदा
अन्योलताको गुन्जयमान
ध्वनीहरु तरंगित हुँदा
शब्दालंकारको प्रडित सुस्केराले नछुनु
तरंगित हुदै भावनाको गहिराइमा
केन्द्रित भई छाल सरि एकिकृत बनाएका
अनाठौ कल्पना अिन
सपनाको साथ पौठाजोरी खेल्नु पर्ने
यो मरुस्थलमा एक जीवनको अर्पणको लािग
तर्पण दिन भावविव्हल बनेर
शोक सन्तप्त सबैमा दुःखीको अनुरागी
ती मृतआत्मा केवल समाधिका लागि प्रश्न तेसा्रएर
आर्यघाटको चौतारीमा,
बिछयौना हालेर नतमस्तक पल्टिरहेको छ
झकाइरहेका मलामीका लस्करहरु
नश्वर बिस्तारै सडिदै जाँदा जल्दै जाँदा
महान कार्यमा लागेका
ति अर्ध छेपाराहरुकन्सुत्लीहरु
तातो रापले फुलिदै जाँदा
रातो भई सुन्यताको घडिलाई
पर्खी बसेका छन
गिज्याउने भाषाका मुक शब्दहरु
अलंकारित गर्दै
छद्मभेषी अवसरबादीहरुको
गुणगान गाइरहेका छन्
प्रलयको भिमकाय अश्थिपंजर बनेर
दुनियाँ सामु भुत बिन
झुक्याइरहेका छन्
छक्याइरहेका छन्
अर्ध समाधिहरु
अर्ध गतीहरु
चलायमान संसारमा रोबर्टहरु झैं ॥
हरकपुर-३ मोरङ ।
हाल ः सनैया
Posted in कविता
कतारको अलखोरमा नेपाली पुस्तकालयको स्थापना

रमेश गेलाल / कतारबाट ।
“समाज बिकाशमा प्रवासीको योगदान” नारा बोकेर बिगत सात बर्ष देखि सामाजिक सांस्कृतिक साहित्यिक र खेलकुद क्षेत्रमा आफ्ना गतिबिधी संचालन गर्दै आएको सन्ध्या ग्रुप अलखोर कतारले अंग्रेजी नयाँबर्ष २००९ को अवसर पारेर कतारको अलखोर स्थित सन्ध्या ग्रुपमा पुस्तकालय को स्थापना गरी नयाँ बर्ष बिशेष कार्यक्रमका वीच गत जनवरी १ विहीवार उद्दघाटन गरेको छ ।
ग्रुपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वाको सभापतित्व तथा एन.आर.एन.ए कतार च्याप्टरका अध्यक्ष कमलमणी गुराँगाईको प्रमुख आतिथ्य एवं नेपाल कतार पत्रकार संघका महासचिव कुमार कार्कीको बिशेष आतिथ्यमा सन्ध्या ग्रुपको आयोजनामा ग्रुपको सभाहलमा सम्पन्न सो कार्यक्रममा सन्ध्या ग्रुपका संरक्षक बिष्णु केसी, संस्थापक अध्यक्ष सुरज तामाङ, ग्रुपका निवर्तमान अध्यक्ष धनेश्वर जीसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका इखालु रमेश, नवोदीत वाचनालयका राजेश प्रसाई, मुग्लानी सौगातका सनैया प्रतिनीधि भोजराज श्रेष्ठ, जनप्रगतिसील मच क्षेत्रिय इकाई अलखोरका सचिव डबल गिरी अलमिस्नादका सुभरभाइजर तिल बहादुर बुढाथोकी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 
प्रमुख अतिथी गुराँगाई र ग्रुपका संरक्षक बिष्णु केसीद्धारा संयुक्त रुपमा उद्दघाटन गरिएको सो कार्यक्रम चिन्तामणी बि.क र नेत्र खनालद्धारा संयुक्त रुपमा संचालन गरिएको थियो भने सेलिङ केसीले स्वागत गर्नु भएको थियो । त्यस्तै ग्रुपका उपाध्यक्ष थर्चा लामा र खेलकुद अध्यक्ष हरिचन्द्र श्रेष्ठले ग्रुपको गतिबिधी र भावि कार्ययोजनाबारे जानाकारी गराउनु भएको थियो । ग्रुपको सो कदमको प्रसंसा गदै कार्यक्रमका प्रमुख अतिथि गुराँगाईले उपस्थीत सबैलाई नयाँ बर्षको शुभकामना प्रदान गर्नु भयो । त्यसैगरि आफ्नो व्यक्तिगत तर्फबाट पुस्तकालयलाई राष्ट्रिय स्तरका दश पुस्तकका साथै कतारबाट प्रकाशित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक र कान्तिपुर प्रवास साप्ताहिक एक बर्ष सम्मका निम्ति उपलब्ध गराउनुको साथै भावि दिनमा समेत ग्रुपलाई आफ्नो व्यक्तिगत तथा एन.आर.एन.ए कतारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यसैगरि, कार्यक्रममा नयाँ बर्षको शुभकामना दिदै संरक्षक बिष्णु केसीले पुस्तकालयमा प्रवास तथा नेपालबाट प्रकाशित नेपाली पत्रपत्रिका अनि बिबिध बिधाका नयाँ तथा पुराना पुस्तकहरुको उपलव्धता रहने जानाकारी दिदै पुस्तकालयका निश्चित नियम र शर्त भित्र रहेर सदस्यता प्राप्त गरि सुबिधा लिन सकिने बताउनु भयो । साथै यसको बिकाशमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

त्यसैगरि कार्यक्रमका अर्का सहभागी इखालु रमेशले अनेसासका तर्फबाट साहित्यदीप र ऐक्यबद्धता मासिकका तर्फबाट ऐक्यवद्धता मासिक एक बर्षसम्मका निम्ति पुस्तकालयलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो भने सेलिङ केसीले सोहि कार्यक्रममा नै केहि पुस्तकहरु प्रदान गर्नु भएको थियो । त्यसैगरि सो कार्यक्रममा कुमार कार्की, धनेश्वर जीसी, राजेश प्रसाई, तिल ब. बुढाथोकी, डबल गिरी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कवि तथा गजलकारहरुले उल्लेख्य रुपमा रचना वाचन गरेका थिए भने साहित्यवाचनले कार्यक्रमलाई साहित्यमय बनाएको थियो । त्यस्तै सभापति याक्थुम्वाले सबैको सहयोग र साथले नै सन्ध्या ग्रुपले आज आफ्ना गतिबिधीहरुका बिच पुस्तकालय स्थापना गर्न सकिएको बताउँदै सबैमा नयाँ बर्षको शुभकामना तथा धन्यवाद ज्ञापन गर्नु भयो ।
Posted in Uncategorized
<कतार र कतारका नेपाली” पुस्तकको लोकापर्ण समारोह सम्पन्न
इखालु रमेश गेलाल/ कतार ।
रम्घा कतार सम्पर्क माचको आयोजनामा कतारमा कार्यरत लेखकद्धय शिवराज गौतम र धनेश्वर जीसीद्धारा लिखीत पुस्तक कतार र कतारका नेपालीको गत शुक्रवार नेपाली दुतावासको सभाहलमा लोकापर्ण समारोह सम्पन्न भयो ।
माचका कावा अध्यक्ष राजेश बिकको सभापतित्व एवं महामहिम राजदुत सुर्यनाथ मिश्रको प्रमुख आतिथ्य तथा एनआरएनए आइसीसीका सचिव सागर नेपालको बिशिष्ट आतिथ्य र साहित्यकार तथा राजनीतिकर्मी ज्ञान उदाशको बिशेष आतिथ्यमा सम्पन्न सो समारोहमा व्यवसायी तथा समाजसेवी डा।देवकाजी डंगोल इन्जीनियरीङ एसोसिएसनका अध्यक्ष ई.नारायण चौधरी थारु कल्याणकारी सभाका बिद्यानन्द चौधरी अनेसासका अध्यक्ष दिपक भेटवाल कान्तिपूर प्रवास साप्ताहिकका श्यामसुन्दर शशी गोधुली सांगीतीक समुहका अमृत थापा नवोदीत साहित्य वाचानालयका भोजराज श्रेष्ठका साथै कतारमा कार्यरत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायतका अतिथीहरुको उपस्थीती रहेको थियो ।
पछिल्लो समयमा बैद्धैशीक रोजगारका निम्ति आकर्षक गन्तव्य स्थल बनेको कतारमा कार्यरत तिन लाखको हाराहारीको संख्यामा रहेका नेपालीहरुको कथा व्यथाका साथै कतारमा कार्यरत नेपाली समुदाय सामाजिक संघ संस्थाका गतिबिधीहरु नेपाली दुतावासको काम र प्रभावकारीता कतारको श्रमीक कानुन नेपाल कतार श्रम सम्झौता कतारमा अलपत्र परेका नेपालीहरुको अवस्था र कारणहरु कतारमा अकालमा मृत्यु हुनेहरुको कारण कतारमा नेपाली महिला कामदारको अवस्था लगायतका समस्या र समाधानको बिषय उठान गरि तयार पारिएको खोजमुलक र जानाकारी मुलक सो पुस्तक अतिथी त्रयले सयृक्त रुपमा बिमोचन गर्नु भएको थियो भने पत्रकार श्याम सुन्दर शशीले समिक्षा गर्नु भएको थियो ।
त्यसैगरि सो समारोहमा एनआरएनए आइसीसीका सचिव सागर नेपालले लेखकद्धयको मेहनत र खोजको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी सफलताको शुभकामना दिनु भयो । सो समारोहमा बोल्दै नेपालले भन्नु भयो आपसी सद्भाव बिश्वास र समााजस्यताको अभावमा कतारमा कार्यरत नेपालीहरु विच बढ्दै गएको खिचातानी झै झगडा र मारपिटको बिषयले नेपालीहरुले आफ्नो मेहेनेती इमान्दारी र शान्त स्वाभावको पहिचानलाई गुमाउँदै गइरहेका छन् । यहि क्रमले अगाडी बढिरहने हो भने कतारमा नेपाली संघसंस्था लगायतको हर गतिबिधीमा मौन कतार सरकारले कुनै पनि बेला हस्तक्षेप गर्न सक्ने र यसले यहाँ कार्यरत तिन लाख नेपालीहरुको भविष्य अन्योलमा पर्न सक्ने बताउँदै यस बिषयमा सबैलाई गम्भिर हुन आग्रह समेत गर्नु भयो ।
त्यसैगरि कतारमा दिन दिनै नेपालीहरु बिचल्नीमा पर्ने ठगिने जस्ता समस्याहरु बढ्दै गइरहेको बिषयमा बोल्दै प्रमुख अतिथी डा। सुर्यनाथ मिश्रले नेपालीहरुलाई यस्तो हालतमा पुर्याउने अरु कोही नभएर नेपालीहरु नै भएको बताउनु भयो । नेपाली समुदायको भिडमा मिठा मिठा भाषण र अभिव्यक्ति वाड्ने हामीहरुकै कारण आज यहाँ नेपालीहरु बिचल्नीमा परेका छन् । त्यसैले यो समस्या समाधानका निम्ति पहिले हामीले बाड्ने मिठा अभिव्यक्ति र भाषणलाई व्यवहारमा उर्तान जरुरी छ उहाँले भन्नु भयो । त्यसैगरि कतार आउनु पूर्व र आइसकेपछी यहाँको हरेक पक्षको जानाकारीको निम्ति यो पुस्तक निकै उपयोगी हुन सक्ने बताउँदै लेखकद्धयको जानाकारी मुलक पुस्तक लेखनको कदमलाई उहाँले शुभकामना दिनु भयो । 
सो समारोह सेलिङ केसीद्धारा साचालन गरिएको थियो भने माचका कोषाध्यक्ष हरिचन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । त्यस्तै लेखकद्धय शिवराज गौतम र धनेश्वर जिसीले पुस्तक लेखनका क्रममा साथ सहयोग दिनुहुने सबैमा आभार प्रकट गर्नु भयो । हरेक नेपालीको हातमा यो पुस्तक पुग्न सकॆ कुहिरोको काग भएका नेपालीहरुका निम्ति केहि हद सम्म भए पनि उपयोगी हुन सक्ने बताउँदै लेखनका क्रममा कतिपय उपयोगी जानाकारीहरु उपलब्ध गराइदिन आफुहरुले गरेको आग्रहलाई बेवास्ता गर्नेहरु प्रति लेखकद्धयले रोष प्रकट गर्नु भएको थियो । त्यसैगरि कवि तथा गजलकारहरुले उल्लेख्य रुपमा आफ्ना रचनाहरु वाचन गरेर समारोहलाई साहित्यमय बनाएका थिए । कम्पनीसँगको अुनुबन्धित समयबाट बचेको समयलाई खोजमुलक र जानाकारी मुलक पुस्तकको लेखनमा खर्चेका लेखकद्धयलाई साहित्यकार ज्ञान उदाश डा। देवकाजी डंगोल करिम बक्स मियाँ बिद्यानन्द चौधरी ई.नारायण चौधरी बिरु दर्नाल भोजराज श्रेष्ठ लगायतका बक्ताहरुले शुभकामना तथा धन्यवाद दिनु भएको थियो ।
गजल (सवाल,जवाफ)

गजल (सवाल)
लौ जवानी बिक्रीमा छ
यो कहानी बिक्रीमा छ
आफैले पोलेको घरको
हा खरानी बिक्रीमा छ
ठेकी चुहीने भएपछी
यो मदानी बिक्रीमा छ
स्वभाव किन्न जानुथ्यो
र त बानी बिक्रीमा छ
कुन अंग मन पर्छ भन
छानी छानी बिक्रीमा छ ॥
-रविन्द्र नादान
विदुर -५ मािझटार
नुवाकोट ।

गजल (जवाफ)
फोस्रो तिम्रो जवानीको लिलाम बिक्री नगर भो
वासानाको कहानी त्यो दोबाटोमा नछर भो
वैंस छदाँ घर पोल्यौ जवानीको चर खोल्यौ
अव रित्तीएको कामुक भाँडो खरानीले नभर भो
पिपासुले मोही पार्ने ठेकी बन्दा चुहियौ आज
मदानीलाई लिलाम गरी अझै नर्क नझर भो
स्वभाव होइन बजारको आलु जस्तो किन्न पाइने
िपङगला झै तिम्रो बानी अव अघि नसर भो
कुहिएको बगरको माछा सरी तिम्रा अङग
कस्ले किन्ला छानी छानी भ्रममा अव नपर भो ॥
- इखालु रमेश
कठघरामा बटुकृष्ण (झटारो)
कठघरामा बटुकृष्ण (झटारो) – इखालु रमेश
माघको महिना आसपासका टाकुरामा खसेको हिउँले बाहिर निस्कनै नसक्ने खालको ठण्डी छ । बिहान १० बजीसक्दा पनि सुर्यनारायणको दर्शन गाह्रो छ । म भने आफुलाई कोठामा थेचारी राख्न अट्टहास लागेर भएसम्मका लत्ताकपडा ज्यानमा बेरेर बजार टहल्न निस्केको छु । यस्तो ठण्डीमा पनि सडक भने पाइला राख्नै नसक्ने गरी तातो छ । मैले अनुमान लगाए, ग्याँस तेलको मुल्यबृद्धिको बिरोधमा सचेत नागरिकले सडक बालेको हुनुपर्छ या त कुनै सवारी साधनले कसैको घरपालुवा जनावर किचेको हुनुपर्छ । हिजो रेडीयोले फुकेको स्कुल र पर्यटकको बस यहि सडकमा डढेको हुनु पर्छ । म अघि बढ्छु एउटा अहिले पनि बलीरहेको भ्यानमा मेरो नजर पर्छ । हेर्छु आगोको लप्को भ्यानमा एम्बुलेन्स लेखेको रातो अक्षर तिर लप्कदैछ । म ठम्याउँछु यो बिरामी बोकेर जाँदै गर्दा आरजक भिडको शिकार भएको हुनु पर्छ । उभिएर घोरीए म हामी कती सचेत छौ आफु आफै प्रश्न गर्छु आफैसँग । साधरण गल्ती एवं त्रुटी कसैबाट भयो भने बिरुद्धमा हामी आफ्नै भौतिक संरचना र छुनै नहुने शान्तिक्षेत्र स्कुल अस्पताल र प्रेसका साधन माथी जाई लाग्छौं । तहस नहस पाछौं क्षण भरमैं । तर देशलाई अग्रगमनको दिशामा बढ्न नदिइ नेतृत्वले छिमेकीको दास बनाउँदा ङिच्च हाँसी बस्छौ अनि सरकारले हरेक चिजमा मुल्यवृद्धिको झापड बसा्रउँदा शान्तिपूर्ण बाटो होइन आरजकताको बाटो समात्छौं ।
देख्छु आज फेरि एउटा सचेत नागरिकहरुको ठुलो समुह िसंहदरवारको पश्चिम दैलोको बाटो हुँदै दक्षिण लागेको छ । लाग्छ यो सचेत नागरिकहरुको भिड फेरि कुन इलाकामा ध्वंसको बिकास गर्न अघि बढ्दैछ । म पनि पाइला राख्दै जान्छु भिडले छोडेका डोवहरुमा । भिड सरासर न्यायको मन्दिर तर पैसामा बिक्न सक्ने सरकारको कठपुतली सर्वोच्च कचहरीको हाता भित्र पस्छ । भ्रष्ट्रचारी बालात्कारी चोर, डाका, ठग,तस्कर,देशद्रँेही सबैले पैसाको बिटाको बर्षा गर्दा धरौटीको टाँचा ठोकेर सफाइ पाउने निर्धो गरीव तथा पिडीतले भने कोचरीनु पर्ने नाम मात्रको न्यायलय आज यो भिडको निशाना बन्ने भो भनेर मुक बनेको छु । तर भिड न्यायलयको बहस कक्षमा प्रवेस गर्ना साथ मूर्तिवत शान्त उभियो । भिडको छायाँसरी पछ्याएको म पनि कक्षको एक कुनामा लेपास्सीएर त्यहाँको दृष्यावोलकन गर्न थाले । ओ॥हो। त्यहाँ त समाजसेवी बटुकृष्ण त्यागीको बिरुद्धको मुद्धाको बहस हुदै रहेछ । बटुकृष्ण गरिव दुःखी र समाजका निम्ति दियो ज्यान दिने साह्रै मनकारी मान्छे । त्यस्ता समाजसेवी पनि आज कसरी कठघरामा छन् । यस्ता मान्छेले पनि गलत काम गर्लान र म बटुकृष्णको अनुहार हेरेर आफैलाई प्रश्न गर्छु । बहस चल्दै जान्छ । बटुकृष्णको दावी छ आफु सदैव गरिवदुखि समाज र राष्ट्रको हितमा समर्पण भएको र आज सम्म अन्याय,अत्याचार,भ्रष्ट र तस्करको बिरुद्धमा रहदै आएकॊ तर मलाई किन आज अन्याय,अत्याचार,भ्रष्ट र तस्करीको पक्षमा रहेको भनेर फुच्चे कचहरीमा दोषी भनियो । श्रीमान म उपर यस्तो आरोप थुपरेर खानु न पिउनु पुर्पुरामा चिनो भने झै मेरो चरित्र र त्यागको हत्या गरिएको छ । म दोषी उपर कारवाहीको माग गर्छु बोल्छन बटुकृष्ण । बिपक्षीको भिडबाट एउटा अलि सुकीलो लुगा लगाएको पोटीलो ज्यान भएको तन्देरी बोल्छ । श्रीमान् बटुकृष्णले आफ्ना बारेमा गरेको व्याख्या केहि हद सम्म त सहि होलान् । हामीले पनि उनलाई आपत बिपतका साहारा मान्दै आएका थियौ तर केहि दिन अघि एउटा संस्थाबाट आफुहरु ठगीएको पर्ची बोकेर आएका केहि यूवाहरुको समुह हाम्रँे फुच्चे कचहरीमा आएथ्यो । पर्ची हेरि ठग संस्थाको जनमकुण्डली खोतल्दा बटुकृष्णको पनि कुण्डली भेटीयो । उनको संलग्नता देखेर सोध्दा मैले मेरो नाम र जनमकुण्डलीले कसैको भलो हुन्छ भने ठिकै छ नी त भनेर मेरै राजीखुसीले मेरो जनम कुण्डली दिएको हुँ भनेर स्वीकारेका पनि हुन् । श्रीमानको जो बिचार सके तन्देरीले आफ्नो तर्क । जती बहस चले पनि भिड भने शान्त सँग बसी रह्यो ।
मेरो मनमा अनेक तर्कना झुम्मीन थँल्छ । के बटुकृष्ण गलत नै छन् या त निर्दोस के उनले ओढेको उदारताको बर्को छद्मी नै हो त उनी बाहिरका ठुला भित्रका लुला नै हुन त के उनको चरीत्र हत्या गर्नका निम्ति कसैले यो चाल चलेको हो त यदी उनी बिल्कुल यो बिषयमा अनविज्ञ छन् भने किन पुर्णत आफ्ना पाइला त्यहाँबाट निकाल्दैनन् मेरो ठम्याईमा बटुकृष्ण एक सफल र उदार समाजका सेवक हुन् तर पनि किन आज उनी कठघरामा छन् यदी उनी त्यस्तो गलत काममा लागेका भए साधरण कुरामा बस्ती शहर र सडक जलाउने यो भिड किन आज न्यायलयमा लाटो बनेर बसेको छ किन यो भिड उल्टीएर सुनामी बन्दैन के यो भिडमा उनले फिजाएको रकम गनाएको छ या त उनको उदार भावानाको ऋण मौन बसेको भिडको अनुहार चिहाउँदै म अनेक तर्क बितर्क मनमा खेलाउँछु । एक्कासी चप्रँसीले एक्कासी घण्टी बजाउँछ । घण्टीले म झसङ हुन्छु । हत्तेरी॥ म त सपनामा पो रहेछु । अनि म कहाँको कचहरीमा हुनु नी आफ्नै ओछ्यानमा पो रहेछु । अनि कहाँ चप्रासीले बजाएको घण्टी हुनु बिहान मलाई ड्युटीका लागि उठाउने अलाराम चरि पो बजेको रहेछ । म सर्सर्ती सम्झने कोशीस गर्छु रातको सपना । कता कता मलाई यो घटना बिपनामा नै घटे जस्तो लाग्न थाल्यो । सोच्न थाले दोहोरो बहसको समाप्ती पछी न्यायधिसले के फैसला गर्थे होला अनि कठघरामा िठङीएका बटुकृष्णले सफाइ पाउँथे की दोषी सावीत भएर सजाय यस्तै प्रश्नहरुको मन झुत्ती खेलाउँदै लागे म पनि बिदेशीको इशारामा चल्नु पर्ने कठघरा तिर ।
अश्तु ।
शिलालेख तिमी (इखालु रमेश )
शिलालेख तिमी (कविता)
-इखालु रमेश
एक अंगालो सपना बोकेर
अतृप्तीका डोबहरुमा चर्हयाँउँदै
पिडा र ग्लानीले थिच्चीएर
पल पल बिछोडमा भाँच्चीएर
भो नबस अव प्यासमा
त्यो वालुवाको रासमा ॥
तिम्रा मानसपटलका बसन्तहरु…पालुवाहरु
तिम्रो दुरयात्रा सँगै
शिशीरको लुछाइमा
क्षतबिक्षत भइसकेका छन्
रोदी छ मादल छैन
साकेला छ सीलीचमर छैन
रमीते डाँडाको चौतारी
हुरीको बलात्कारमा परेको छ ।
त्यो चिसो सिरेटो भित्रको न्यानोपन
तिमी सँगै बसाँइ सरेको छ
दशैँ सँगै झुल्ने लिङ्गे पिङ
साइली माइली र तिम्रो बिछोडसँगै
मच्चीन छोडेको छ ॥
लाली वैसले धपक्क बलेको गुराँसे पाखा
अनि ऐसेलु र घघँरु दानासँगै
बिगतका वीरता र विजयका भाका
गीत र रीतमा निचोरीएर
ह्दयका फब्ल्याँटाहरुमा पछारीएर
मन रमाउने प्रहरको खोजीमा
बिरही संगीनीमा रेटीएर
कल्पनाको लेकाली झरनासँगै
तृसीत मन बनाएर नबग भो ॥
एक अंगालो सपना बोकेर
तिमी परदेशी भयौंम गाउँबेसी भएँ
तिमी पारदर्शी भयौम छद्मभेषी भएँ
तिम्रो नजरमातिम्रो अधरमा
त्यसैले भो नराख जीज्ञासा
प्ादस्थ की अपदस्थको
निलो र सेतो बस्ती वीचको
मेरो मनमन्दिरकी शीलालेख तिमी
करौतींले चिरेर …
हाइकुहरु
साँचो माया गर्दा खेरी (इखालु रमेश )
गजल
साँचो माया गर्दा खेरी घात दियौ पिया
उज्यालोको बदलामा रात दियौ पिया
हाँसो खुसी बटुलेर जीउने आशा जागेको थियो
आँशु अनि पिडाका खात दियौ पिया
मेरो चोखो मायालाई लात दियौ पिया
तिम्रो मेरो मुटु जोडी साथमा खुसी खिलौ भन्थे
मलाई मारी पराईलाई हात दियौ पिया
इखालुलाई आँशुको बर्षात दियौ पिया
Posted in गजल | Tags: Add new tag, गजल
















